नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले प्राकृतिक विपत्तिका कारण यस वर्षको कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम आयोजना नगर्ने भएको छ । भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै बूढीगण्डकीमा आएको बाढीले समेत क्षति पुर्याएकाले देश शोकमा रहेका बेला कार्यक्रम नगर्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ । कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले कात्तिक जारी गरेको विज्ञप्तिमा विपत्तिबाट प्रभावित परिवारप्रति संवेदना व्यक्त गर्दै यस वर्ष चियापान कार्यक्रम आयोजना नगरिने उल्लेख गर्नुभएको थियो । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि २०३४ सालको कोजाग्रत पूर्णिमामा पहिलोपटक चियापान समारोह आयोजना गर्नुभएको थियो । त्यसयता कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम गर्दै आएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

२४ घण्टामा काठमाडौँमा ४७० सवारी चालकमाथि कारबाही
काठमाडौँ उपत्यकामा गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ४७० सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिबार सवारी नियम उल्लङ्घन गर्ने ४७० सवारीसाधनका चालक कारबाहीमा परेका हुन्। कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ९९, सिसी क्यामरामार्फत ४० र रा... ...

म्यानमामा एक्सप्रेस बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १२ घाइते
याङगुन।म्यानमाको मन्डाले क्षेत्रमा शनिबार भएको सडक दुर्घटनामा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। म्यानमाको अग्नि सेवा विभागका अनुसार ब्रेक फेल भएको एक्सप्रेस बस विपरीत दिशाबाट आइरहेको भ्यानसँग ठोक्किएपछि सडकबाट करिब ५० फिट गहिरो खोल्सामा खसेको थियो। विभागका अनुसार स्थानीय समयअनुसार शनिबार साँझ करिब ६ः०५ बजे पिन ओ ल्विन–मन्डाले सडक खण्डको ओरालोमा दुर्घटना भएको हो। पिन ...

असोजमा झन्डै ६ अर्ब रुपैयाँको विद्युत् निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
बाढीले केही आयोजना बन्द गराए पनि द्विपक्षीय सम्झौता र भारतीय ऊर्जा बजारमार्फत निर्यात कारोबार बढेको हो। ...



