प्रधानसेनापति अशोकराज सिग्देलले पदोन्नति भएका ६ जना सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। मन्त्रिपरिषद्को मंसिर ४ गतेको निर्णयअनुसार रथी दर्जामा पदोन्नति भएका उपरथी अनुपजंग थापालाई प्रधान सेनापति सिग्देलले मंगलबार जंगी अड्डामा आयोजित कार्यक्रममा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। सोही अवसरमा उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी मनोज थापालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। त्यस्तै, सहायक रथी दर्जामा पदोन्नति भएका प्राविधिक महासेनानी जगत शाह, महासेनानी पंकज रावल र महासेनानी शितल बानियाँ तथा महासेनानी दर्जामा पदोन्नति भएका प्राविधिक प्रमुख सेनानी अरविन्द श्रेष्ठलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरिएको नेपाली सेनाले जनाएको छ। कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, अन्य अधिकृत तथा पदोन्नति भएका सैनिक अधिकृतका परिवारजनको समेत उपस्थिति रहेको थियो।
नेपाली सेनामा ६ अधिकृतको बढुवा, प्रधानसेनापति सिग्देलले लगाए दर्ज्यानी चिन्ह

Read Complete Original Article
Published originally on पर्दाफास






