Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

न्यायपालिकाबारे भ्रामक समाचार नफैलाउन सर्वोच्चको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
न्यायपालिकाबारे भ्रामक समाचार नफैलाउन सर्वोच्चको आग्रह
Photo / Coverage: पर्दाफास

सर्वोच्च अदालतले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अदालतले तथ्यमा आधारित, निष्पक्ष र स्वतन्त्र ढंगबाट समाचार सम्प्रेषण गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । सोमबार जारी प्रेस विज्ञप्तिमार्फत सर्वोच्च अदालतले संविधान र कानुनको सर्वोच्चता तथा कानुनको शासनप्रति गम्भीर हुन सबैलाई आग्रह गरेको हो । सार्वजनिक रूपमा प्रकाशित तथा प्रसारित विषयमा पूर्वाग्रहरहित ढंगले छानबिन गरी सत्यतथ्यसहितको निष्कर्ष सार्वजनिक गर्न सम्बन्धित निकायलाई पनि अदालतले आग्रह गरेको छ । यसविषयमा नेपाल न्यूज बैंकसँग कुराकानी गर्दै सर्वोच्च अदालतका सहरजिस्ट्रार तथा प्रवक्ता डा. अशोककुमार क्षेत्रीले पूर्ण बैठकको निर्णयलाई आफूले व्याख्या गर्न नमिल्ने बताएका छन् । ‘निर्णयको व्याख्या गर्ने अधिकार प्रवक्तालाई हुँदैन । भएको बेहोरा मैले पूर्ण बैठकको निर्णयमा जस्ताको तस्तै राखेको छु,‘ उनले भने, ‘पूर्ण बैठकले गरेका निर्णयलाई सकारात्मक रूपमा व्याख्या गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’ विज्ञप्तिमा सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारको छानबिन र अनुसन्धान संविधान तथा कानुनबमोजिम गर्नुपर्ने उल्लेख छ । त्यसका लागि सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने अदालतको भनाइ छ । न्यायपालिका जनताको आस्था र विश्वासमा अडिएको संस्था भएकाले यससँग सम्बन्धित समाचार प्रकाशन गर्दा आमजनता तथा सेवाग्राहीमा भ्रम र नकारात्मक असर नपर्ने गरी तथ्यमा आधारित निष्कर्ष प्राप्त नभएसम्म कसैलाई लाञ्छित गर्ने वा न्याय सम्पादनको कार्यमा अवरोध पुग्ने गरी समाचार प्रकाशन तथा प्रसारण नगर्न पनि अदालतले आग्रह गरेको छ । प्रेस स्वतन्त्रता र न्यायपालिकाको गरिमाबीच सन्तुलन कायम गर्ने विषयमा अदालतको धारणा सोध्दा प्रवक्ता क्षेत्रीले विज्ञप्तिमा उल्लेख भएको विषय नै आधिकारिक धारणा भएको बताए । उनले पूर्ण बैठकको निर्णयको आशयबारे थप व्याख्या नगर्ने स्पष्ट पारे । अदालतले प्रकाशित तथा प्रसारित समाचारबाट विचलित नभई न्यायिक कार्यमा क्रियाशील रहन देशभरका अदालतमा कार्यरत सम्पूर्ण न्यायाधीशहरूलाई आग्रह गरेको छ । विज्ञप्तिमा २०८३ कात्तिक १६ गते बसेको पूर्ण बैठकको निर्णयको जानकारी गराइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
न्यायालयमा व्यापक सुधार र पुनर्गठन आवश्यक छ : खुश्बु ओली
OthersJust now

न्यायालयमा व्यापक सुधार र पुनर्गठन आवश्यक छ : खुश्बु ओली

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की संसदीय दलकी नेता खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र पछिल्लो समय सार्वजनिक भएका घटनाक्रमले आम नागरिकको न्यायालयप्रतिको विश्वासमा असर परेको बताएकी छन्। सोमबार सिंहदरबारमा नेपाली कांग्रेसले आह्वान गरेको प्रमुख प्रतिपक्षी दलहरूको जारी बैठकमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले न्यायालयमा व्यापक सुधारको आवश्यकता रहेको बताइन्। एक–दुई जना न्यायाधीशमाथि महाभियोग लगाउँदैमा न्यायालयको समस्या समाधान नहुने उनको भनाइ छ । उनले ...

पर्दाफास
नेपालमा विश्वस्तरीय औषधि उद्योग स्थापना गर्न स्विट्जरल्याण्डसँग सहकार्यको प्रस्ताव
OthersJust now

नेपालमा विश्वस्तरीय औषधि उद्योग स्थापना गर्न स्विट्जरल्याण्डसँग सहकार्यको प्रस्ताव

१६ कात्तिक, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालमा विश्वस्तरीय औषधि उद्योग स्थापना गर्न स्विट्जरल्याण्डसँग सहकार्यको प्रस्ताव राखेका छन् । स्विट्जरल्याण्डको नेशनल काउन्सिलका अध्यक्ष पिएरे आन्द्रे पाजसँग सोमवार भएको शिष्टाचार भेटका क्रममा अध्यक्ष दाहालले नेपालमा औषधि उद्योग स्थापना गर्न सरकारी तहबाट पहल गर्न आग्रह गरेका हुन् । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले स्विट्जरल्याण्डमा… ...

अनलाइन खबर
महाअभियोगबारे सत्तापक्षको धारणा हेरेपछि मात्रै प्रतिपक्षले निर्णय गर्छ : आङ्देम्बे
OthersJust now

महाअभियोगबारे सत्तापक्षको धारणा हेरेपछि मात्रै प्रतिपक्षले निर्णय गर्छ : आङ्देम्बे

१६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले महाअभियोगको विषयमा सत्तापक्षको धारणा र तयारी हेरेपछि मात्रै प्रतिपक्षी दलहरूले आफ्नो धारणा बनाउने बताएका छन् । कांग्रेस संसदीय दलको कार्यालयमा सोमबार बसेको प्रतिपक्षी दलहरूको बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिने क्रममा सोधिएको प्रश्नको जवाफमा उनले यस्तो धारणा व्यक्त गरेका हुन् । महाअभियोग लगाउने विषयमा सत्तापक्षभित्रै टुंगो… ...

अनलाइन खबर
सेयर बजारका सबै सूचक झरे, नेप्से २६५७ अंकमा
OthersJust now

सेयर बजारका सबै सूचक झरे, नेप्से २६५७ अंकमा

१३ कात्तिक, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ३२.६५ अंक घटेको छ । कारोबार सुरु भएपछि आज दिनभर बजार रातो अंकमा रह्यो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २६५७ अंकमा कायम भएको छ । यसअघिको कारोबार दिन नेप्से ५ अंक मात्रै घटेको थियो । बजार परिसूचक नेप्सेसँगै कारोबार रकम घटेको छ ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play