काठमाडौं।नेपाल बार एशोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा डा. विजयप्रसाद मिश्रले न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिने प्रस्तावप्रति आपत्ति जनाएका छन्। बिहीबार कानुन, न्याय तथा मानव अधिकार समितिमा मेलमिलापसम्बन्धी दोस्रो संशोधन विधेयक, २०८३ माथिको छलफलमा उनले न्यायाधीशको काम न्यायिक निरूपण गर्नु मात्रै भएको बताए। जिल्ला न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने प्रस्ताव संवैधानिक व्यवस्था र न्यायिक स्वतन्त्रताको सिद्धान्त विपरीत हुने उनको तर्क छ। ‘न्यायाधीश भनेको रेफ्री हो, खेलाडी होइन। रेफ्रीलाई खेलाडी बनाउने काम गर्नु हुँदैन,’ मिश्रले भने। उनले न्यायाधीशलाई न्यायिक काम बाहेक अन्य जिम्मेवारीमा लगाउन नमिल्ने भन्दै यस्तो प्रस्ताव नेपाल बारले स्वीकार नगर्ने स्पष्ट पारे। मिश्रका अनुसार न्यायाधीशले पक्षहरूले पेस गरेका तथ्य, प्रमाण र कानुनका आधारमा निष्पक्ष निर्णय गर्नुपर्छ। मेलमिलापको जिम्मेवारी दिँदा न्यायिक निष्पक्षतामाथि प्रश्न उठ्न सक्ने उनको भनाइ छ।
न्यायाधीश रेफ्री हुन्, खेलाडी होइनन् : बार अध्यक्ष मिश्र

Read Complete Original Article
Published originally on नेपालन्युज




![तिहारमा पोखराको ७५ प्रतिशत फूल माग स्थानीय उत्पादनले धान्ने [भिडियो]](https://hamrakura.com/uploads/news/images/sayapatri-ful-pokhara-19-07.jpg)

