न्युयोर्क रेड बुल्ससँग इन्टर मियामी पराजित

काठमाडौं । अमेरिकाको व्यावसायिक फुटबल प्रतियोगिता मेजर लिग सकरमा न्युयोर्क रेड बुल्सले लियोनल मेसीको टोली इन्टर मियामीलाई २–० गोलले पराजित गरेको छ । आइतबार बिहान सम्पन्न खेलमा न्युयोर्कले घरेलु मैदानमा जित निकाल्दै प्लेअफ दौडमा महत्त्वपूर्ण तीन अङ्क जोडेको हो । न्युयोर्कको ह्यारिसनस्थित स्पोर्ट्स इलस्ट्रेटेड रङ्गशालामा भएको खेलमा इन्टर मियामीका कार्लोस कासेमिरोले सातौँ मिनेटमा आफ्नै पोस्टमा गोल गरेपछि न्युयोर्कले अग्रता लिएको थियो । दोस्रो हाफको अतिरिक्त समयमा एमिल फोर्सबर्गले गोल गर्दै टोलीको जित सुनिश्चित गरेका थिए । अर्जेन्टिनाका कप्तान मेसी खेलको ५६औँ मिनेटमा मैदान प्रवेश गरेका थिए । उनी सुरुआती टोलीमा थिएनन् । मेसी मैदानमा आए पनि इन्टर मियामीले गोल फर्काउन सकेन । न्युयोर्कका गोलरक्षक इथान होर्भाथले दुई प्रहार बचाएका थिए भने इन्टर मियामीका गोलरक्षक डेयन सेन्ट क्लेयरले पाँच बचाउ गरेका थिए । यस जितसँगै न्युयोर्कले लगातार दुई हारको शृङ्खला तोडेको छ । टोलीले प्लेअफमा स्थान सुरक्षित गर्ने दौडमा महत्त्वपूर्ण जित निकालेको हो । यो जितपछि न्यूयोर्कको ३१ खेलमा ३९ अंक भएको छ र एमएलएसको इस्टर्न कफेरेन्समा नवौं स्थानमा छ । त्यस्तै इन्टर मियामीको भने ३१ खेलमा ५५ अंक रहेको छ र हाल तेस्रो स्थानमा रहेको छ । The post न्युयोर्क रेड बुल्ससँग इन्टर मियामी पराजित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी
चितवन । चितवनमा सवारी दुर्घटना तथा दुर्घटनामा परी मृत्यु हुने र घाइते हुनेको सङ्ख्यामा उल्लेख्य कमी आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गत वर्षको दसैँको तुलनामा यस वर्ष... ...
पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी
कास्की । पशुमा महामारीजन्य रोगको सङ्क्रमण र जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालित पशुमा पूर्ण खोप कार्यक्रम कास्कीमा प्रभावकारी देखिएको छ । विशेषगरी पशुजन्य रोगको रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले गण्डकी प्रदेश... ...

झोलुङ्गे पुल मर्मत नहुँदा जोखिम बढ्दै
चन्द्रपुर समाचारदाता चन्द्रपुर (रौतहट), कात्तिक ८ गते । रौतहटको गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने लालबकैया नदीमा निर्मित बानेश्वरनाथ झोलुङ्गे पुलको मर्मत नहुँदा जोखिम बढ्दै... ...

पाकिस्तानमा बस र मिनीबस ठोक्किँदा १२ को मृत्यु, २० बढी घाइते
बस र मिनीबस आपसमा ठोक्किँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ। दुर्घटनामा २० भन्दा बढी यात्रु घाइते भएका छन् । ...


