Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

न्यायालयमा व्यापक सुधार र पुनर्गठन आवश्यक छ : खुश्बु ओली

Share:WhatsAppFacebookX (Twitter)Telegram
न्यायालयमा व्यापक सुधार र पुनर्गठन आवश्यक छ : खुश्बु ओली
Photo / Coverage: पर्दाफास

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की संसदीय दलकी नेता खुश्बु ओलीले न्यायालयमा देखिएका विकृति र पछिल्लो समय सार्वजनिक भएका घटनाक्रमले आम नागरिकको न्यायालयप्रतिको विश्वासमा असर परेको बताएकी छन्। सोमबार सिंहदरबारमा नेपाली कांग्रेसले आह्वान गरेको प्रमुख प्रतिपक्षी दलहरूको जारी बैठकमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले न्यायालयमा व्यापक सुधारको आवश्यकता रहेको बताइन्। एक–दुई जना न्यायाधीशमाथि महाभियोग लगाउँदैमा न्यायालयको समस्या समाधान नहुने उनको भनाइ छ । उनले न्यायालयमा देखिएका विकृति अन्त्य गर्न व्यापक सुधारसँगै पुनर्नियुक्ति र पुनर्गठनको आवश्यकता रहेको बताइन्। महाभियोगको विषयमा भने छानबिनबाट प्राप्त तथ्य र प्रमाण अध्ययन गरेपछि मात्रै पार्टीले आधिकारिक धारणा बनाउने उनले स्पष्ट पारिन्। ‘न्यायालयमा जुन किसिमको घटना बाहिर सार्वजनिक भएको छ, त्यो अत्यन्त चिन्ताको विषय हो । आम सर्वसाधारणलाई पनि अरू केही प्रशासनमा विश्वास रहेन भने पनि उसले न्यायालयलाई विश्वास गरिराखेको हुन्छ । विशेषगरी ग्रामीण भेगमा हेर्नुभयो भने न्यायालयप्रतिको विश्वास महत्वपूर्ण हुन्छ,उनले भनिन्।‘ ‘अहिले सार्वजनिक भइरहेका घटनाक्रमले धेरै नेपाली जनताको मनोभावनामा पनि ठेस पुगेको जस्तो लाग्छ।हामीले धेरै वर्षदेखि हेर्दै गर्दा न्यायालयमा व्यापक सुधारको आवश्यकता देखेका छौँ। एक–दुई जना व्यक्तिमाथि महाभियोग लाग्दैमा मात्रै पूर्ण सुधार हुँदैन। छानबिनका क्रममा उहाँहरूमाथि कस्तो दोषारोपण हुन्छ, कस्ता तथ्य र प्रमाण आउँछन्, त्यसपछि मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीले आधिकारिक धारणा बनाउनेछ। अहिले हामीलाई के लाग्छ भने न्यायालयमा जुन किसिमको विकृति हामीले अनुभव गरिरहेका छौँ, त्यसलाई व्यापक रूपमा सुधार गरेर न्यायालय नै एक किसिमको पुनर्नियुक्ति र पुनर्गठनमा जानुपर्छ भन्ने हाम्रो विश्वास छ,’उनले भनिन् । ओलीले महाभियोगको विषयमा सरकारले अघि बढाउने प्रक्रियालाई पार्टीले अध्ययन र छलफलपछि मात्रै समर्थन गर्ने वा नगर्ने निर्णय लिने बताइन्। महाभियोग कुन आधारमा दर्ता हुन्छ भन्ने विषय महत्वपूर्ण हुने उल्लेख गर्दै उनले त्यसको अध्ययन गरेर पार्टीमा थप छलफल गरिने जानकारी दिइन्। उनले न्यायालयसँग सम्बन्धित विषयलाई गम्भीरतापूर्वक लिएर संसद्मा छलफल गर्नुपर्नेमा जोड दिइन्। संसद् बन्द रहेकै अवस्थामा देशमा संविधान, प्रहरी तथा सुरक्षा निकाय र अर्थमन्त्रीका अभिव्यक्तिलगायत विभिन्न महत्वपूर्ण विषय सार्वजनिक भइरहेकाले ती विषयमा संसद्मै बहस आवश्यक रहेको उनको भनाइ छ। ओलीले संसद् अधिवेशन आह्वानका लागि पहल गर्ने विषय प्रतिपक्षी दलहरूको बैठकमा उठेको पनि जानकारी दिइन्। बैठकपछि प्रमुख प्रतिपक्षी दलका नेताबाट यस विषयमा थप जानकारी आउने उनले बताइन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तत्काल संसद् बैठक बोलाउन प्रतिपक्षी दलहरूको माग
OthersJust now

तत्काल संसद् बैठक बोलाउन प्रतिपक्षी दलहरूको माग

प्रतिपक्षी दलहरूले मुलुकमा देखिएका समसामयिक राजनीतिक, न्यायिक तथा जनजीविकासँग सम्बन्धित विषयमा छलफल गर्न यथाशीघ्र संसद् बैठक आह्वान गर्न माग गरेका छन् । सोमबार नेपाली कांग्रेसले आह्वान गरेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसद् बैठक तत्काल बोलाउनुपर्ने बताएका हुन् । उनले मुलुकमा बिचौलियासँग सम्बन्धित विषय, न्यायालयमाथि उठेका प्रश्न, प्रेससँग जोडिएका संवेदनशील विषय, प्रहरीसँग सम्बन्धित घटना ...

पर्दाफास
शंकर पोखरेलको टिप्पणी– राज्य सञ्चालनलाई भाँडाकुटी खेलेजस्तो बनाइयो
OthersJust now

शंकर पोखरेलको टिप्पणी– राज्य सञ्चालनलाई भाँडाकुटी खेलेजस्तो बनाइयो

१६ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको कार्यकारी भूमिकामा रहेका व्यक्तिहरूका गतिविधिहरूले राज्य सञ्चालनको विषयलाई बालबालिकाहरूले खेल्ने भाँडाकुटी जस्तो बनाइएको टिप्पणी गरेका छन् । सोमबार प्रेस चौतारी नेपालले रुपन्देहीमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो टिप्पणी गरेका हुन् । राज्यको जिम्मेवार ओहदामा बस्ने व्यक्ति अझै संयमित र जिम्मेवार हुनुपर्नेमा सत्तत्रा… ...

अनलाइन खबर
परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि बेलायती राजदूत फेनको शिष्टाचार भेटवार्ता
OthersJust now

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि बेलायती राजदूत फेनको शिष्टाचार भेटवार्ता

१६ कात्तिक, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि बेलायतका राजदूत रब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपालबेलायत द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको उनको सचिवालयले जनाएको छ । भेटका अवसरमा दुवै पक्षबीच जलवायु परिवर्तन, जलवायु वित्त, उत्थानशील आर्थिक विकास तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play