Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

नेपालका कवाड सामग्री भारतमा खपत, वर्षेनी करोडौंको निर्यात

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपालका कवाड सामग्री भारतमा खपत, वर्षेनी करोडौंको निर्यात
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपालमा प्रयोग भएर फालिएका तथा पुनः प्रयोग गर्न सकिने कवाड सामग्री भारतका लागि भने आम्दानीको स्रोत बन्दै गएको छ । नेपालबाट वर्षेनी करोडौं रुपैयाँ बराबरका कवाड सामग्री भारत निर्यात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । नेपालमा खेर गएका जस्ता, विभिन्न धातुजन्य फोहोर तथा टुक्राटाक्री भारतमा निर्यात हुँदै आएका छन् । प्रयोगपछि बेकार ठानिएका यस्ता सामग्री संकलन गरी प्रशोधन तथा पुनः प्रयोगका लागि भारत पठाउने गरिएको हो । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८३/०८४ को असोजसम्म मात्रै नेपालबाट १ करोड २७ लाख ७३ हजार रुपैयाँ बराबरका कवाड सामग्री निर्यात भएका छन् । त्यस्तै, अघिल्लो आर्थिक वर्ष २०८२÷०८३ मा ४ करोड २९ लाख रुपैयाँभन्दा बढी मूल्यका यस्ता सामग्री भारतलगायतका बजारमा निर्यात भएका थिए । घर, उद्योग तथा विभिन्न संरचनाबाट निस्कने धातुजन्य फोहोर संकलन गरेर बिक्री गर्दा त्यसले एकातिर कवाड व्यवसायीलाई आम्दानीको अवसर दिएको छ भने अर्कोतिर पुनः प्रयोगयोग्य कच्चा पदार्थको व्यापारलाई समेत बढावा दिएको छ । रोचक पक्ष के छ भने नेपालमा सामान्य फोहोरका रूपमा लिइने जस्ता तथा अन्य धातुका टुक्राटाक्री विदेश पुगेर पुनः प्रयोग हुने कच्चा पदार्थ बन्ने गरेका छन् । यसले फोहोर व्यवस्थापनसँगै कवाड संकलन तथा पुनर्चक्रण व्यवसायको आर्थिक सम्भावनालाई पनि उजागर गरेको छ । तर, नेपालबाट निर्यात हुने यस्ता सामग्रीको प्रशोधन तथा मूल्य अभिवृद्धि स्वदेशमै गर्न सकिने सम्भावनाबारे पनि बहस आवश्यक देखिन्छ । कच्चा पदार्थकै रूपमा विदेश पठाउनुभन्दा स्वदेशमै पुनर्चक्रण उद्योग विस्तार गर्न सके रोजगारी सिर्जना, औद्योगिक विकास र थप आर्थिक लाभ लिन सकिने देखिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेन इन्दिरा गान्धी विमानस्थलमा अवतरण
Latest NewsJust now

प्रधानमन्त्री बालेन इन्दिरा गान्धी विमानस्थलमा अवतरण

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह भारतको राजकीय भ्रमणका लागि नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । प्रधानमन्त्री शाह आइतबार दिउँसो नेपाली समयअनुसार ३ः३० बजे नयाँ दिल्ली पुगेका हुन्... ...

रातोपाटी
कञ्चनपुरमा टोकन वितरण भयो, धान खरिद भएन
Latest NewsJust now

कञ्चनपुरमा टोकन वितरण भयो, धान खरिद भएन

सरकारी मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ भए पनि खरिद ढिलाइ हुँदा किसानले व्यापारीलाई करिब २ हजार ७ सय रुपैयाँमै धान बेचिरहेका छन्। ...

कान्तिपुर
खैरो हेरोइनसहित ९ जना पक्राउ, एउटा समूहको सञ्जाल ध्वस्त
Latest NewsJust now

खैरो हेरोइनसहित ९ जना पक्राउ, एउटा समूहको सञ्जाल ध्वस्त

काठमाडौँ । लागुऔषध नियन्त्रण ब्युरोले भारतबाट मधेश प्रदेश हुँदै काठमाडौं उपत्यकासम्म खैरो हेरोइनको अवैध ओसारपसार गर्ने गिरोहलाई पक्राउ गरेको छ । लामो अनुसन्धान र प्रोफाइलिङपछि ९ जनालाई पक्राउ गरिएको लागुऔषध... ...

रातोपाटी
‘गड इज अ वुमन’ फेस्टिभलमा र्‍यापर रेबेलसहित महिला र्‍यापरहरूको प्रस्तुती
Latest NewsJust now

‘गड इज अ वुमन’ फेस्टिभलमा र्‍यापर रेबेलसहित महिला र्‍यापरहरूको प्रस्तुती

• चर्चित बलिउड फिल्म ‘धुरन्धर’का गीतमा र्‍याप प्रस्तुत गरेकी र्‍यापर रेबेलले काठमाडौंमा ‘गड इज अ वुमन’ महोत्सवमा प्रस्तुति दिएकी छन्। • रेबेलको लोकप्रियता अन्तर्राष्ट्रिय स्तरमा बढ्दै गएको छ र कार्यक्रममा अन्य महिला र्‍यापरहरूले पनि प्रस्तुति दिएका थिए। • इस्काथी इन्टरटेनमेन्टले महिला कलाकारलाई प्रोत्साहन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गर्दै आएको छ। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play