Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल र दक्षिण कोरियाबीच जलवायु सहकार्य तथा कार्बन वित्तसम्बन्धी सम्झौता
Photo / Coverage: पर्दाफास

नेपाल र गणतन्त्र कोरिया (दक्षिण कोरिया) बिच जलवायु परिवर्तन न्यूनीकरण, कार्बन वित्त परिचालन तथा हरितगृह ग्यास उत्सर्जन घटाउने उद्देश्यले जलवायु परिवर्तनसम्बन्धी सहकार्यको रूपरेखा सम्झौतामा हस्ताक्षर भएको छ । पेरिस सम्झौताको धारा ६ अन्तर्गत भएको उक्त सम्झौताले दुई देशबिच कार्बन बजार, जलवायुमैत्री लगानी, प्रविधि हस्तान्तरण, जलवायु अनुकूलन तथा दिगो विकासका क्षेत्रमा सहकार्यका नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । सम्झौताअनुसार नेपाल र दक्षिण कोरियाबिच उत्सर्जन न्यूनीकरणसम्बन्धी परियोजना विकास तथा अन्तरराष्ट्रिय रूपमा मान्यता प्राप्त उत्सर्जन न्यूनीकरण उपलब्धिको हस्तान्तरण गर्न सकिनेछ । यसबाट अन्तरराष्ट्रिय कार्बन वित्त परिचालन हुनुका साथै जलवायु अनुकूलन तथा न्यूनीकरणका क्षेत्रमा सार्वजनिक र निजी क्षेत्रको लगानी प्रवर्द्धन हुने विश्वास गरिएको छ । सम्झौताले नवीकरणीय ऊर्जा, यातायात, उद्योग, भवन, फोहर व्यवस्थापन, कृषि तथा वन क्षेत्रलाई सहकार्यका प्राथमिकता प्राप्त क्षेत्रका रूपमा समेटेको छ । यी क्षेत्रमा जलवायुमैत्री परियोजना विकास, लगानी विस्तार तथा आधुनिक प्रविधिको उपयोगलाई प्रोत्साहन गरिनेछ । त्यसैगरी, कार्बन उत्सर्जनको पारदर्शी लेखाङ्कन, अनुगमन, प्रतिवेदन तथा प्रमाणीकरण प्रणाली (एमआरभी), समायोजन प्रक्रिया र उत्सर्जन न्यूनीकरणको दोहोरो गणना रोक्ने व्यवस्थासमेत सम्झौतामा समावेश गरिएको छ । यसले कार्बन कारोबारमा वातावरणीय अखण्डता कायम राख्न तथा अन्तरराष्ट्रिय जलवायु प्रतिबद्धता पूरा गर्न सहयोग पुग्नेछ । कार्बन बजारका अतिरिक्त जलवायु विज्ञान, अनुसन्धान, प्राविधिक नवप्रवर्तन, जलवायु अनुकूलन, मिथेन उत्सर्जन न्यूनीकरण तथा न्यायोचित ऊर्जा रूपान्तरणका क्षेत्रमा पनि दुई देशबीच सहकार्य हुनेछ । यसका लागि सरकारी निकाय, विश्वविद्यालय, अनुसन्धानकर्ता, लगानीकर्ता तथा निजी क्षेत्रका संस्थाबीच ज्ञान, सीप र प्रविधि आदानप्रदान गरिने सम्झौतामा उल्लेख छ । नेपालको राष्ट्रिय निर्धारित योगदान (एनडीसी) ३.० कार्यान्वयन, जलवायु उत्थानशीलता अभिवृद्धि तथा सन् २०४५ सम्म खुद शून्य हरितगृह ग्यास उत्सर्जनको लक्ष्य हासिल गर्न पनि यो सम्झौता महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ । सम्झौताको कार्यान्वयन, संयुक्त कार्ययोजना स्वीकृति तथा सहकार्यका गतिविधिको अनुगमनका लागि दुवै देशका सरकारी प्रतिनिधि सम्मिलित जलवायु परिवर्तन सहकार्यसम्बन्धी संयुक्त समिति गठन गरिनेछ । समितिले आवश्यकताअनुसार कार्बन बजार संयन्त्र तथा जलवायु विज्ञान र प्रविधिसम्बन्धी विशेष उपसमितिसमेत गठन गर्न सक्ने व्यवस्था छ । जलवायु परिवर्तनका कारण नेपालले बाढीपहिरो तथा हिमाली क्षेत्रमा बढ्दो जोखिमलगायत गम्भीर चुनौती सामना गरिरहेको अवस्थामा यस किसिमको अन्तरराष्ट्रिय साझेदारीले जलवायु वित्त परिचालन, प्रविधि विकास र राष्ट्रिय क्षमता अभिवृद्धिमा योगदान पुर्याउने विश्वास नेपाल सरकारले व्यक्त गरेको छ । सम्झौताबाट प्राप्त अवसरलाई ठोस लगानी, प्रविधि साझेदारी, क्षमता विकास तथा मापनयोग्य जलवायु उपलब्धिमा रूपान्तरण गर्ने नेपालको अपेक्षा छ । यसअघि नेपालले गत वर्ष जे–रेड प्लस कार्यक्रमअन्तर्गत लिफ कोलिसनसँग उत्सर्जन न्यूनीकरण भुक्तानी सम्झौता (इआरपीए) मा हस्ताक्षर गरेको थियो । उक्त कार्यक्रममा दक्षिण कोरिया सरकारसमेत साझेदारका रूपमा सहभागी छ । सम्झौतामा नेपाल सरकारका तर्फबाट सहसचिव तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका सम्पर्क व्यक्ति डा महेश्वर ढकाल र दक्षिण कोरिया सरकारका तर्फबाट जलवायु परिवर्तनसम्बन्धी राजदूत तथा विदेश मन्त्रालयका उपमन्त्री जोङ्हो क्युनले हस्ताक्षर गरेका छन् । नेपाल सरकारले दक्षिण कोरिया सरकारप्रति साझेदारी र प्रतिबद्धताका लागि आभार व्यक्त गर्दै यस सम्झौताले दुवै देशबीच प्रभावकारी, पारदर्शी तथा पारस्परिक लाभमा आधारित जलवायु सहकार्यलाई थप विस्तार गर्ने विश्वास व्यक्त गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काठमाडौं उपत्यकामा ६८५ सवारीसाधनमाथि ट्राफिक कारबाही
OthersJust now

काठमाडौं उपत्यकामा ६८५ सवारीसाधनमाथि ट्राफिक कारबाही

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६८५ सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आज बिहान ६ बजेसम्मको विवरणअनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने १ हजार ११८ जनामाथि कारबाही गरिएको छ। त्यस्तै, तीव्र गतिमा सवारी चलाउने १२१, रेड लाइट उल्लंघन गर्ने ३६, सीसीटीभीमार्फत पहिचान भएका ३०, सवारीको अवस्था ठीक नभएका २१, अनावश्यक हर्न बजाउने १०, लेन ...

पर्दाफास
अस्ट्रेलियामा दुर्व्यसनमा फसेका २२ वर्षीय नेपाली युवाको उद्धार
OthersJust now

अस्ट्रेलियामा दुर्व्यसनमा फसेका २२ वर्षीय नेपाली युवाको उद्धार

अस्ट्रेलियामा लागुऔषध दुर्व्यसनमा फसेर घरबारविहीन भएका २२ वर्षीय नेपाली युवालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको एसीटी टोलीले सहयोग गरेको छ।घरबाट बाहिरिएपछि सडकमा पुगेका ती युवालाई एनआरएनए एसीटीका संयोजक ललित मल्ल र उनको टोलीले उद्धार गरी सुरक्षित आवासको व्यवस्था गर्नेदेखि चिकित्सकीय सहयोग, दुर्व्यसनसम्बन्धी परामर्श र पुनःस्थापनाका लागि पहल गरेको हो। प्राप्त जानकारीअनुसार साथीभाइको दबाब र गलत सङ्गतका कारण ती युवा लागुऔषध दुर्व्यसनमा ...

पर्दाफास
पहिरो र बाढीका कारण पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध
OthersJust now

पहिरो र बाढीका कारण पृथ्वी राजमार्गसहित दुई सडकखण्ड अवरुद्ध

पहिरो र बाढीका कारण चितवन र गोरखाका दुई सडकखण्ड अवरुद्ध भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विवरणअनुसार चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा कात्तिक २३ गते बिहान ५ बजे पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। उक्त सडकखण्ड कात्तिक २५ गते बिहान ५ः१५ बजे एकतर्फी सञ्चालनमा आएको छ। त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल बाढीका कारण ...

पर्दाफास
अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित
OthersJust now

अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित

अमेरिकाका सबै विमानस्थलमा हवाई उडान अस्थायी रूपमा रोकिएको छ । एयर रुट ट्राफिक कन्ट्रोल सेन्टरहरूमा दूरसञ्चार सेवा अवरुद्ध भएपछि अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए)ले शुक्रबार देशभरका विमानस्थलमा उडान रोक्ने आदेश जारी गरेको हो । दूरसञ्चार प्रणालीमा आएको समस्याका कारण हजारौं उडान प्रभावित भएका छन् । उडान ट्र्याकिङ प्लेटफर्म फ्लाइटअवेयरका अनुसार एफएएको आदेशपछि अमेरिकाभर करिब ७ हजार उडान ढिलाइ वा रद्द भएका ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play