Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
पर्यटकीयस्थल छिल्लीकोट पुग्ने सडक स्तरवृद्धि हुँदै
Photo / Coverage: केन्द्रबिन्दु

तुलसीपुर (दाङ) । दाङको पर्यटकीय क्षेत्र तुलसीपुर उपमहानगरपालिका वडा नं १९ छिल्लीकोट जोड्ने सडक विस्तार तथा स्तरोन्नति हुने भएको छ ।हाल सोही ठाउँ पुग्ने सडक कच्ची र साँघुरो छ । जसले गर्दा वर्षात्मा हिलाम्मे हुने र अन्य समयमा धुलाम्मे हुन्छ । अहिले पनि आवतजावत गर्न निकै कठिन हुने गरेको स्थानीय प्रविर पुनले बताए । ‘यो पर्यटकीय क्षेत्र हो, तर सडक कच्ची छ’, उनले भने, ‘जसले गर्दा पर्यटकलाई आवतजावत गर्न निकै समस्या हुने गरेको छ ।’ हाल छिल्लीकोट पुग्न दुईवटा सडक छन् । दूधरास–सङ्ग्राम हुँदै छिल्लीकोट पुग्ने सडक र विजौरी–स्यालापानी हुँदै छिल्लीकोट पुग्ने सडक रहेका छन् । तीमध्ये हाल विजौरी–स्यालापानी हुँदै छिल्लीकोट पुग्ने सडकका लागि ६९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । वडाध्यक्ष प्रेमनाथ योगीका अनुसार तुलसीपुर उपमहानगरपालिकाबाट २८ लाख र प्रदेश सरकारबाट ४१ लाख विनियोजन भएको हो । यो बजेटले सडक कटिङ गर्ने, नाला निर्माण गर्ने कार्य हुनेछ । ‘यो बजेटले कालोपत्र गर्न पुग्दैन होला, अहिले यसमा कटिङ गर्ने र नाला निर्माणमात्रै हुन्छ,’ अध्यक्ष योगीको भनाइ छ । पर्यटकीयस्थल भएकाले यहाँको सडक कालोपत्र गर्न अपरिहार्य रहेको उनको भनाइ छ । हाल त्यहाँ पुग्ने पर्यटकले निकै सास्ती खेप्नुपरेको छ । दूधरास हुँदै छिल्लीकोट पुग्ने सडक यहाँको सोनापुर सिमेन्टले खोलेको सडक हो । जुन सडकमा उद्योगका चुनढुङ्गा बोकेका ट्रक नियमित आवतजावत गरिरहन्छन् । जसले गर्दा निकै सास्ती हुने गरेको छ । त्यस्तै विजौरी–स्यालापानी हुँदै छिल्लीकोट पुग्ने सडक एकदमै उकालो र साँघुरो छ । सो सडकमा दुईवटा गाडी क्रस हुनसमेत समस्या हुने गरेको छ । जसले गर्दा पर्यटकलाई निकै समस्या हुने गरेको छ । ‘छिल्लीकोट जाँदा सडक एकदमै समस्या रहेछ, धुलैधुलो हुने अवस्था छ’, आन्तरिक पर्यटक रेशम खत्रीले भने, ‘सडक विस्तार भएमा सहज हुने थियो ।’ अहिले त्यहाँ पुग्न खोज्दा पनि सास्ती व्यहोर्नुपरेको उनको अनुभव छ । तर, अहिले बजेट परेपछि स्थानीय भने खुसी छन् । सडकले विजौरी–स्यालापानी सडक स्तरवृद्धि भएमा केही सहज हुने अपेक्षा गरिएको स्थानीय प्रविर पुनले बताए । छिल्लीकोट ऐतिहासिक, धार्मिक र पर्यटकीय हिसाबले परिचित ठाउँ हो । बाइसे–चौबिसे राज्यकालमा राजा मेघनाथ शाहले राज्य गरेको प्राचीन दरबारका भग्नावशेष अवलोकन गर्न सकिन्छ । धार्मिक दृष्टिले प्रसिद्ध कालिका र मालिका देवीको मन्दिरमा दर्शन तथा पूजाआजा गर्न सकिन्छ । त्यस्तै, पर्यटकीय आकर्षणका रूपमा समुद्री सतहदेखि करिब एक हजार ४२० मिटरको उचाइमा अवस्थित रहेको छ । जहाँबाट दाङ उपत्यका र उत्तरतर्फका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । जहाँ अहिले जीपलाइनसमेत निर्माण भएको छ तर, सञ्चालनमा भने आएको छैन । त्यहाँ होमस्टेसमेत सञ्चालनमा छन् । व्यावसायिक लगानी पनि बढिरहेको छ । यसलाई पर्यटकीय रूपमा विकास गर्न सकेमा यहाँको आर्थिक आम्दानी पनि बढ्ने भएकाले चासोका साथ हेरिएको छ । रासस

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१८ महिने प्रेम सम्बन्धपछि अलग्गिए जोजो सिवा र क्रिस हृयुजेस
Latest NewsJust now

१८ महिने प्रेम सम्बन्धपछि अलग्गिए जोजो सिवा र क्रिस हृयुजेस

सिवा र हृयुजेसको पहिलो भेट अप्रिल २०२५ मा ‘सेलिब्रिटी बिग ब्रदर यूके’ को सुटिङका क्रममा भएको थियो । पछिल्लाे समय विवाह गर्ने क्रममा रहेका भनिएका उनिहरू एकाएक अलग्गिएको खबर बाहिर आएको हो । ...

कान्तिपुर
इनम सापकोटा प्रकरणमा उठेका आरोपको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग
Latest NewsJust now

इनम सापकोटा प्रकरणमा उठेका आरोपको छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले इनम सापकोटा प्रकरणमा उठेका सम्पूर्ण आरोपहरूको निष्पक्ष छानबिन गर्न तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस... ...

रातोपाटी
राप्तीमा धान खरिद सुरु
Latest NewsJust now

राप्तीमा धान खरिद सुरु

दाङ । जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ । उक्त गाउँपालिकाको कृषि शाखाको समन्वयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, तुलसीपुरले किसानबाट धान... ...

रातोपाटी
आठपहरिया समुदायको वडाङ्मेट चाडको रौनक (फोटो फिचर)
Latest NewsJust now

आठपहरिया समुदायको वडाङ्मेट चाडको रौनक (फोटो फिचर)

धनकुटा, मङ्सिर १३ गते । पूर्वी नेपालमा अरुण र तमोर नदीबिचको धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएका सीमान्तकृत जातिअन्तर्गत पर्ने आठपहरिया समुदायको मुख्य चाड वडाङ्मेट (मङ्सिरे) यतिबे... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement