Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । महासंघका महासचिव रामप्रसाद दाहालले मंगलबार जारी गरेको विज्ञप्तिमा सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति अनुदार व्यवहार देखाएको र पत्रकारको श्रम अधिकार उल्लंघन गरेको आरोप लगाइएको छ । समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने उद्देश्यले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्ने प्रयास भइरहेको तथा सञ्चारमाध्यमका कार्यालय अगाडि अनधिकृत रूपमा गाडी तेर्स्याएर अवरोध पुर्‍याउनेमाथि कारबाही नभएको भन्दै महासंघले गम्भीर आपत्ति जनाएको छ । त्यस्तै, गोरखापत्रलगायत सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबर्जस्ती निष्कासन गरी श्रम अधिकार उल्लंघन गरिएको महासंघको भनाइ छ । पत्रपत्रिकाले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापनको रकमसमेत प्रेस काउन्सिल नेपालको सिफारिसअनुसार कार्यान्वयन नगरिएको विज्ञप्तिमा उल्लेख छ । घोषित आन्दोलनका कार्यक्रमअनुसार महासंघले मंसिर २ गते प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाउने भएको छ । मंसिर ५ गते संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुखहरूलाई ध्यानाकर्षणपत्र पठाउने कार्यक्रम तय गरिएको छ । यसैगरी, मंसिर ५ र ६ गते शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जालसँग छलफल गर्ने तथा मंसिर ७ गते महासंघका सबै जिल्ला शाखाले सञ्चारसम्बद्ध संघसंस्थासँग छलफल गर्ने कार्यक्रम रहेको छ । महासंघले मंसिर ९ गते देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लेखिएको ब्यानरसहित भेला भएर विरोध प्रदर्शन गर्ने जनाएको छ । महासंघले घोषित कार्यक्रमबाट पनि आफ्ना माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम तय गर्न बाध्य हुने चेतावनी दिएको छ। The post पत्रकार महासंघ आन्दोलित, चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बैंकमा पाँच वर्षसम्मको मुद्दती र साधारण बचतमा एउटै ब्याजदर
Latest NewsJust now

बैंकमा पाँच वर्षसम्मको मुद्दती र साधारण बचतमा एउटै ब्याजदर

– चार वाणिज्य बैंकले पाँचवर्षे मुद्दती निक्षेपमा समेत साधारण बचत खातामा दिने बराबर मात्रै ब्याजदर दिन थाले, तीन वाणिज्य बैंकले तीन वर्षसम्मको मुद्दती निक्षेपमा पनि साधारण बचतकै दर दिए ...

कान्तिपुर
२०४६ पछिको प्रहरी नेतृत्व : नियुक्ति विवादित, बहिर्गमन पनि दुःखद
Latest NewsJust now

२०४६ पछिको प्रहरी नेतृत्व : नियुक्ति विवादित, बहिर्गमन पनि दुःखद

नेतृत्वसम्बन्धी विवादले नेपाल प्रहरीको संस्थागत विकासमा गम्भीर असर त पारेको छ नै, चेन अफ कमान्डमा पनि यसको प्रभाव देखिन्छ । अनिश्चित कार्यकाल र कमजोर मनोबल, नियमावली संशोधनको त्रास र सहब्याचीहरूबीचको अस्वस्थ प्रतिस्पर्धाले प्रहरी प्रमुखहरूलाई दीर्घकालीन सुधारका योजना कार्यान्वयन गर्नबाट रोकिरहेको छ । ...

कान्तिपुर
नगरकोटीको विस्फोटक ब्याटिङमा राइजिङ स्टार्सको शानदार जित
Latest NewsJust now

नगरकोटीको विस्फोटक ब्याटिङमा राइजिङ स्टार्सको शानदार जित

काठमाडौँ । फेमस नगरकोटीको विस्फोटक ब्याटिङको मद्दतमा राइजिङ स्टार्सले राइजिङ स्टार यू–१२ ब्वाइज क्रिकेट प्रतियोगिता २०८३ मा सीईसी भक्तपुरलाई ६ विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको सीईसी भक्तपुरले २७.२ ओभरमा सबै विकेट गुमाएर १९८ रन बनाएको थियो। उसका लागि कृषभ निरौलाले ५६ रन र आकाश यादवले १८ रनको योगदान दिए। राइजिङ स्टार्सका जुथाङ आरले उत्कृष्ट बलिङ गर्दै ३ ...

लुम्बिनी सञ्चार
रातो–निलो सिलिन्डर बनाउने नीतिबाट पछि हट्यो निगम, ४५० केजीको ल्याउने तयारी
Latest NewsJust now

रातो–निलो सिलिन्डर बनाउने नीतिबाट पछि हट्यो निगम, ४५० केजीको ल्याउने तयारी

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थापन र विद्यमान समस्या समाधानका लागि नेपाल आयल निगमले घरायसी र व्यावसायिक प्रयोजन छुट्ट्याउन रङ परिवर्तनबाट पछि हटेको छ । साथै १९, ५०... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play