Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त
Photo / Coverage: पर्दाफास

नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त भएका छन् । बिहीवार सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा सेनाले श्रेष्ठलाई सैनिक प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिएको हो । नवनियुक्त प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली सेनाले सञ्चालन गरिरहेका विकास निर्माण तथा विपद् व्यवस्थापनलगायतका गतिविधिबारे आम नागरिकलाई जानकारी गराउन सञ्चारमाध्यमसँग निरन्तर संवाद र सहकार्य गर्ने प्रतिबद्धता जनाए । उनले भ्रामक समाचार तथा सूचनाको खण्डन गर्न पनि आफू जिम्मेवार रहने बताए । नेपाली सेना र सञ्चारजगत्बीच सुरुदेखि नै सौहार्दपूर्ण, व्यावसायिक र प्रगाढ सम्बन्ध रहँदै आएको उल्लेख गर्दै उनले आगामी दिनमा यसलाई थप पारदर्शी र प्रभावकारी बनाउने आफ्नो प्राथमिकता रहेको बताए । सैनिक गतिविधिसम्बन्धी सूचना प्रवाह प्रक्रियालाई थप सहज र प्रभावकारी बनाउन भूमिका खेल्ने उनको भनाइ छ । ‘नेपाली सेना र नेपाली सञ्चारजगत्को सम्बन्ध सुरुदेखि नै सौहार्दपूर्ण, व्यावसायिक र प्रगाढ रहँदै आएको छ । आगामी दिनमा यो सम्बन्धलाई अझ प्रगाढ, पारदर्शी र प्रभावकारी बनाउने कार्य मेरो पहिलो प्राथमिकता हुनेछ,’ उनले भने । श्रेष्ठले आम नागरिकको सूचनाको हक सुनिश्चित गर्न निवर्तमान सैनिक प्रवक्ताले निर्वाह गरेको भूमिका र सञ्चारमाध्यम तथा सञ्चारकर्मीले गरेको सहयोगको प्रशंसा गर्दै धन्यवादसमेत व्यक्त गरे । श्रेष्ठ २०४८ सालमा अधिकृत क्याडेटका रूपमा नेपाली सेनामा प्रवेश गरेका हुन् । उनले यसअघि सेनाका विभिन्न विभागमा रहेर जिम्मेवारी सम्हालिसकेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति
OthersJust now

इनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ जिल्ला अदालतले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गर्न इनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले अदालतले हिरासतको म्याद थप गरेको पुष्टि गरे। सापकोटासँगै लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धान गरिरहेको छ। प्रहरीले असोज ...

पर्दाफास
प्रधानमन्त्रीको भारत भ्रमण : दुई देशका प्रतिनिधिबीच सघन वार्ता, औपचारिक टुंगिएका छैनन् प्रमुख विषय
OthersJust now

प्रधानमन्त्रीको भारत भ्रमण : दुई देशका प्रतिनिधिबीच सघन वार्ता, औपचारिक टुंगिएका छैनन् प्रमुख विषय

हवाई रुट, भारतले दिने आर्थिक सहयोगलगायत विषयमा दुई पक्षबीच कडा छलफल भइरहेका छन् । यस क्रममा नेपालले प्राथमिकता दिएका कतिपय मुद्दाहरू भ्रमणको एजेन्डाबाटै हटेका छन् । सहमतिउन्मुख रहेका केही मुद्दामा भारतले नयाँ सर्त थपेपछि टुंगो लागेका छैनन् । ...

अनलाइन खबर
मधेश सरकार गठनमा अन्योल, दाबी पेस गर्न एक दिन मात्र बाँकी
OthersJust now

मधेश सरकार गठनमा अन्योल, दाबी पेस गर्न एक दिन मात्र बाँकी

प्रदेश प्रमुखले दिएको मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय घर्किंदै जाँदा मधेशमा नयाँ सरकार गठनको अन्योल बढ्दै गएको छ । ...

अनलाइन खबर
एन्फा निलम्बन फुकूवाका लागि ग्रीन सिग्नल, नेम्वाङकै नेतृत्वमा निर्वाचन गर्न फिफाको सर्त
OthersJust now

एन्फा निलम्बन फुकूवाका लागि ग्रीन सिग्नल, नेम्वाङकै नेतृत्वमा निर्वाचन गर्न फिफाको सर्त

एएफसी अवार्ड्स २०२६ को अवसरमा भएको उक्त बैठकमा एन्फाको निलम्बवन फुकुवाका साथै अब हुने निर्वाचन प्रक्रियाको विषयमा छलफल भएको थियो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play