नेपालको अर्थतन्त्र विश्वको १०४ औँ स्थानमा, ३५ वर्षमा १० गुणाले विस्तार

काठमाडौँ । नेपाल सन् २०२६ मा नोमिनल जीडीपीका आधारमा विश्वका अर्थतन्त्रहरूमध्ये १०४ औँ स्थानमा र क्रयशक्ति समानता (पीपीपी) का आधारमा ८५ औँ स्थानमा रहेको छ।अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सार्वजनिक गरेको अक्टोबर २०२६ को ‘वर्ल्ड इकोनोमिक आउटलुक’ (डब्ल्यूईओ) प्रतिवेदनअनुसार नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ले ऐतिहासिक आकार ग्रहण गर्दै अमेरिकी डलर ४५.५९३ अर्ब पुगेको छ। क्रयशक्ति समता (पीपीपी) को आधारमा नेपालको अर्थतन्त्र १९५.८३२ अर्ब अन्तर्राष्ट्रिय डलर पुगेको छ भने विश्व अर्थतन्त्रमा नेपालको हिस्सा ०.०८७ प्रतिशत कायम भएको छ।आईएमएफको अद्यावधिक तथ्याङ्कअनुसार नेपालको अर्थतन्त्रले साढे तीन दशकको अवधिमा महत्त्वपूर्ण संरचनात्मक विस्तार हासिल गरेको छ। सन् १९९० मा ४.४४२ अर्ब अमेरिकी डलर मात्र रहेको नोमिनल जीडीपी सन् २०२६ मा आइपुग्दा ४५.५९३ अर्ब डलर पुगेको छ। यसैगरी, सोही अवधिमा पीपीपी आधारित जीडीपी १८.३६७ अर्ब अन्तर्राष्ट्रिय डलरबाट बढेर १९५.८३२ अर्ब पुगेको छ।विश्व उत्पादकत्वमा नेपालको हिस्सा सन् १९९० मा ०.०६७ प्रतिशत रहेकोमा सन् २०२६ मा ०.०८७ प्रतिशत कायम भएको छ।वर्तमान मूल्यमा अमेरिका पहिलोआईएमएफको अक्टोबर २०२६ को तथ्याङ्कअनुसार नोमिनल जीडीपीका आधारमा संयुक्त राज्य अमेरिका ३२.६४ ट्रिलियन अमेरिकी डलरको कुल उत्पादनसहित विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रको रूपमा शीर्ष स्थानमा कायम छ।वर्तमान अमेरिकी डलरमा आधारित जीडीपीले कुनै देशमा उत्पादित अन्तिम वस्तु तथा सेवाको कुल मूल्यलाई प्रचलित विनिमय दरका आधारमा गणना गर्छ।चीन २१.५५ ट्रिलियन अमेरिकी डलरको नोमिनल जीडीपीसहित विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रूपमा स्थापित छ। उत्पादनमूलक उद्योग, भौतिक पूर्वाधार र निर्यातमा आधारित चिनियाँ अर्थतन्त्रले पछिल्ला दशकहरूमा तीव्र विस्तार हासिल गरेको छ।नोमिनल जीडीपीका आधारमा जर्मनी ५.४७ ट्रिलियन अमेरिकी डलरसहित विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनेको छ भने जापान ४.३४ ट्रिलियन अमेरिकी डलरसहित चौथो स्थानमा रहेको छ।संयुक्त अधिराज्य बेलायत ४.२७ ट्रिलियन अमेरिकी डलरको अर्थतन्त्रसहित पाँचौँ स्थानमा छ भने दक्षिण एसियाको ठूलो राष्ट्र भारत नोमिनल जीडीपीका आधारमा ४.०६ ट्रिलियन अमेरिकी डलरसहित विश्वको छैटौँ ठूलो अर्थतन्त्र बनेको छ।पीपीपीमा चीन पहिलोक्रयशक्ति समताका आधारमा आन्तरिक मूल्यस्तर र वास्तविक क्रयशक्तिलाई आधार मान्दा चीन ४४.३० ट्रिलियन अन्तर्राष्ट्रिय डलरको पीपीपी जीडीपीसहित विश्वको पहिलो ठूलो अर्थतन्त्र बनेको छ।पीपीपीले विभिन्न देशमा वस्तु तथा सेवाको मूल्यस्तरमा रहेको अन्तर समायोजन गरेर अर्थतन्त्रको तुलनात्मक आकार मापन गर्छ।नोमिनलमा पहिलो रहेको अमेरिका पीपीपी आधारमा ३२.३८ ट्रिलियन अन्तर्राष्ट्रिय डलरसहित दोस्रो स्थानमा छ। भारत विशाल जनसङ्ख्या र सस्तो आन्तरिक उपभोग लागतका कारण १८.९० ट्रिलियन अन्तर्राष्ट्रिय डलरको पीपीपी जीडीपीसहित विश्वको तेस्रो ठूलो अर्थतन्त्र बनेको छ।साढे तीन दशकको आर्थिक विस्तारआईएमएफका अनुसार ननेपालको अर्थतन्त्रले साढे तीन दशकको अवधिमा महत्त्वपूर्ण संरचनात्मक विस्तार हासिल गरेको छ। सन् १९९० मा ४.४४२ अर्ब अमेरिकी डलर मात्र रहेको नोमिनल जीडीपी सन् २०२६ मा आइपुग्दा ४५.५९३ अर्ब डलर पुगेको छ।यसैगरी, सोही अवधिमा पीपीपी आधारित जीडीपी १८.३६७ अर्ब अन्तर्राष्ट्रिय डलरबाट बढेर १९५.८३२ अर्ब पुगेको छ।विश्व उत्पादकत्वमा नेपालको हिस्सा सन् १९९० मा ०.०६७ प्रतिशत रहेकोमा सन् २०२६ मा ०.०८७ प्रतिशत कायम भएको छ।सन् २०१६ मा नेपालको नोमिनल जीडीपी २४.५२४ अर्ब अमेरिकी डलर र पीपीपी जीडीपी ९१.०२४ अर्ब अन्तर्राष्ट्रिय डलर रहेको थियो। सन् २०२६ सम्म आइपुग्दा नोमिनल जीडीपी झन्डै दोब्बरले र पीपीपी जीडीपी २.१५ गुणाले विस्तार भएको छ।सन् २०१५ को विनासकारी भूकम्प र त्यसलगत्तैको सीमा नाकाबन्दीले आपूर्ति शृङ्खला ध्वस्त पारे तापनि पुनर्निर्माणका गतिविधिले अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सहयोग पुर्याएका थिए। सन् २०२० मा सुरु भएको कोभिड-१९ महामारीका कारण उत्पादन तथा सेवा क्षेत्र नराम्ररी प्रभावित भए पनि नेपालको पीपीपी हिस्सा सन् २०२० मा ऐतिहासिक रूपमा बढेर ०.०८८ प्रतिशत पुगेको थियो।त्यसयता क्रमश नेपाली अर्थतन्त्रको आकार बढे पनि विश्व अर्थतन्त्रमा हिस्सा घटेको देखिन्छ । सन् २०२० देखि २०२६ को अवधिमा औसत हिस्सा ०.०८५ प्रतिशत कायम भएको छ।
Read Complete Original Article
Published originally on टक्सार
Related News

७२ हजार ट्रामाडोलसहित दुई युवक पक्राउ
काठमाडौं।दक्षिणकाली नगरपालिका–५ फर्पिङ बसपार्कबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने ठूलो परिमाणको औषधिसहित दुई युवक पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय फर्पिङका अनुसार वीरगञ्जबाट काठमाडौं आइरहेको कारबाट ७२ हजार ८० थान ट्रामाडोल क्याप्सुलसहित बाराको कलैया उपमहानगरपालिकाका–२३ कोयरियाका २७ वर्षीय सुदिप पटेल र वीरगञ्ज महानगरपालिका–१७ अलौका २७ वर्षीय सुनिल सहनीलाई पक्राउ गरिएको हो। ...

पेटभित्र लुकाएर ल्याएको १०.४२ ग्राम खैरो हेरोइन दिसा गरेपछि बरामद
कञ्चनपुर । कञ्चनपुरमा लागुऔषध खैरो हिरोइनसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१८ का ३३ वर्षीय राज चौधरीको दिसाबाट १०.४२ ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा उनलाई भीमदत्त नगरपालिका–९ स्थित जिरो प्वाइन्टबाट नियन्त्रणमा लिएको थियो। त्यसपछि महाकाली प्रादेशिक अस्पतालको निगरानीमा राखिएका चौधरीले आज बिहान ६:३० बजे दिसा गर्ने क्रममा कालो प्लास्टिकभित्र चार पुडियामा रहेको ...

ऊर्जा आक्रमण तीव्र, अमेरिकी दूतसँग जेलेन्स्कीको वार्ता
काठमाडौँ । रुस र युक्रेनले एकअर्काका ऊर्जा केन्द्रमा आक्रमण तीव्र पारेका बेला युक्रेनी राष्ट्रपति भालोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुशनरसँग वार्ता गरेका... ...

टाइगर श्राफमाथि आक्रमणको घटनाका अभियुक्त नेपाल भाग्ने तयारीमा रहेको दाबी
काठमाडौँ । बलिउड अभिनेता टाइगर श्राफमाथि आक्रमणको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जना नेपाल भाग्ने तयारीमा रहेको दाबी गरिएको छ । बीबीसी हिन्दीका अनुसार राजस्थानको कोटा प्रहरीले सोमबार बिहान... ...


