Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

नेपाल लाइफको रेटिङ ‘डबल ए’ मा स्तरोन्नति, वित्तीय दायित्व पूरा गर्ने क्षमता अझ बलियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल लाइफको रेटिङ ‘डबल ए’ मा स्तरोन्नति, वित्तीय दायित्व पूरा गर्ने क्षमता अझ बलियो
Photo / Coverage: पर्दाफास

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालले प्रदान गरेको इश्युअर रेटिङ ‘डबल ए माइनस’ बाट स्तरोन्नति भई ‘डबल ए’ कायम भएको छ । इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बजार उपस्थिति, सञ्चालन क्षमता र व्यवस्थापकीय सबलताको मूल्याङ्कन गर्दै रेटिङ बढाएको हो । इक्राका अनुसार ‘डबल ए’ रेटिङ प्राप्त संस्थामा वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमता र क्रेडिट जोखिम अत्यन्त न्यून हुन्छ । यसअघि जीवन बीमा क्षेत्रमा इक्रा नेपालबाट ‘डबल ए माइनस’ रेटिङ प्राप्त गर्ने पहिलो कम्पनी बनेको नेपाल लाइफले अहिले थप एक तह माथिको रेटिङ प्राप्त गरेको हो । कम्पनीले यसलाई वित्तीय सुदृढीकरण र संस्थागत उत्कृष्टताको उपलब्धिका रूपमा लिएको छ । इक्रा नेपालको पछिल्लो मूल्याङ्कनअनुसार कम्पनीको सोल्भेन्सी अनुपात अघिल्लो अवधिको करिब १४५ प्रतिशतबाट बढेर १५४ प्रतिशत पुगेको छ । यो नियामक निकायले तोकेको न्यूनतम १३० प्रतिशतभन्दा बढी हो। कम्पनीले सरकारी सुरक्षणमा लगानी विस्तार गर्नुका साथै मुद्दती निक्षेपमा रहेको लगानीको एकाग्रता घटाएर लगानी पोर्टफोलियो विविधीकरण गरेको मूल्याङ्कनमा उल्लेख छ । आर्थिक वर्ष २०२५/२६ मा कुल बीमाशुल्क आर्जनका आधारमा कम्पनीको बजार हिस्सा करिब २७ प्रतिशत रहेको छ। उक्त अवधिमा कम्पनीले करिब ५४ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको जीवन बीमा कोष करिब २७३ अर्ब र पोलिसी लोनसहित कुल लगानी करिब २८५ अर्ब रुपैयाँ पुगेको छ । सन् २००१ देखि सञ्चालनमा रहेको नेपाल लाइफले सन् २०२६ को जुलाई मध्यसम्म देशभर १९६ शाखा, उपशाखा तथा क्षेत्रीय कार्यालयमार्फत सेवा दिँदै आएको छ । देशव्यापी शाखा सञ्जाल, अभिकर्ता संरचना, अनुभवी सञ्चालक समिति तथा व्यवस्थापन टोली र बजार उपस्थितिलाई इक्रा नेपालले कम्पनीका प्रमुख सबल पक्षका रूपमा उल्लेख गरेको छ । कम्पनीले जोखिम व्यवस्थापनका लागि नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्ससँग पुनर्बीमा व्यवस्था कायम गरेको छ। त्यस्तै, आकस्मिक तथा विपद्जन्य जोखिम व्यवस्थापनका लागि पर्याप्त क्याटास्ट्रोफिक कभर र करिब एक अर्ब ५४ करोड रुपैयाँको विपद् जगेडा कोष रहेको कम्पनीले जनाएको छ । रेटिङ स्तरोन्नतिबारे कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यसलाई निरन्तर सुधार, संस्थागत सुशासन, वित्तीय अनुशासन र सरोकारवालाको विश्वासको प्रतिफलका रूपमा व्याख्या गरेका छन् । उनले ‘डबल ए माइनस’बाट ‘डबल ए’मा भएको स्तरोन्नति कम्पनीको वित्तीय सुदृढता, निरन्तर उत्कृष्टता र दीर्घकालीन प्रतिबद्धताको उपलब्धि भएको बताए। यसले कम्पनीलाई अझ जिम्मेवार, सुदृढ र दिगो संस्थाका रूपमा अघि बढ्न प्रेरणा दिएको उनको भनाइ छ । पराजुलीले सञ्चालक समिति, बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा अन्य सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा सोल्भेन्सी अवस्था थप सुदृढ बनाउने, लगानी विविधीकरण र विवेकपूर्ण जोखिम व्यवस्थापनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएल : विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको दोस्रो जित
OthersJust now

एनपीएल : विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको दोस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजले विराटनगर किङ्समाथि ९ विकेटको सानदार जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १८.३ ओभरमा ८३ रनमै अलआउट भयो । रुपेश सिंहले सर्वाधिक २६ र एन्जेलो म्याथ्युजले २२ रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन्। आन्द्रे रसेल ३ र लोकेश बम ६ रनमा आउट भए भने तीन ब्याटरले खातासमेत ...

पर्दाफास
इजरायलमा नेतन्याहुलाई नयाँ सरकार बनाउन सकस
OthersJust now

इजरायलमा नेतन्याहुलाई नयाँ सरकार बनाउन सकस

गत साता सम्पन्न आम निर्वाचनमा अरब नेतृत्वका दलहरूले संसद्का १२० सिटमध्ये १९ सिट जितेका थिए । यसले आगामी सरकार गठनमा उनीहरूको प्रभाव महत्त्वपूर्ण हुने देखिएको छ । ...

अनलाइन खबर
प्रधानमन्त्री भन्छन्- देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ
OthersJust now

प्रधानमन्त्री भन्छन्- देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ

१९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुने बताएका छन् । बिहीबार राति फेसबुकमा स्टाटस राख्दै उनले यस्तो बताएका हुन् । ‘तपाईंहरूको कार्यकर्ता लड्छन्, नेता हाँसेर बस्छन,’ प्रधानमन्त्रीले अगाडि लेखेका छन्, ‘हाम्रो नेता लड्छन्, मानवताले आस गर्छन् !’ ‘फरक यति हो, देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ,’ प्रधानमन्त्री… ...

अनलाइन खबर
युवाहरू राजनीतिबाट टाढिनु हुन्न : शंकर पोखरेल
OthersJust now

युवाहरू राजनीतिबाट टाढिनु हुन्न : शंकर पोखरेल

१९ कात्तिक, लमजुङ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको समृद्धि र विकासका लागि युवाको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् । बिहीबार लमजुङको बेँसीसहरमा आयोजित युवा तथा विद्यार्थी अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश र समाज निर्माणमा युवाको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै युवाहरू राजनीतिबाट टाढिन नहुने बताएका हुन् । महासचिव पोखरेलले देशमा परिवर्तन… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play