न्यायाधीशहरू विवादमा तानिएपछि सर्वोच्चकाे फुलकोर्ट बैठक बस्दै

काठमाडौं । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) बोलाउनुभएको छ। आज इजलास बस्नुअघि फुलकोर्ट बैठक बस्ने बताइएको छ । पछिल्लो समय प्रधानन्यायाधीश शर्मा र न्यायाधीश हरिप्रसाद फुयालको नाम बिचौलिया इनम सापकोटासँग जोडिएको विवाद सार्वजनिक भएपछि बैठक बोलाइएको हो । न्यायाधीश फुयालले सापकोटासँग आफूले मात्र नभई अन्य न्यायाधीशहरूले पनि सामूहिक रूपमा भेट गरेको प्रतिक्रिया दिनुभएको थियो । उहाँको उक्त अभिव्यक्तिपछि न्यायालयभित्रको भेटघाट र सम्पर्कको विषय थप चर्चामा आएको छ । यसै विषयलाई लिएर न्यायालयको निष्पक्षता, पारदर्शिता र न्यायाधीशहरूको भूमिकाबारे प्रश्न उठिरहेका बेला बोलाइएको फुलकोर्ट बैठकलाई महत्त्वका साथ हेरिएको छ । बैठकमा पछिल्लो विवाद र त्यससँग सम्बन्धित विषयमा छलफल हुने बताइएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

प्रस्तावित राजदूत थापाको सुनुवाइ गर्न बैठक आह्वान
काठमाडौँ । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक कात्तिक १६ गतेका लागि आह्वान भएको छ । जापानका लागि प्रस्तावित राजदूत जीज्ञान कुमार थापा, ललितपुरका सम्बन्धमा संसदीय सुनुवाइ गर्न बैठक आह्वान गर्न... ...

शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव कम हुने
काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले शनिबार अपराह्नपछि चक्रवात ‘अर्नब’ को प्रभाव र वर्षाको गतिविधि कम हुँदै जाने जनाएको छ । विभागका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थान... ...

बूढानीलकण्ठ नगरपालिकामा शिक्षक बैंकको बढ्दो प्रभावकारिता
काठमाडौँ, कात्तिक १३ गते । बूढानीलकण्ठ नगरपालिकाले नगर क्षेत्रमा भएका सामुुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक बैँक प्रभावकारी बन्दै गएको छ... ...

जेनजी आन्दोलनमा भागेका अभियुक्त १४ महिनापछि काठमाडौँबाट पक्राउ
जेनजी आन्दोलनको क्रममा फरार भएका दाङका एक व्यक्ति १४ महिनापछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका- १० का ३५ वर्षीय रवीन्द्र परियार रहेका प्रहरीले जनाएको छ। उनलाई बिहीबार काठमाडौँ महानगरपालिका- २६ गल्कोपाखाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। परियार चोरी मुद्दामा पक्राउ परेर तीन ... ...


