Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल–भारत संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु
Photo / Coverage: पर्दाफास

नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण रुपन्देहीको सालझण्डीमा सुरु भएको छ। बुधवार सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको अभ्यासको शुभारम्भ मध्यपश्चिम पृतनाका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले गरेका हुन्। नेपाली सेना र भारतीय सेनाका गणस्तरका फौज सहभागी अभ्यास मङ्सिर २२ गतेसम्म सञ्चालन हुनेछ। सन् २०१० (वि.सं. २०६७) देखि नेपाल र भारतमा पालैपालो वार्षिक रूपमा हुँदै आएको यस अभ्यासको १९औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो। यसपटकको अभ्यासमा मुख्य रूपमा विपद् व्यवस्थापन, जङ्गल युद्धकला तथा मानवीय सहयोगलगायतका विषयमा केन्द्रित रहेर दुवै देशका सैनिकले सैद्धान्तिक र व्यावहारिक ज्ञान तथा अनुभव आदानप्रदान गर्नेछन्। नेपाली सेनाका अनुसार संयुक्त सैन्य अभ्यासले नेपाल र भारतबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै देशका सैनिकको व्यावसायिक क्षमता अभिवृद्धि, ज्ञान आदानप्रदान र आपसी समझदारी विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाल–भारत संयुक्त सैनिक अभ्यास सुरु
OthersJust now

नेपाल–भारत संयुक्त सैनिक अभ्यास सुरु

काठमाण्डु– नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ। २०८३ मङ्सिर ९ गतेदेखि सुरु भएको अभ्यासको शुभारम्भ मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले गरेका हुन् । मङ्सिर २३ गतेसम्म सञ्चालन हुने अभ्यासमा दुवै देशका गणस्तरका सैनिक सहभागी छन्। अभ्यासका […] ...

काठमाण्डुपाटी
बालश्रम रोक्न उमेरको हद र परिवारको आर्थिक अवस्था दुवै हेर्न सांसदहरूको सुझाव
OthersJust now

बालश्रम रोक्न उमेरको हद र परिवारको आर्थिक अवस्था दुवै हेर्न सांसदहरूको सुझाव

९ मंसिर, काठमाडौं । बालश्रमसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकमाथि संसदीय समितिमा भइरहेको सैद्धान्तिक छलफलमा बालबालिकाको श्रममा प्रवेश गर्ने उमेर, संवैधानिक अधिकार, अन्तर्राष्ट्रिय मापदण्ड र बालश्रमको सामाजिक आर्थिक कारणलाई सम्बोधन गर्नुपर्ने विषय उठेको छ। प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सांसद कृपाराम रानाले विधेयकलाई संविधान र अन्तर्राष्ट्रिय श्रम मापदण्डसँग… ...

अनलाइन खबर
काठमाडौं-२९ मा महानगरले गर्‍यो अटिजम स्कुल शिलान्यास
OthersJust now

काठमाडौं-२९ मा महानगरले गर्‍यो अटिजम स्कुल शिलान्यास

९ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर २९ मा अटिजम भएका बालबालिकाका लागि विशेष विद्यालय भवनको शिलान्यास गरेको छ । महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले बुधबार बिहान वडाध्यक्ष कुश ढकालसहित जनप्रतिनिधि र स्थानीयवासीको उपस्थितिमा जग पूजा गरी भवनको शिलान्यास गरेकी हुन् । शिलान्यासपछि आयोजित समारोहलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले हरेक बालबालिकाले अरूसरह समान… ...

अनलाइन खबर
लाखौंको संख्यामा बसाइँ सर्ने अमुर बाज
OthersJust now

लाखौंको संख्यामा बसाइँ सर्ने अमुर बाज

भारतबाट नरोकिई सोमालियासम्म यो चरा करिब २,५०० देखि ३,१०० किलोमिटर उड्ने गर्छ। जाडो महिना सोमालियामा बिताएर फेरि त्यही यात्रा गरेर ऊ उत्तरपूर्वी एसियामा प्रजनन् गर्न पुग्छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement