Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

अस्ट्रेलियामा दुर्व्यसनमा फसेका २२ वर्षीय नेपाली युवाको उद्धार

Share:WhatsAppFacebookX (Twitter)Telegram
अस्ट्रेलियामा दुर्व्यसनमा फसेका २२ वर्षीय नेपाली युवाको उद्धार
Photo / Coverage: पर्दाफास

अस्ट्रेलियामा लागुऔषध दुर्व्यसनमा फसेर घरबारविहीन भएका २२ वर्षीय नेपाली युवालाई गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको एसीटी टोलीले सहयोग गरेको छ।घरबाट बाहिरिएपछि सडकमा पुगेका ती युवालाई एनआरएनए एसीटीका संयोजक ललित मल्ल र उनको टोलीले उद्धार गरी सुरक्षित आवासको व्यवस्था गर्नेदेखि चिकित्सकीय सहयोग, दुर्व्यसनसम्बन्धी परामर्श र पुनःस्थापनाका लागि पहल गरेको हो। प्राप्त जानकारीअनुसार साथीभाइको दबाब र गलत सङ्गतका कारण ती युवा लागुऔषध दुर्व्यसनमा फसेका थिए। घरको सरसफाइ तथा व्यवस्थापन गर्न नसक्ने अवस्थामा पुगेपछि उनी घरबाट बाहिरिएका थिए। टोलीले उनलाई सडकमा अलपत्र अवस्थामा भेटेको थियो। मल्लको टोलीले उनलाई कोठा सार्न सहयोग गर्नुका साथै वेलफेयर सेवासँग जोड्ने, चिकित्सकीय परामर्श उपलब्ध गराउने र कलेज भर्नाका लागि समेत पहल गरेको छ। एनआरएनएको वेलफेयर फन्ड तथा टोलीका सदस्यहरूको व्यक्तिगत सहयोगबाट आर्थिक सहायता पनि जुटाइएको छ। कलेज भर्ना भए पनि उनी अझै दुर्व्यसनबाट पूर्ण रूपमा मुक्त हुन सकेका छैनन्। लागुऔषध प्रयोग गर्ने साथीहरूको सङ्गतबाट टाढिन नसक्दा सामान्य जीवनमा फर्कन कठिन भइरहेको छ। नेपाल न्यूज बैंकसँग कुरा गर्दै एनआरएनए एसीटी संयोजक मल्लले युवालाई सहयोग गर्न नेपाली दूतावासलगायत विभिन्न निकायसँग समन्वय भइरहेको बताए। उनका अभिभावकले छोरालाई नेपाल फर्काइदिन आग्रह गरेका छन् भने ती युवाले पनि आवश्यक प्रक्रिया पूरा गरी पुनः अस्ट्रेलिया फर्कन मिल्ने भिसाको व्यवस्था गर्न सहयोग मागेका छन्। मल्लका अनुसार अस्ट्रेलियामा नेपाली समुदायभित्र लागुऔषध तथा मदिरा दुर्व्यसन, जुवातास, घरेलु हिंसा, आत्महत्याको जोखिम र घरबारविहीनताजस्ता समस्या पनि देखिन थालेका छन्। यस्ता समस्यामा परेका युवालाई दोष दिनेभन्दा समयमै पहिचान गरी उपचार, परामर्श र पुनःस्थापनामा सहयोग गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
महावीर पुनको त्यो अन्तिम भोज, धरोधर्म उनले ढाँटेका होइनन्
OthersJust now

महावीर पुनको त्यो अन्तिम भोज, धरोधर्म उनले ढाँटेका होइनन्

नेपाली समाजमा एउटा भनाइ छ, ‘खाएको कुरा नगर्नु ।’ तर खाएको कुरा नगर्ने मात्र होइन, यहाँ त खाएको कुरा भाइरल नै भइसक्यो । त्यो पनि अरू खन्चुवा (फुडी)को होइन, भोलाभाला महावीर पुनको । महावीर पुन वास्तवमा यस्तो दुर्लभ पात्र हुन्, जो ‘भाइरल’को पछाडि दौडिँदैनन् । तर उनी पटकपटक भाइरल हुन्छन् । त्यो पनि खाएको कुराले… ...

अनलाइन खबर
शोकलाई शक्तिमा बदल्ने बुटीमाया
OthersJust now

शोकलाई शक्तिमा बदल्ने बुटीमाया

कल्पना र बुटीमायाजस्ता एक्लाएक्ला महिलाहरू मिलेर त्यत्रो व्यक्तिको जिम्मा लिँदै २७३ जनाको गाँस र बासको तर्जुमा गरिरहेका छन् भने पूरै देश चलाउन बनेको सरकारको दायित्व र जिम्मेवारीको अनुभव बाढीपीडित र सम्पूर्ण जनमानसले कहिले गर्न पाउने ? ...

अनलाइन खबर
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड
OthersJust now

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

२८ कात्तिक, काठमाडौं । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग (यूएन इस्क्याप)को सामाजिक विकास समितिको नवौँ अधिवेशनमा राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले आर्थिक वृद्धि र सामाजिक समावेशिता सँगसँगै… ...

अनलाइन खबर
आज विश्व मधुमेह दिवस
OthersJust now

आज विश्व मधुमेह दिवस

२८ कात्तिक, काठमाडौं । आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ । मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाइन्छ । पछिल्लो एक दशकमा उच्च आय भएका मुलुकको तुलनामा… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play