Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा सव- इन्जिनियरविरुद्ध मुद्दा

Share:WhatsAppFacebookX (Twitter)Telegram
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा सव- इन्जिनियरविरुद्ध मुद्दा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी तथा सार्वजनिक संस्थामा जागिर खाएको आरोपमा सव –इन्जिनियर भोज बाबु सोमै मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्यूठानको सरुमारानी गाउँपालिका–४ निवासी सोमैविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। आयोगका अनुसार सोमैले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी ओखलढुङ्गास्थित रूम्जाटार माध्यमिक विद्यालयमा करिब दुई वर्ष प्राविधिक शिक्षकका रूपमा करार सेवामा काम गरेका थिए। त्यसपछि उनले नेपाल सरकारको खानेपानी मन्त्रालयअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना,बुटवलमा समेत करारमा सव–इन्जिनियर पदमा जागिर खाएका थिए। नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी करिब २ वर्ष प्राविधिक शिक्षकको रुपमा करार सेवामा रहेको,सव–इन्जिनियर पद करार खाएको भन्दै उनीविरुद्ध उजुरी परेको थियो। सोही उजुरीका आधारमा अनुसन्धान हुँदा बुटवलमा सव इन्जिनियर पदमा नियुक्तिका लागि डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमीबाट जारी भएको देखिने नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको खुल्न आएको आयोगको दावी छ। अनुसन्धानका क्रममा उनले दुवै निकायमा नियुक्ति लिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी), सानोठिमी, भक्तपुरबाट जारी भएको देखिने डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरेको पाइएको आयोगले जनाएको छ। नक्कली प्रमाणपत्रका आधारमा सार्वजनिक पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको देखिएकाले सोमैमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबीसहित आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ। The post नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी जागिर खाएको आरोपमा सव- इन्जिनियरविरुद्ध मुद्दा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जासुसीको आरोपमा चिनियाँ अधिकारीलाई मृत्युदण्ड
Latest NewsJust now

जासुसीको आरोपमा चिनियाँ अधिकारीलाई मृत्युदण्ड

बेइजिङ । विदेशका लागि जासुसी गरी राज्यका गोप्य सूचना चुहाएको र त्यसबापत रकम लिएको आरोपमा चीनका एक सरकारी अधिकारीलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । गोल्ड वाल प्रेसद्वारा... ...

रातोपाटी
नसाको समस्याबाट कसरी छुटकारा पाउने ? कन्सल्टेन्ट न्युरो सर्जन खड्काका ७ सुझाव
Latest NewsJust now

नसाको समस्याबाट कसरी छुटकारा पाउने ? कन्सल्टेन्ट न्युरो सर्जन खड्काका ७ सुझाव

कतिपय समस्या समयमै उपचार गरे शल्यक्रियाबिनै निको पार्न सकिन्छ भने उपचारमा ढिलाइ गर्दा जटिलता बढ्न सक्छ । ...

कान्तिपुर
एनभिडियामा हुआङको पुनरागमनपछि पनि विवाद कायमै
Latest NewsJust now

एनभिडियामा हुआङको पुनरागमनपछि पनि विवाद कायमै

न्युयोर्क । अमेरिकी चिप निर्माता कम्पनी एनभिडियाका सहसंस्थापक जेन्सेन हुआङको पुनरागमनले शेयर बजारमा सकारात्मक प्रभाव पारे पनि उनीसँग जोडिएका अनुसन्धान र कम्पनीको भविष्यबारे प्रश्नहरू कायमै छन् । चीनको सम्भावित जासुसी गतिविधिको... ...

रातोपाटी
नेपाल टेलिकमले अन्तरराष्ट्रिय कलमा पल्स अवधि ३० बाट बढाएर ६० सेकेन्ड पुर्यायो
Latest NewsJust now

नेपाल टेलिकमले अन्तरराष्ट्रिय कलमा पल्स अवधि ३० बाट बढाएर ६० सेकेन्ड पुर्यायो

• नेपाल टेलिकमले अन्तरराष्ट्रिय कलको लागि पल्स अवधि ३० सेकेन्डबाट ६० सेकेन्डमा परिवर्तन गरेको छ। • यो परिवर्तन नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय अनुसार लागू गरिएको हो। • अब सबै देशका लागि अन्तरराष्ट्रिय कल गर्दा ६० सेकेन्डको आधारमा शुल्क गणना हुनेछ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement