Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

नेपालमा आइआइटी खोल्दा पहाडी र हिमाली इन्जिनियरिङलाई प्राथमिकता दिनुपर्छ : कमल रिजाल

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालमा आइआइटी खोल्दा पहाडी र हिमाली इन्जिनियरिङलाई प्राथमिकता दिनुपर्छ : कमल रिजाल
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं । नेपालमा स्थापना हुने इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) मा नेपालको भौगोलिक अवस्था र विकासका आवश्यकताअनुसारका इन्जिनियरिङ विषयलाई प्राथमिकता दिन विज्ञहरूले सुझाव दिएका छन् । उनीहरूले पहाडी तथा हिमाली इन्जिनियरिङ, सुरुङ प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक इन्जिनियरिङजस्ता विषयलाई पाठ्यक्रममा समेट्नुपर्ने बताएका हुन्।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का पूर्ववरिष्ठ सल्लाहकार डा. ई. कमल रिजालले नेपालमा आइआइटी स्थापना गर्ने निर्णय स्वागतयोग्य भए पनि यसको पाठ्यक्रम निर्माणमा विशेष ध्यान दिनुपर्ने बताए । भारतीय आइआइटीको पाठ्यक्रम हुबहु लागू गर्नुभन्दा नेपालको भौगोलिक बनावट र विकासका चुनौतीलाई सम्बोधन गर्ने गरी नयाँ विषय समावेश गर्नुपर्ने उनको भनाइ छ ।

‘नेपालको भौगोलिक अवस्था सुहाउने इन्जिनियरिङ प्रविधि पढाउनुपर्छ । पहाडी र हिमाली क्षेत्रको विकासका लागि आवश्यक पर्ने इन्जिनियरिङ विषयलाई प्राथमिकता दिनुपर्छ,’ रिजालले भने ।

उनका अनुसार नेपालमा पहाडी तथा हिमाली भूभागको बाहुल्य रहेकाले हिल इन्जिनियरिङ र माउन्टेन इन्जिनियरिङलाई छुट्टै अध्ययन विधाका रूपमा विकास गर्न सकिन्छ । पहाडी सडक निर्माण, पहिरो नियन्त्रण, सुरुङ प्रविधि र जलविद्युत् आयोजनाका संरचना निर्माणमा आवश्यक पर्ने प्रविधि अध्ययन तथा अनुसन्धानलाई पाठ्यक्रममा समेट्नुपर्ने उनले बताए ।

नेपालमा भौगोलिक अवस्थाको पर्याप्त अध्ययन नगरी सडक निर्माण गर्ने प्रवृत्तिले पूर्वाधारमा जोखिम बढाएको उल्लेख गर्दै उनले भूगोलअनुसारको इन्जिनियरिङ ज्ञान आवश्यक रहेको बताए । विशेषगरी पहाडी क्षेत्रमा सडक निर्माण गर्दा भूगर्भीय अवस्था, पहिरोको जोखिम र वातावरणीय पक्षको अध्ययनलाई प्राथमिकता दिनुपर्ने उनको सुझाव छ ।

‘हामीले पहाडमा सडक बनाउँदा त्यत्तिकै खनेर बनाउने गरेका छौं । त्यसका लागि उपयुक्त इन्जिनियरिङ अध्ययन र प्रविधि आवश्यक छ । पहाडमा सडक छोटो बनाउन र जलविद्युत् आयोजना निर्माण गर्न पनि सुरुङ प्रविधिको महत्त्व छ,’ उनले भने ।

रिजालले आइआइटीको पाठ्यक्रममा एआई र सामाजिक इन्जिनियरिङलाई पनि समेट्नुपर्ने बताए । पूर्वाधार निर्माणमा स्थानीय समुदायको आवश्यकता र सहभागितालाई महत्त्व दिने गरी सामाजिक इन्जिनियरिङको अध्ययन गराउनुपर्ने उनको भनाइ छ । विकास आयोजना निर्माण गर्दा प्राविधिक पक्षसँगै स्थानीय बासिन्दाको आवश्यकता, भूगोल र सामाजिक अवस्थालाई पनि समेट्न सके आयोजना दिगो हुने उनले बताए ।

उनका अनुसार नेपालमा स्थापना हुने आइआइटीले नेपाली विद्यार्थीलाई स्वदेशमै उपयोगी ज्ञान र सीप दिने वातावरण बनाउनुपर्छ । भारतीय आइआइटीबाट अध्ययन पूरा गरेका अधिकांश विद्यार्थी अमेरिका जाने गरेको उदाहरण दिँदै उनले आइआइटी स्थापनाले मात्रै दक्ष जनशक्तिको पलायन रोक्न नसक्ने बताए ।

‘मैले पनि आइआइटी दिल्लीबाट पीएचडी गरेको हुँ । भारतमा आइआइटी स्थापना गर्दा प्रविधि विकास र प्रतिभा पलायन रोक्ने उद्देश्य राखिएको भए पनि त्यहाँबाट उत्पादन भएका धेरै जनशक्ति विदेश गएका छन् । त्यसैले नेपालमा आइआइटी खोल्दैमा पलायन रोकिन्छ भन्ने हुँदैन,’ उनले भने ।

नेपालमै रोजगारी र अनुसन्धानको अवसर सिर्जना हुने गरी पाठ्यक्रम तयार गर्न सके मात्रै संस्थाले अपेक्षित परिणाम दिन सक्ने उनको भनाइ छ । नेपालका पहाडी तथा हिमाली क्षेत्रमा निर्माण हुने सडक, सुरुङ र जलविद्युत् आयोजनासँग सम्बन्धित विशिष्ट ज्ञान हासिल गरेका जनशक्तिको स्वदेशमै माग हुने भएकाले त्यस्ता विषयको अध्ययनले जनशक्ति पलायन न्यूनीकरणमा सहयोग पुग्न सक्ने उनले बताए ।

रिजालले आइआइटीमा अध्ययन गर्ने विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै अनिवार्य व्यावहारिक अनुभव दिलाउनुपर्नेमा पनि जोड दिए । इन्जिनियरिङको अन्तिम वर्षमा कम्तीमा तीन महिनाको इन्टर्नसिप अनिवार्य गरी सरकारी निकाय र विकास आयोजनासँग विद्यार्थीलाई जोड्नुपर्ने उनको सुझाव छ ।

सडक विभाग, खानेपानी विभाग, विद्युत्सम्बन्धी सरकारी निकाय तथा अन्य प्राविधिक संस्थासँग सहकार्य गरेर विद्यार्थीलाई वास्तविक परियोजनामा सहभागी गराउन सकिने उनले बताए । यसबाट विद्यार्थीले कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारमा प्रयोग गर्ने अवसर पाउनुका साथै सरकारी निकायले पनि प्राविधिक जनशक्तिको ज्ञान उपयोग गर्न सक्ने उनको भनाइ छ ।

उनका अनुसार यस्तो अभ्यासले इन्जिनियरिङ शिक्षालाई रोजगार र विकास निर्माणसँग प्रत्यक्ष जोड्नेछ । विद्यार्थीलाई परियोजनामा सहभागी गराएर स्थानीय समस्या पहिचान तथा समाधान गर्ने अभ्यास गराउन सके उनीहरूको व्यावसायिक क्षमता पनि बढ्ने उनले बताए ।

आइआइटीको सञ्चालनका लागि राजनीतिक तथा प्रशासनिक हस्तक्षेपबाट मुक्त स्वायत्त संरचना बनाउनुपर्ने रिजालको सुझाव छ । नेपाली र भारतीय प्रतिनिधि सम्मिलित स्वतन्त्र सञ्चालक समिति गठन गरी संस्थाको शैक्षिक तथा प्रशासनिक व्यवस्थापन त्यसैमार्फत सञ्चालन गर्नुपर्ने उनले बताए । संस्थाको रेक्टर वा उपकुलपतिजस्ता नेतृत्व चयन र शैक्षिक निर्णयमा पनि स्वायत्तता हुनुपर्ने उनको भनाइ छ ।

त्यस्तै, आइआइटीसँगको सहकार्यलाई भारतमा मात्रै सीमित नगरी अमेरिका, बेलायत र जर्मनीका विश्वविद्यालय तथा अनुसन्धान संस्थासँग पनि विस्तार गर्नुपर्ने उनले बताए । भारतका आइआइटी आसाम तथा पहाडी क्षेत्रको विकासमा विशेषज्ञता हासिल गरेका अन्य प्राविधिक संस्थासँग सहकार्य गर्दा नेपालको पाठ्यक्रम निर्माण र अनुसन्धानमा सहयोग पुग्ने उनको धारणा छ ।

उनले नेपालको आवश्यकताअनुसारका विषय र अन्तर्राष्ट्रिय विद्यार्थीका लागि उपयोगी पाठ्यक्रमबीच सन्तुलन कायम गर्नुपर्ने बताए । इन्जिनियरिङका आधारभूत विषय सबै विद्यार्थीका लागि समान राखेर ऐच्छिक विषय भने नेपालको आवश्यकता र विदेशी विद्यार्थीको पृष्ठभूमिअनुसार तयार गर्न सकिने उनको सुझाव छ ।

‘हाम्रो आवश्यकताअनुसार मात्रै पाठ्यक्रम बनाउँदा विदेशी विद्यार्थीका लागि उपयोगी नहुन सक्छ । त्यसैले आधारभूत विषय समान राखेर ऐच्छिक विषयमा नेपाल र अन्य देशका आवश्यकतालाई सम्बोधन गर्नुपर्छ,’ उनले भने ।

नेपालमा आइआइटी स्थापनाले स्वदेशका अन्य इन्जिनियरिङ शिक्षण संस्थालाई पनि गुणस्तर सुधार गर्न प्रतिस्पर्धात्मक दबाब सिर्जना गर्ने उनको अपेक्षा छ । तर, त्यसका लागि पाठ्यक्रम निर्माणदेखि सञ्चालनसम्म नेपाली इन्जिनियर तथा विज्ञको क्षमता उपयोग गर्नुपर्ने उनले बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बचतकर्ताको रकम फिर्ता र सहकारी ऐन संशोधन प्रक्रियामा छ : अध्यक्ष पोखरेल
Economy & BusinessJust now

बचतकर्ताको रकम फिर्ता र सहकारी ऐन संशोधन प्रक्रियामा छ : अध्यक्ष पोखरेल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघ लिमिटेडका अध्यक्ष रमेशप्रसाद पोखरेलले नेपालको सहकारी अभियानलाई अब उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र प्रविधिको प्रयोगसँग जोडेर अघि बढाउनुपर्ने बताएका छन् ।  सहकारी क्षेत्रलाई परम्परागत बचत तथा ऋण कारोबारमा मात्र सीमित नराखी उद्योग, व्यवसाय र रोजगारी सिर्जनाको महत्वपूर्ण आधारका रूपमा विकास गर्नुपर्ने उनको भनाइ छ । नेपाल न्यूज बै… ...

आर्थिक न्यूज
आज कति छ विदेशी मुद्राको विनिमयदर ?
Economy & BusinessJust now

आज कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । ...

आजको अर्थ
दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने
Economy & BusinessJust now

दैलेखको मिथेन ग्यास खानी उत्खननलाई उच्च प्राथमिकतामा राख्छौँः सभापति लामिछाने

दैलेख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेस्थित पेट्रोलियम तथा मिथेन ग्यास खानीको उत्खनन कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर अघि बढाउने बताउनुभएको छ । सुर्खेतमा आयोजित कर्णाली प्रदेशस्तरीय पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न गरी शनिबार साँझ जलजलेस्थित ड्रिलिङ साइटको स्थलगत अवलोकन गर्न पुग्नुभएका सभापति ला… ...

आर्थिक न्यूज
के अब मानिसमाथि खस्न थाल्छ अन्तरिक्षको फोहोर ? इलोन मस्क १० लाख स्याटेलाइटबाट के गर्न चाहन्छन् ?
Economy & BusinessJust now

के अब मानिसमाथि खस्न थाल्छ अन्तरिक्षको फोहोर ? इलोन मस्क १० लाख स्याटेलाइटबाट के गर्न चाहन्छन् ?

एजेनसी । अन्तरिक्षमा स्याटेलाइटको संख्या तीव्र रूपमा बढिरहेको छ। इन्टरनेट सेवा, सञ्चार, मौसम पूर्वानुमानदेखि पृथ्वीको निगरानीसम्मका काममा प्रयोग भइरहेका स्याटेलाइटले आधुनिक जीवनलाई सहज बनाएका छन्। तर स्याटेलाइटको बढ्दो संख्या र निष्क्रिय भएका उपकरणका कारण अन्तरिक्षमा फोहोर तथा टक्करको जोखिम पनि बढ्दै गएको छ। यही सन्दर्भमा इलोन मस्कको कम्पनी स्पेसएक्सले ठूलो संख्यामा स्याटेल… ...

आर्थिक न्यूज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement