काठमाडौं । न्युजिल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा भारत दोस्रो दिनको खेल सकिँदा दबाबमा परेको छ । न्युजिल्यान्डले पहिलो इनिङ्समा ३५६ रन बनाएपछि जवाफी ब्याटिङमा उत्रिएको भारतले ६ विकेट गुमाएर ११६ रन बनाएको छ । भारत अझै न्युजिल्यान्डभन्दा २४० रनले पछाडि छ । दिनको खेल समाप्त हुँदा ध्रुव जुरेल ७ रन बनाएर क्रिजमा छन् । भारतका लागि केएल राहुलले २५, ऋषभ पन्तले २३, देवदत्त पडिक्कलले २१ र कप्तान शुभमन गिलले १७ रन बनाए । न्युजिल्यान्डका बलर काइल जेमिसन र ज्याकोब डफीले समान दुई विकेट लिए । यसअघि न्युजिल्यान्डले पहिलो इनिङ्समा ३५६ रन बनाएको थियो । उसका लागि टम ब्लन्डेलले सर्वाधिक ८९ र ग्लेन फिलिप्सले ३६ रन बनाए । भारतका आकाश दीपले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए । अंशुल कम्बोज र गुरनुर बरारले समान दुई विकेट लिए । पहिलो इनिङ्समै ठूलो अग्रता लिने लक्ष्यमा रहेको न्युजिल्यान्डले भारतीय ब्याटिङलाई दबाबमा राखेको छ । अब भारतका लागि बाँकी ब्याटरले सम्हालिएर खेल्दै टोलीलाई संकटबाट निकाल्नु चुनौतीपूर्ण बनेको छ । The post न्युजिल्यान्डविरुद्धको टेस्टमा दबाबमा भारत appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
न्युजिल्यान्डविरुद्धको टेस्टमा दबाबमा भारत

Read Complete Original Article
Published originally on कर्पोरट खबर





![रतुवामा बन्दैछ नमूना पुल [भिडियो]](https://hamrakura.com/uploads/news/images/ratwa-bridge.jpg)
