Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

‘पछाडि पारिएकाहरुका लागि राज्यले बोल्नुपर्छ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘पछाडि पारिएकाहरुका लागि राज्यले बोल्नुपर्छ’
Photo / Coverage: नेपालन्युज

सुर्खेत। अपांगता भएका व्यक्तिहरूलाई समावेशी विकासको प्रक्रियामा सहभागी गराउँदै समाजको मूलधारमा ल्याउन राज्य र सम्बन्धित निकायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। राष्ट्रिय अपांग महासंघ कर्णाली प्रदेशले बिहीबार सरकारी पदाधिकारी तथा अपांगता समन्वय समितिका सदस्यहरूका लागि आयोजना गरेको अपांगता समावेशी विकाससम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागीहरूले पछाडि पारिएका तथा आफ्ना समस्या र अधिकारबारे आवाज उठाउन नसक्ने समुदायका पक्षमा राज्यले अग्रसरता लिनुपर्ने धारणा राखेका हुन्। सार्वजनिक सेवा प्रवाह गर्ने जिम्मेवार अधिकारीहरूले संवेदनशीलतासहित आफ्नो दायित्व पूरा गर्नुपर्ने उनीहरूको भनाइ थियो। महासंघका कर्णाली प्रदेश अध्यक्ष नन्दराज धितालले अपांगता भएका व्यक्तिहरू राज्य र समाज दुवैबाट उपेक्षित हुँदै आएको तथा आफ्ना आवश्यकता र अधिकारबारे सहज रूपमा आवाज उठाउन नसकेको बताए। यस्तो अवस्थामा उनीहरूको पक्षमा नागरिक समाज र राज्यले आवाज उठाउनुपर्ने उनको भनाइ थियो। ‘अपांगता भएका व्यक्तिहरू एकातिर राज्यबाटै पछाडि पारिएका छन्, अर्कोतिर आफ्ना कुरा निर्धक्कसँग राज्यसमक्ष राख्न सक्ने अवस्था पनि छैन,’ धितालले भने, ‘उनीहरूका लागि नागरिक समाज र राज्य नै बोल्नुपर्ने हुन्छ।’ कर्णाली प्रदेश सरकारले अपांगतासम्बन्धी छुट्टै नीति निर्माणका लागि पहल गरे पनि त्यसले पूर्णता पाउन नसकेको सामाजिक विकास मन्त्रालयका सचिव रोशनी कुमारी श्रेष्ठले बताइन्। नेपालले संयुक्त राष्ट्रसंघको अपांगतासम्बन्धी महासन्धि स्वीकार गरेको तथा त्यसअनुसार बनेका नीति र कानुनको आधारमा प्रदेशले पनि काम गरिरहेको उनले उल्लेख गरिन्। ‘प्रदेशले छुट्टै नीति बनाउन सकिरहेको अवस्था छैन। तर नीति नभएकै कारण अपांगता भएका व्यक्तिहरूका लागि काम नगरेको भन्ने होइन,’ श्रेष्ठले भनिन्। उनका अनुसार कर्णाली प्रदेश अस्पतालमा बहिरा व्यक्तिहरूलाई सेवा लिन सहज हुने व्यवस्था नभएको गुनासो आएपछि त्यसको समाधानका लागि पहल भइरहेको छ। अस्पतालमा दोभाषे कर्मचारीको व्यवस्था गर्न अस्थायी दरबन्दी सिर्जना गर्ने प्रस्ताव सामाजिक विकास मन्त्रालयबाट सिफारिस गरिएको उनले जानकारी दिइन्। अपांगता समावेशितालाई प्रभावकारी बनाउन अपांगता नभएका व्यक्तिहरूले पनि यस क्षेत्रका आवश्यकता, चुनौती र अधिकारबारे बुझ्नुपर्ने सचिव श्रेष्ठको धारणा थियो। सामाजिक विकास मन्त्रालयको सामाजिक विकास महाशाखा प्रमुख सुवर्णकुमार खड्काले सार्वजनिक संरचना र सेवा सबैका लागि समान रूपमा पहुँचयोग्य बन्न नसकेको बताए। पछिल्लो समय निर्माण भएका संरचनामा पहुँचयुक्त व्यवस्थालाई प्राथमिकता दिन थालिएको उल्लेख गर्दै उनले भौतिक संरचना, सेवा र समुदायलाई समावेशी बनाउन सामूहिक प्रयास आवश्यक रहेको बताए। वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले अपांगता भएका व्यक्तिहरूका अधिकार सुनिश्चित गर्न बनेका कानुन र नीतिको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरू जिम्मेवार हुनुपर्ने बताए। समावेशिता र पहुँचका क्षेत्रमा विगतको तुलनामा केही सुधार देखिए पनि कानुन र नीतिअनुसार दायित्व पूरा गर्नुपर्नेमा उनले जोड दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पूर्व मुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीले पायो ४ दिनको समय
Latest NewsJust now

पूर्व मुख्यसचिव अर्यालमाथि अनुसन्धान गर्न प्रहरीले पायो ४ दिनको समय

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्व मुख्यसचिव एकनारायण अर्याललाई अनुसन्धानका लागि ४ दिन प्रहरी हिरासतमा राख्न समय दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार मोरङको विराटनगरस्थित... ...

रातोपाटी
कृष्णनगरका इन्जिनियरले बिल भुक्तानी गर्दा डेढ लाख घुस लिएको आरोपमा अख्तियारले दर्ता गर्यो मुद्दा
Latest NewsJust now

कृष्णनगरका इन्जिनियरले बिल भुक्तानी गर्दा डेढ लाख घुस लिएको आरोपमा अख्तियारले दर्ता गर्यो मुद्दा

• कपिलवस्तुको कृष्णनगर नगरपालिकाका इन्जिनियर प्रदीप कुमार चौधरीविरुद्ध डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ। • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरीले सेवाग्राहीबाट चेक र बैंक खातामार्फत घुस लिएको पुष्टि गरेको छ। • मुद्दामा चौधरीविरुद्ध एक लाख ५० हजार बिगो असुल र कैद सजायको माग गरिएको छ। ...

नेपालबहस
बजार अनुगमनमा तोकिएको जरिवाना एक महिनाभित्र तिर्नुपर्ने, नत्र शिलबन्दीदेखि सम्पत्तिसमेत रोक्का हुने
Latest NewsJust now

बजार अनुगमनमा तोकिएको जरिवाना एक महिनाभित्र तिर्नुपर्ने, नत्र शिलबन्दीदेखि सम्पत्तिसमेत रोक्का हुने

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सूचना जारी गर्दै विभिन्न व्यवसाय तथा फर्मलाई यस्तो चेतावनी दिएको हो । त्यस्तो जरिवाना रकम सरकारी राजस्व खातामा दाखिला गर्न पनि विभागले निर्देशन दिएको छ । ...

कान्तिपुर
सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्न आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्छौँ : अर्थमन्त्री वाग्ले
Latest NewsJust now

सामाजिक सुरक्षा कार्यक्रम विस्तार गर्न आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्छौँ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न सरकारले आगामी बजेटमा पर्याप्त रकम विनियोजन गर्ने बताउनुभएको छ । नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले सामाजिक सुरक्षा कोषमा श्रमिक तथा कर्मचारीको आबद्धता बढाउन सरकारले चालु वर्ष १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको जानकारी दिनुभयो । आगामी वर्षहरूमा पनि सामाजिक सुरक्षाको दायरा विस्तारका ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement