Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

नोकियाले पायो वन एनजेडको नेटवर्क अटोमेशनसम्बन्धी ठेक्का

Share:WhatsAppFacebookX (Twitter)Telegram
नोकियाले पायो वन एनजेडको नेटवर्क अटोमेशनसम्बन्धी ठेक्का
Photo / Coverage: टेक्नोलोजी खबर

न्युजिल्यान्डको दूरसञ्चार कम्पनी वन न्युजिल्यान्डले नेटवर्क स्वायत्तता र कृत्रिम बुद्धिमतामा आधारित सञ्चालन प्रणालीको उच्च स्तरमा पुग्न नोकियाको सहयोग लिने भएको छ। विस्तार गरिएको नयाँ साझेदारीअन्तर्गत दूरसञ्चार कम्पनीले नोकियाको एस्योरेन्स सेन्टर र अटोनोमस नेटवर्क्स डाटा सुइट प्रयोग गर्नेछ। फिनल्यान्डको नोकियाले अनुसन्धान तथा विकासमा संयुक्त काम र परामर्श सेवा पनि उपलब्ध गराउनेछ। नोकियाका अनुसार एस्योरेन्स सेन्टरले नेटवर्क, सेवा, ग्राहक र सुरक्षा प्रणालीलगायत विभिन्न प्रकारका तथ्यांक संकलन तथा विश्लेषण गरी स्वचालित सञ्चालन प्रक्रिया सुरु गर्छ। यसले दूरसञ्चार कम्पनीलाई सम्भावित समस्या पहिल्यै अनुमान गर्न र रोक्न सहयोग गर्छ। त्यस्तै, डाटा सुइटले नेटवर्कसम्बन्धी तथ्यांकलाई एकरूप ढाँचामा व्यवस्थित गर्छ, जसले कृत्रिम बुद्धिमतामा आधारित स्वचालन प्रणालीले ती तथ्यांक प्रयोग गर्न सहज बनाउँछ। टेलिकम्स डटकमका अनुसार यी प्रणाली लागू भएपछि वन एनजेडले नेटवर्कको अवस्था पहिले नै अनुमान गर्न, छिटो निर्णय लिन र ग्राहकलाई असर पर्नुअघि नै आवश्यक कदम चाल्न सक्ने नोकियाले जनाएको छ। “स्वायत्त नेटवर्कको लक्ष्य अब केवल धेरै काम स्वचालित बनाउनु मात्र होइन। बदलिँदो अवस्था पहिचान गर्न, विश्वासयोग्य निर्णय लिन र मेसिनको गतिमा काम गर्न सक्ने नेटवर्क निर्माण गर्नु हो,” नोकियाका स्वायत्त नेटवर्क प्रमुख श्कुम्बिन हामितीले भने। “वन न्युजिल्यान्डसँग मिलेर हामी नेटवर्क स्वायत्तताको उच्च स्तरतर्फ अघि बढ्ने स्पष्ट बाटो तयार गर्दैछौँ। यसका लागि नेटवर्कको कार्यसम्पादन र ग्राहक अनुभव सुधार गर्न आवश्यक पारदर्शिता तथा सञ्चालन नियन्त्रण पनि सुनिश्चित गरिनेछ।” सन् २०२५ मा वन एनजेडले नोकियाको युनिफाइड इन्भेन्टरी एन्ड अर्केस्ट्रेसन सेन्टर प्रयोग गर्ने सम्झौता गरेको थियो। पहिलो प्रणालीले कम्पनीलाई आफ्नो नेटवर्कको अवस्थाबारे वास्तविक समयमा जानकारी राख्न सहयोग गर्छ भने दोस्रो प्रणालीले विभिन्न कम्पनीका उपकरण र प्रविधि प्रयोग भएका नेटवर्कमा सेवाको डिजाइन, वितरण तथा जीवनचक्र व्यवस्थापन स्वचालित बनाउन सक्छ। वन एनजेडले विस्तारित साझेदारीलाई आफ्नो स्वचालन यात्राको अर्को चरण भनेको छ। “पहिलेदेखि लागू भएका क्षमतामा आधारित भएर हामी पूर्वानुमानमा आधारित तथ्यांकमुखी सञ्चालनका लागि अझ बलियो आधार तयार गर्दैछौँ। साथै, नेटवर्कको कार्यसम्पादन र ग्राहकलाई उपलब्ध गराउने सेवाको अनुभव सुधार्न कृत्रिम बुद्धिमता तथा स्वचालनको प्रयोग क्रमशः विस्तार गर्दैछौँ,” वन एनजेडकी प्रमुख प्रविधि अधिकृत शारिना निशाले भनिन्। नोकिया र एरिक्सन दुवै कम्पनी अहिले स्वचालनको नयाँ युगमा दूरसञ्चार उद्योगलाई नेतृत्व गर्ने आपूर्तिकर्ताका रूपमा आफ्नो पहिचान स्थापित गर्ने प्रतिस्पर्धामा छन्। हालैका गतिविधिमध्ये नोकियाले कृत्रिम बुद्धिमता मोडेलले प्रयोग गर्न सक्ने गरी दूरसञ्चार नेटवर्कका तथ्यांक संकलन, सफाइ र भण्डारणलाई सहज बनाउन माइक्रोसफ्टसँग साझेदारी गरेको छ। सेप्टेम्बरमा नोकियाले साउदी अरब सरकारसँग रियादमा नयाँ अनुसन्धान तथा विकास केन्द्र स्थापना गर्ने सम्झौता गरेको थियो। उक्त केन्द्रले स्वचालनसम्बन्धी अनुसन्धानलाई प्राथमिकता दिनेछ। गृष्म ऋतुमा नोकियाले आफ्नो स्वायत्त नेटवर्किङ प्रणालीमा गुगल जेमिनाइका कृत्रिम बुद्धिमता एजेन्ट समावेश गरेको थियो। साथै, जापानको एनटीटी डोकोमोलाई क्लाउडमा आधारित तथा उद्देश्यअनुसार काम गर्ने नेटवर्किङ समाधान उपलब्ध गराउने सम्झौता पनि पाएको थियो। एरिक्सन पनि पछिल्लो समय यस क्षेत्रमा सक्रिय छ। यसै महिनाको सुरुवातमा उसले अमेरिकी दूरसञ्चार कम्पनी भेरिजोनसँगको साझेदारी विस्तार गरेको थियो। यसले देशभर विभिन्न रेडियो एक्सेस नेटवर्क (आरएएन) स्वचालन एप्लिकेसन (आरएप्स) लागू गर्ने बाटो खुला गरेको छ। कम्पनीले क्लाउडमा आधारित कोर नेटवर्कका लागि गिटअप्समा आधारित घोषणात्मक जीवनचक्र तथा कन्फिगरेसन व्यवस्थापन प्रणाली पनि सार्वजनिक गरेको छ। यसले ठूलो स्तरमा स्वायत्त नेटवर्किङ समाधान लागू गर्न सहज बनाउने उद्देश्य राखेको छ। गत महिना एरिक्सन र टेल्स्ट्राले स्वायत्त नेटवर्किङका लागि साझा दृष्टिकोण विकास गर्न भइरहेको कामबारे जानकारी दिएका थिए। अगस्टमा एरिक्सनलाई एसके टेलिकमको ‘हाइपर–एआई’ नामक समूहका लागि एकमात्र दूरसञ्चार उपकरण आपूर्तिकर्ताका रूपमा छनोट गरिएको थियो। उक्त समूहको प्राथमिकतामा पनि नेटवर्क स्वचालन रहेको छ। दूरसञ्चार कम्पनीहरूबीच नेटवर्कको गुणस्तरका आधारमा प्रतिस्पर्धा बढिरहेको अवस्थामा न्यूनतम मानवीय हस्तक्षेपमा रेडियो स्पेक्ट्रमको अधिकतम उपयोग गर्न र बदलिँदो अवस्थाअनुसार वास्तविक समयमा आफूलाई अनुकूल बनाउन सक्ने कम्पनीलाई स्पष्ट लाभ हुनेछ। यस्तो लक्ष्य हासिल गर्न सबैभन्दा उपयुक्त समाधान आफूसँग रहेको प्रमाणित गर्ने जिम्मेवारी अब नोकिया र एरिक्सनको हुनेछ। The post नोकियाले पायो वन एनजेडको नेटवर्क अटोमेशनसम्बन्धी ठेक्का appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विश्व दूरसञ्चार नीति मञ्चमा नेपाल: एआईमा समान पहुँच र विपद् प्रतिरोधी पूर्वाधारका लागि अन्तर्राष्ट्रिय सहयोगको माग
TechnologyJust now

विश्व दूरसञ्चार नीति मञ्चमा नेपाल: एआईमा समान पहुँच र विपद् प्रतिरोधी पूर्वाधारका लागि अन्तर्राष्ट्रिय सहयोगको माग

२७ कात्तिक, काठमाडौं। विश्व दूरसञ्चार नीति मञ्चमा नेपालले उठायो जलवायुजन्य विपद् र डिजिटल विभाजन न्यूनीकरणको मुद्दा कतारको दोहामा जारी अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को विश्व दूरसञ्चार नीति मञ्च (पीपी–२६) मा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले नेपालको राष्ट्रिय नीति वक्तव्य प्रस्तुत गर्नुभएको छ। उहाँले जलवायुजन्य विपद्बाट दूरसञ्चार पूर्वाधारको संरक्षण, डिजिटल विभाजन न्यूनीकरण तथा कृत्रिम बौद्धिकता (एआई) […] The post विश्व दूरसञ्चार ...

आइसिटी फ्रेम
एआईलाई थप शक्तिशाली बनाउँदै एन्थ्रोपिक, नयाँ मोडलमा के छ खास ?
TechnologyJust now

एआईलाई थप शक्तिशाली बनाउँदै एन्थ्रोपिक, नयाँ मोडलमा के छ खास ?

काठमाडौं । अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा आफ्नो क्षमता विस्तार गर्दै दुई नयाँ मोडल क्लाउड फेबल ५.२ र क्लाउड माइथोस ५.२ सार्वजनिक गरेको छ । जटिल प्राविधिक काम, कोडिङ, वैज्ञानिक अनुसन्धान र साइबर सुरक्षालाई लक्षित गरी विकास गरिएका यी मोडल अघिल्लो संस्करणको तुलनामा बढी शक्तिशाली र छिटो रहेको कम्पनीको दाबी छ ।प्रविधि क्षेत्रमा प्रतिस्पर्धा तीव्र भइरहेका बेला ...

आइसिटी समाचार
एन्थ्रोपिकले आईपीओ रोडशो सुरु गर्‍यो, एक ट्रिलियन डलर बजार पुँजीकरणको लक्ष्य
TechnologyJust now

एन्थ्रोपिकले आईपीओ रोडशो सुरु गर्‍यो, एक ट्रिलियन डलर बजार पुँजीकरणको लक्ष्य

एन्थ्रोपिकले आफ्नो प्रस्तावित प्रारम्भिक सार्वजनिक निष्कासन (आईपिओ) का लागि रोडशो सुरु गरेको छ। कम्पनीले ‘क्लास ए’ साधारण सेयरका ८२ करोड ५० लाख कित्ताहरू, प्रति सेयर ७०.०० अमेरिकी डलरदेखि ७८.०० अमेरिकी डलरसम्मको मूल्य दायरामा बिक्री गर्ने योजना बनाएको छ। यसको अर्थ, अपेक्षित मूल्य दायराको मध्यबिन्दुलाई आधार मान्दा, कम्पनीले ६१ अर्ब अमेरिकी डलरभन्दा बढी रकम जुटाउनेछ। यसका साथै, प्रमुख साझेदारहरूलाई गरिने सेयर बिक्रीसमेत जोड्दा ...

टेक्नोलोजी खबर
एप्पलको फोल्डेबल फोनको क्रेज, दुई सातामै तयार भए एक लाखभन्दा बढी एप
TechnologyJust now

एप्पलको फोल्डेबल फोनको क्रेज, दुई सातामै तयार भए एक लाखभन्दा बढी एप

काठमाडौं । एप्पलको नयाँ फोल्डेबल स्मार्टफोन आईफोन डुओ सार्वजनिक भएको दुई साता नबित्दै यसका लागि एक लाखभन्दा बढी एप अप्टिमाइज भएका छन् । एप्पलले एप विकासकर्ताहरूले नयाँ डिभाइसलाई तीव्र गतिमा आत्मसात् गरिरहेको र एप स्टोरमा दैनिक हजारौँ नयाँ अप्टिमाइज गरिएका एप थपिइरहेको जनाएको छ ।एप्पलकी विश्वव्यापी डेभलपर सम्बन्ध विभागकी उपाध्यक्ष सुसान प्रेस्कटका अनुसार विकासकर्ताहरूले आईफोन डुओको नयाँ डिजाइन र डिस्प्ले ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play