‘नो किङ्स’ इन्स्टाग्राम खाता बन्द गरेकोमा मेटाले माग्यो माफी

मेटाले ‘नो किङ्स’ विरोध प्रदर्शन अभियानको इन्स्टाग्राम खाता सप्ताहान्तमा बन्द गरेकोमा माफी मागेको छ। कम्पनीले मानव प्रयोगकर्ताबीचको सामान्य गतिविधिभन्दा स्वचालित बोटबाट हुने गतिविधिजस्तो देखिने गरी एक्कासि गतिविधि बढेपछि खाता बन्द भएको जनाएको छ। शनिबार अमेरिकाभर हजारौँ स्थानमा प्रदर्शनकारीहरू भेला भएर राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रामक देशनिकाला नीति, इरानसँगको युद्ध र अन्य नीतिको विरोध गरेका थिए। ‘नो किङ्स’ अभियानअन्तर्गत भएका यी प्रदर्शन तेस्रो चरणका प्रदर्शन थिए। तर रोयटर्सका अनुसार प्रदर्शनका आयोजक र सहभागीहरूले प्रयोग गर्दै आएको इन्स्टाग्राम खाता एक घण्टाभन्दा बढी समय बन्द भएको थियो। मेटाका प्रवक्ता एन्डी स्टोनले सामाजिक सञ्जाल एक्समा लेख्दै आयोजकहरूलाई खातामा पहुँच दिलाउने समस्या समाधान गर्न थप समय लागेको बताएका थिए। स्टोनका अनुसार मेटाको नेटवर्क सुरक्षा प्रणालीले प्रोफाइल, पोस्ट र ह्यासट्याग पढ्ने क्लाउड नामक उपकरणको प्रयोग भएको पत्ता लगाएको थियो। अक्टोबर १७ मा यस्तो गतिविधि तीव्र रूपमा बढेको थियो। ‘छोटो समयमा एक्कासि धेरै संख्यामा क्रमिक अनुरोधहरू आउँदा ती सामान्य मानिसले हाम्रो प्रणाली चलाउँदा हुने गतिविधिभन्दा स्वचालित बोटको गतिविधिजस्ता देखिए। यसका कारण हाम्रा स्वचालित सुरक्षा प्रणालीले गल्तीवश नो किङ्सको इन्स्टाग्राम खाता बन्द गर्यो,’ स्टोनले भने। उनले यस त्रुटिका लागि पुनः इमानदारीपूर्वक माफी माग्न चाहेको बताएका छन्। तर, प्रदर्शन आयोजकहरू सोमबार मेटाको स्पष्टीकरणबाट सन्तुष्ट भएनन्। ‘मेटाको स्पष्टीकरण अझै पनि चित्तबुझ्दो छैन,’ नो किङ्स गठबन्धनले सामाजिक सञ्जाल ब्लुस्काईमा लेखेको छ। गठबन्धनका अनुसार इन्स्टाग्राम खाता बन्द हुनुका साथै मेटाका विभिन्न प्लेटफर्ममा नो किङ्स र अग्रिम मतदानसम्बन्धी सामग्री पहुँचबाहिर रहेको, प्रतिबन्धित भएको वा त्यसको पहुँच घटाइएको जस्तो देखिएकोबारे पनि जानकारी प्राप्त भएको थियो। ‘निर्वाचन हुन केही सातामात्र बाँकी हुँदा माफी माग्नु पर्याप्त हुँदैन। जनताले जवाफ, जवाफदेहिता र यस्ता घटना रोक्न अपनाइने ठोस सुरक्षा उपाय चाहन्छन्,’ गठबन्धनले भनेको छ। ‘नो किङ्स’ प्रदर्शन सियाटल र सान डिएगोदेखि सिकागो, एटलान्टा र न्युयोर्कसम्मका सहरमा भएका थिए। वासिङ्टन डीसीमा प्रदर्शनकारीहरू ट्रम्पले प्रस्ताव गरेको विजयतोरण निर्माण गर्ने स्थानमा भेला भएर नोभेम्बर ३ मा हुने मध्यावधि संसदीय निर्वाचनअघि अग्रिम मतदान गर्न प्रोत्साहित गरेका थिए। The post ‘नो किङ्स’ इन्स्टाग्राम खाता बन्द गरेकोमा मेटाले माग्यो माफी appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

ब्रह्माण्डमा जीवनको अस्तित्वसँग जोडिए भौतिकशास्त्रका आधारभूत नियम
ब्रह्माण्डमा जीवनको अस्तित्व सम्भव हुनुमा पानी, अक्सिजन र कार्बनजस्ता आवश्यक तत्त्वको उपलब्धता मात्र पर्याप्त नहुन सक्छ। तरल पदार्थको प्रवाहलाई प्रभावित गर्ने भौतिकशास्त्रका आधारभूत स्थिरताहरू पनि जीवनका लागि अनुकूल हुनुपर्ने वैज्ञानिकहरूको अध्ययनले देखाएको छ। ब्रह्माण्डमा तारा चम्किने, ग्रह बन्ने र पानी अस्तित्वमा रहने अवस्था भए पनि तरल पदार्थ अत्यधिक बाक्लो भएर बग्न नसक्ने हो भने जीवित कोषिकाले काम गर्न नसक्ने अवस्था आउन ...

स्पेसएक्स र टेस्ला गाभ्ने मस्कको प्रस्ताव
अमेरिकी अर्बपति इलन मस्कले स्पेसएक्स र टेस्ला कम्पनी गाभ्ने प्रस्तावलाई समर्थन गरेका छन्। यसैबीच, स्पेसएक्सले जुलाईदेखि सेप्टेम्बरसम्म चार अर्ब ४० करोड अमेरिकी डलर खुद नाफा कमाएको छ । अघिल्लो वर्ष सोही अवधिमा एक अर्ब १० करोड डलर घाटा भएको थियो । मस्कका अनुसार दुवै कम्पनीका स्वतन्त्र सञ्चालकहरूको विशेष समितिले सम्भावित मर्जरबारे अध्ययन गरिरहेको छ । स्वार्थको द्वन्द्वका कारण आफू छलफलमा सहभागी ...

Government cybersecurity website hit in global flaw - The Armidale Express
Government cybersecurity website hit in global flaw The Armidale Express

