पत्रकार पक्राउ प्रकरणमा प्रेस काउन्सिलको आपत्ति, कानुनी आधार सार्वजनिक गर्न माग

काठमाडौं । विभिन्न सञ्चारमाध्यमको समाचार कक्षमै प्रवेश गरी सादा पोसाकका प्रहरीले पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनाप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शुक्रबार काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत तथा प्रवक्ता दीपक खनालले प्रेस विज्ञप्ति जारी गर्दै प्रहरीको उक्त गतिविधिप्रति आपत्ति जनाउनुभएको हो । प्रवक्ता खनालका अनुसार पक्राउको स्पष्ट कारण नखुलाइएको, पक्राउ पुर्जी नदेखाइएको, अदालतको अनुमति नलिइएको तथा अपराधसम्बन्धी जाहेरी परेको विषयसमेत स्पष्ट नभएको अवस्थामा लगातार दुई दिन सार्वजनिक बिदा पर्नुअघि पत्रकारलाई नियन्त्रणमा लिनु गम्भीर आपत्तिको विषय हो । यस्तो घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको काउन्सिलले जनाएको छ । सञ्चारमाध्यममा प्रकाशित समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी परेमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने कानुनी जिम्मेवारी प्रेस काउन्सिल नेपालको रहेको विज्ञप्तिमा उल्लेख छ । समाचारकै विषयलाई लिएर प्रहरी परिचालन गर्नुभन्दा काउन्सिलको स्थापित विधि र प्रक्रियामार्फत समाधान खोज्न नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बन्धित सबै पक्षलाई काउन्सिलले आग्रह गरेको छ । त्यस्तै, नियन्त्रणमा लिइएका पत्रकारको अवस्था र पक्राउको कानुनी आधार तत्काल सार्वजनिक गर्न पनि काउन्सिलले माग गरेको छ । कानुनी आधारबिना नियन्त्रणमा राखिएको भए सम्बन्धित पत्रकारलाई तत्काल रिहा गर्नसमेत आग्रह गरिएको छ । यसका साथै पत्रकार तथा सञ्चारमाध्यमलाई सत्यतथ्यमा आधारित समाचार सम्प्रेषण गर्न र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न काउन्सिलले अनुरोध गरेको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

वर्षा रोकिएपछि कुलेखानी जलाशयमा टर्यो खतरा
मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयमा पानीको सतह बढ्ने क्रम सुस्त भएको छ। लगातारको वर्षा रोकिएर घाम लाग्न थालेसँगै जलाशयमा पानीको सतह बढ्ने क्रम घटेको हो। आज बिहान ७ बजेको मापनअनुसार जलाशयको जलसतह १५२८.६७ मिटर पुगेको छ। यसअघि वर्षा नरोकिँदा जलाशयमा पानीको सतह तीव्र गतिमा बढेपछि बाँधमा पानीको सतह व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै सतर्कता अपना... ...

२५औँ सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना
• डा. गोविन्द केसीलाई चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग गर्दै इलाममा सत्याग्रह गर्दा स्वास्थ्य समस्या देखिएको छ। • उनको स्वास्थ्य अवस्था कमजोर भएपछि इलाम अस्पतालमा भर्ना गरिएको छ, जहाँ रगतमा चिनीको मात्रा घटेको र बोल्नमा कठिनाइ भएको छ। • स्वास्थ्यकर्मीको टोलीले उनलाई सत्याग्रहस्थलबाट अस्पतालमा ल्याएको र थप उपचारको लागि निगरानीमा राखिएको छ। ...

वर्षा र पहिरोले काभ्रे, खोटाङ र ललितपुरका सडक अवरुद्ध
काठमाडौं । लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुंगामाटो बगेर सडकमा थुप्रिँदा तथा पहिरो खस्दा काभ्रे, खोटाङ र ललितपुरका विभिन्न सडकखण्ड अवरुद्ध भएका प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजे जारी गरेको सूचनामा जनाइएको काभ्रेको रोशी गाउँपालिका–९ पिन्थली र वडा नं ८ गिम्दीबेँसीस्थित बिपी राजमार्गमा खहरेखोलाबाट ढुंगामाटोसहितको लेदो बगेर सडकमा थुप्रिएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको […] ...

आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक
ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले दिएको जानकारी अनुसार पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा दिउँसो २ बजे बैठक बस्नेछ। पार्टीका कार्यवाहक मुख्यसचिव दुलालद्वारा जारी सूचनामा बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ। ...


