Monday, October 19, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेपालले एकदिवसीय मान्यता जोगाउन आज हुने अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने

नेपालले एकदिवसीय मान्यता जोगाउन आज हुने अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालले एकदिवसीय मान्यता जोगाउन आज हुने अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने

आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलाअन्तर्गत अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ । यो खेल अल अमिरातमा नेपाली समयअनुसार आज बिहान सवा ११ बजेदेखि शुरु हुनेछ । ओमानमा चलिरहेको शृङ्खलाको आफ्नो तेस्रो खेलमा अस्ति नेपाल क्यानडासँग २४ रनले पराजित भएपछि एकदिवसीय मान्यता जोगाउन आजको अन्तिम खेल कुर्नुपर्ने भएको छ । यो शृङ्खलामा शुरुआती दुई खेल जितेर शीर्ष–६ को सम्भावनालाई बलियो बनाएको नेपालका लागि क्यानडासँगको हारले गाह्रो बनाएको हो । हारपछि ८ टोली सम्मिलित शृङ्खलाको अंक तालिकामा नेपाल ३५ खेलमा २८ अंकसहित सातौं स्थानमा झरेको छ । सबै ३६ खेल खेलेको क्यानडा २९ अंकसहित छैटौँ स्थानमा पुगेको छ । अब नेपालले शीर्ष–६ मा अटाउन घरेलु टोली ओमानलाई हराउनुपर्नेछ । ओमान ३३ अंकसहित चौथो स्थानमा छ । लिग–२ को शीर्ष–६ मा पर्ने टोलीले एकदिवसीय मान्यता कायमै राख्ने सम्भावना धेरै छ । यसअघि शीर्ष–४ को होडबाट बाहिरिसकेको नेपाल सन् २०२७ को एकदिवसीय विश्वकपको छनोटमा सिधै पुग्न असफल भएको थियो । अब नेपालले विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ खेल्नुपर्नेछ । The post नेपालले एकदिवसीय मान्यता जोगाउन आज हुने अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

बुबाबिनाको दसैं औपचारिकता जस्तै : रेखा थापा
ताजा खबरJust now

बुबाबिनाको दसैं औपचारिकता जस्तै : रेखा थापा

म चार–पाँच वर्षकी थिएँ होला, स्कर्ट लगाएकी थिएँ । लिंगेपिङमा मेरो पालो आउँदा जामा उडेर लाज होला भन्ने डरले कुनामा गएर टोलाएर बसेँ । ...

कान्तिपुर
सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
ताजा खबरJust now

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला

सुनसरी। सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक साेमबार बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको... ...

रातोपाटी
बढ्यो सुन र चाँदी दुवैको भाउ
ताजा खबरJust now

बढ्यो सुन र चाँदी दुवैको भाउ

नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको भाउ प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ कायम गरिएको हो।  हिजो आइतबार सुनको मूल्य तोलाको २ लाख ८९ हजार ७ सय रुपैयाँ थियो। यस्तै अघिल्लो दिनको तुलनामा चाँदीको भाउ पनि बढेको छ।  सुनचाँदी व्यवसा... ...

नेपालखबर
सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
ताजा खबरJust now

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला

सुनसरी।सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार निजको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ। ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play