Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक परीक्षण सफल
Photo / Coverage: नेपालन्युज

काठमाडौं । विपद्को जोखिममा रहेका क्षेत्रका नागरिकलाई मोबाइल फोनमार्फत तत्काल पूर्वसूचना प्रवाह गर्ने उद्देश्यले नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणाली (CBS) को प्रारम्भिक प्राविधिक परीक्षण सफल भएको छ। सूचना तथा सञ्चार मन्त्रालयको समन्वयमा गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमको सहकार्यमा उक्त परीक्षण गरिएको हो। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा नेपाल टेलिकमको बलम्बुस्थित टावरबाट परीक्षण सन्देश प्रवाह गरिएको थियो। परीक्षणका क्रममा काठमाडौंका निश्चित भौगोलिक क्षेत्रमा रहेका मोबाइल फोनमा नेपाली र अंग्रेजी दुवै भाषामा ‘यो परीक्षण सन्देश हो’ भन्ने सूचना पठाइएको थियो। सन्देश प्राप्त हुँदा मोबाइलमा विशेष चेतावनी ध्वनि र कम्पनसमेत आएको थियो। सेल ब्रोडकास्ट प्रणालीमार्फत निश्चित भौगोलिक क्षेत्रभित्र रहेका मोबाइल फोनमा एकैपटक आपत्कालीन सूचना पठाउन सकिन्छ। यसका लागि इन्टरनेट वा व्यक्तिगत मोबाइल नम्बरमा छुट्टाछुट्टै सन्देश पठाउनुपर्ने आवश्यकता पर्दैन। यस प्रविधिको विशेषता भनेको नेटवर्कमा अत्यधिक चाप भएको अवस्थामा समेत लक्षित क्षेत्रमा रहेका मोबाइल फोनमा एकैपटक सूचना प्रवाह गर्न सक्नु हो। साथै, प्रयोगकर्ताको व्यक्तिगत मोबाइल नम्बर तथा अन्य विवरण सङ्कलन नगरी सूचना पठाउन सकिन्छ। यस प्रणालीबाट बाढी, पहिरो, हिमताल विस्फोटजन्य बाढी, भूकम्प तथा प्रतिकूल मौसमजस्ता विपद्का जोखिमबारे पूर्वसूचना र आवश्यक सुरक्षा निर्देशन नागरिकसम्म समयमै पुर्‍याउन सकिने अपेक्षा गरिएको छ। प्रारम्भिक परीक्षणबाट प्राप्त प्राविधिक नतिजा र अनुभवका आधारमा प्रणालीलाई थप परिष्कृत गर्दै उच्च विपद् जोखिम भएका क्षेत्रमा चरणबद्ध रूपमा विस्तार गर्ने लक्ष्य राखिएको छ। यसले विपद्का समयमा नागरिकलाई सचेत गराउन र सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
रेग्मी र बानियाँलाई तारानाथ–धनेश्वरी स्मृति पुरस्कार
Latest NewsJust now

रेग्मी र बानियाँलाई तारानाथ–धनेश्वरी स्मृति पुरस्कार

• तारानाथ–धनेश्वरी स्मृति प्रतिष्ठानले साहित्यकार रेखाकौशल रेग्मी र पत्रकार प्रताप बानियाँलाई पुरस्कार प्रदान गरेको छ। • समारोहमा आठ विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ, जसमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरू समावेश छन्। • प्रतिष्ठानले शिक्षा, पत्रकारिता, साहित्य र सङ्गीत विधालाई समेटेर रु १५ लाखको अक्षयकोष स्थापना गरेको थियो। ...

नेपालबहस
टेम्पल ट्रि रिसोर्ट फेरि पोखराको उत्कृष्ट करदाता
Latest NewsJust now

टेम्पल ट्रि रिसोर्ट फेरि पोखराको उत्कृष्ट करदाता

पोखरा । पोखराको लेकसाइडस्थित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पा यो वर्ष पनि उत्कृष्ट करदाताका रूपमा सम्मानित भएको छ । आन्तरिक राजस्व कार्यालय पोखराले आर्थिक वर्ष २०८१/८२ मा कास्की र स्याङ्जा... ...

रातोपाटी
नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न
Latest NewsJust now

नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको प्रारम्भिक प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न

काठमाडौं । विपद्को समयमा नागरिकसम्म छिटो, सरल र प्रभावकारी रूपमा पूर्वसूचना पुर्‍याई जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले नेपालमै विकसित सेल ब्रोडकास्ट प्रणालीको पहिलो चरणको प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ। माननीय गृहमन्त्री सुदन गुरुङ तथा माननीय सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको समुपस्थितिमा नेपाल टेलिकमको बलम्बुस्थित प्राविधिक परीक्षण भवनमा साँझ ठीक ६ बजे उक्त प्रणालीको सफल परीक्षण गरिएको हो। नेपालकै दक्ष प्राविधिक जनशक्तिद्वारा ...

कर्पोरट खबर
परराष्ट्रमन्त्री खनाल भन्छन्: प्रधानमन्त्रीको भ्रमणले नेपाल- भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो
Latest NewsJust now

परराष्ट्रमन्त्री खनाल भन्छन्: प्रधानमन्त्रीको भ्रमणले नेपाल- भारत सम्बन्धलाई सकारात्मक लयमा फर्कायो

परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण बहुआयामिक हिसावले सफल र उपलब्धिमूलक भएको बताएका छन्। सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहको दुई दिने राजकीय भ्रमणबारे ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन्। उनकाअनुसार भ्रमणका क्रममा प्रधानमन्त्री साह र समकक्षी नरेन्द्र मोदीबीच दुई देशबीच पारवहन, रेलमार्ग, ऊर्जा, पूर्वाधार तथा सीम... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement