Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

पर्यटन बोर्डको सीईओ बन्न पूर्व पर्यटनमन्त्रीसहत १६ जना सर्टलिस्टमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्यटन बोर्डको सीईओ बन्न पूर्व पर्यटनमन्त्रीसहत १६ जना सर्टलिस्टमा
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ) नियुक्तिका लागि पूर्व पर्यटनमन्त्री श्रद्धा श्रेष्ठ १६ जना उम्मेदवार संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन् । बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस उपसमितिले प्राप्त आवेदनमध्ये मूल्यांकनका आधारमा सबैभन्दा बढी अंक प्राप्त गर्ने १६ जना उम्मेदवारलाई सर्टलिस्टमा समावेश गरेको हो ।

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख छनोट तथा नियुक्ति सिफारिस कार्यविधि, २०८३ अनुसार उम्मेदवारहरूको मूल्यांकन गरी सर्टलिस्ट तयार पारिएको हो । छनोट उपसमितिले शुक्रबार कात्तिक २० गते सार्वजनिक गरेको सूचनामार्फत संक्षिप्त सूचीमा परेका उम्मेदवारहरूको नाम सार्वजनिक गरेको छ ।

उपसमितिले सार्वजनिक गरेको सूचीमा उम्मेदवारहरूको नाम वर्णानुक्रमअनुसार राखिएको छ । सर्टलिस्टमा पर्ने उम्मेदवारहरूमा आशुतोष प्रधान (चितवन), उत्तम प्रसाद देवकोटा (चितवन), टेक बहादुर महत (इलाम), धर्मराज दवाडी (चितवन), नोजल कोइराला (मोरङ), युविका भण्डारी (काठमाडौं), राजाराम केसी (काठमाडौं) र राम चन्द्र सेढाईं (गोरखा) रहेका छन् ।

त्यस्तै, रोहिणी प्रसाद खनाल (भक्तपुर), लक्ष्मण गौतम (दाङ), विनोद अर्याल (पाल्पा), पुर्व पर्यटनमन्त्री श्रद्धा श्रेष्ठ (ताप्लेजुङ), श्री प्रसाद भट्टराई (रुपन्देही), सन्तोष विक्रम थापा (काठमाडौं), सुरेश सिंह बुडाल (बैतडी) र हिकमत सिंह ऐर (कञ्चनपुर) पनि सर्टलिस्टमा परेका छन् ।

छनोट उपसमितिले संक्षिप्त सूचीमा परेका सबै उम्मेदवारलाई आगामी मंसिर १० गते बिहान ८ः१५ बजे नेपाल पर्यटन बोर्डको सचिवालयमा उपस्थित हुन निर्देशन दिएको छ । उम्मेदवारहरूले उपस्थित हुँदा आफ्नो शैक्षिक योग्यता तथा कार्यअनुभवसँग सम्बन्धित सक्कल कागजात अनिवार्य रूपमा साथमा ल्याउनुपर्नेछ ।

यसका साथै सर्टलिस्टमा परेका उम्मेदवारहरूले निर्धारित दिनमा आफ्नो प्रस्तुतीकरणसमेत दिनुपर्नेछ । प्रस्तुतीकरणमार्फत उम्मेदवारहरूले पर्यटन क्षेत्रको विकास, नेपालको पर्यटन प्रवर्द्धन, बोर्डको भावी रणनीति तथा कार्ययोजनालगायत विषयमा आफ्नो अवधारणा प्रस्तुत गर्ने अवसर पाउनेछन् ।

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख पद पर्यटन क्षेत्रको नीति कार्यान्वयन, अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको प्रवर्द्धन तथा निजी क्षेत्र र सरकारी निकायबीच समन्वयका दृष्टिले महत्वपूर्ण मानिन्छ । त्यसैले नयाँ कार्यकारी प्रमुख नियुक्तिको प्रक्रियालाई पर्यटन क्षेत्रका सरोकारवालाले चासोका साथ हेरिरहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपालको पर्यटन प्रवर्द्धनमा टिकटक प्रभावकारी माध्यम बन्ने सञ्चारमन्त्रीको विश्वास
Economy & BusinessJust now

नेपालको पर्यटन प्रवर्द्धनमा टिकटक प्रभावकारी माध्यम बन्ने सञ्चारमन्त्रीको विश्वास

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले टिकटकका माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ । नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा आजदेखि ...

अर्थडबली
५ हजार ३९० मिटरको न्यानला पास, हिमपातपछि गाउँलेको आवागमनमा सास्ती (तस्वीरहरु)
Economy & BusinessJust now

५ हजार ३९० मिटरको न्यानला पास, हिमपातपछि गाउँलेको आवागमनमा सास्ती (तस्वीरहरु)

माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने विजेर र सालडाङ गाउँबीचको न्यानला पास समुद्री सतहदेखि ५ हजार ३९० मिटरको उचाइमा छ। हिमालको बीचमा रहेको यो पास सालडाङ ...

अर्थडबली
तिहार र छठलाई लक्षित गर्दै सीजी इलेक्ट्रिकको एलईडी प्रवर्द्धन
Economy & BusinessJust now

तिहार र छठलाई लक्षित गर्दै सीजी इलेक्ट्रिकको एलईडी प्रवर्द्धन

काठमाडौं । सीजी इलेक्ट्रिकले तिहार तथा छठ पर्वको अवसरमा उपभोक्तालाई उज्यालो, खुसी र सकारात्मक ऊर्जाको सन्देश दिएको छ । कम्पनीले ‘उज्यालो भनेकै सीजी एलईडी’ भन्ने नारासहित नेपालीहरूको महान् चाड तिहार (दीपावली) तथा छठ पर्वको शुभकामना व्यक्त गरेको छ । कम्पनीले पर्वको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामन… ...

आर्थिक न्यूज
एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड
Economy & BusinessJust now

एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोड

विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा उच्च प्रविधिको तीव्र विकास भइरहँदा नेपाललाई प्रविधिको उपभोगकर्ताबाट नवप्रवर्तन र डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play