Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

छठ पर्व अन्तर्गत आज ‘खरना’

Share:WhatsAppFacebookX (Twitter)Telegram
छठ पर्व अन्तर्गत आज ‘खरना’
Photo / Coverage: केन्द्रबिन्दु

पर्सा । शुक्रबार ‘नहायखाय’ विधिबाट छठ पर्वको धार्मिक तथा पारम्परिक विधि सुरु गरेका ब्रतालुहरूले शनिबार ‘खरना’ विधि गर्दै छन्। ‘रस्याउ रोटी’ समेत भनिने यस विधिमा ब्रतालुहरूले शनिबार साँझ घरघरमा छठी माताको पूजा गरी दूध र गुड हालेर पकाइएको खीर (रस्याउ) र पुरी खानेछन्। ब्रतालुले पकाएको रस्याउ रोटी प्रसादका रूपमा परिवारका अन्य सदस्य तथा इष्टमित्रलाई खुवाउने चलन छ। कतिपय ब्रतालुले छरछिमेकीलाई समेत रस्याउ रोटी खान अग्रिम निम्तो दिने गर्छन्। रस्याउ रोटी खाने व्रतालु तथा अन्य सदस्यले पनि दिनभर मासु, माछालगायत तामसिक भोजन नगरी शुद्ध शाकाहारी भोजन गर्ने परम्परा छ। शनिबार साँझ रस्याउ रोटी ग्रहण गरेपछि ब्रतालुहरू आइतबार दिनभर निर्जल र निराहार ब्रत बस्नेछन्। आइतबार साँझ अस्ताउँदो सूर्य र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि प्रसाद ग्रहण गरेर मात्र उनीहरूले ब्रत समापन गर्नेछन्। आइतबार साँझ ब्रतालु तथा उनीहरूका परिवारका सदस्य घरनजिकका पोखरी, नदी, सरोवरलगायत जलाशयमा बनाइएका आकर्षक छठ घाटमा पुग्नेछन्। नयाँ वस्त्र लगाएका परिवारका सदस्यले पूजाका सामग्री राखिएको बाँसको छैंटी टाउकोमा बोकेर घाटसम्म पुर्‍याउने चलन छ। विशेषगरी परिवारका पुरुष सदस्यले यो जिम्मेवारी पूरा गर्छन्। छठ घाटमा व्रतालुहरूले बाँसको सुपुलीमा नरिवललगायत विभिन्न पूजासामग्री राखेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन्। त्यसपछि उनीहरू घण्टौंसम्म घाटमै बसेर पूजाअर्चना गर्नेछन्। केही ब्रतालु राति घर फर्केर आँगनमा कोशी भर्ने विधि गर्छन्। कोशी भर्ने क्रममा परिवारका सदस्य, आफन्त तथा छरछिमेकीसमेत पूजाअर्चनाका लागि सहभागी हुन्छन्। घाटमै बस्ने ब्रतालु भने रातभर भजनकीर्तन गरेर जाग्राम बस्ने गर्छन्। इतिहासकार विजयकिशोर पाण्डेका अनुसार छठ पर्वमा ब्रतालुलाई पूजाअर्चना गर्न पुरोहितको आवश्यकता पर्दैन। ‘छठ मात्र यस्तो पर्व हो, जसमा ब्रतालुलाई पुरोहित आवश्यक पर्दैनन्,’ उनले भने, ‘ब्रतालु आफैंले पूजा गर्छन्। माटोको हात्तीलाई पूजा गर्ने यस व्रतबाट मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।’ ब्रतालुका घरघरमा शनिबार छठ पर्वमा चढाइने विशेष प्रकारको प्रसाद ठेकुवा पनि पकाइनेछ। यस काममा परिवारका महिला सदस्यले ब्रतालुलाई सघाउने गर्छन्। प्रसाद पकाउँदा अत्यन्त चोखोनितो र शुद्धताको ख्याल गरिन्छ। छठ पर्वका लागि वीरगन्जका घडिअर्वा, रानीघाट, नगवा, मुर्लीलगायतका घाट बेहुलीझैं सिँगारिएका छन्। जिल्लाका ग्रामीण भेगमा पनि छठ घाट तयार पारिएका छन्। वीरगन्जको घडिअर्वा पोखरी परिसरमा गरिने छठ पूजाले हरेक वर्ष राष्ट्रियस्तरमा चर्चा पाउने गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तस्बिरमा हेर्नुहोस् नेपाल एकीकरणको साक्षी २३६ वर्ष पुरानो अमरगढी किल्ला
Latest NewsJust now

तस्बिरमा हेर्नुहोस् नेपाल एकीकरणको साक्षी २३६ वर्ष पुरानो अमरगढी किल्ला

डडेलधुरा । डडेलधुरा सदरमुकाम खलङ्गामा अवस्थित नेपालको एकीकरण अभियानको महत्त्वपूर्ण इतिहास बोकेको अमरगढी किल्ला । वि.सं. १८४७ मा बडाकाजी अमरसिंह थापाको नेतृत्वमा निर्माण गरिएको यो किल्ला पश्चिमी क्षेत्रको सैन्य रणनीतिक... ...

रातोपाटी
आज विश्व मधुमेह दिवस
Latest NewsJust now

आज विश्व मधुमेह दिवस

काठमाडौँ। आज विश्व मधुमेह दिवस हो। विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ। मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाइन्छ। पछिल्लो एक दशकमा उच्च आय भएका मुलुकको तुलनामा न्यून तथा मध्यम आय भएका मुलुकमा मधुमेहको प्रकोप तीव्र गतिमा बढेको छ। यसका ...

नेपालन्युज
अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित
Latest NewsJust now

अमेरिकाका सबै विमानस्थलमा उडान रोक, ७ हजार उडान प्रभावित

• अमेरिकाका सबै विमानस्थलमा हवाई उडान अस्थायी रूपमा रोकिएको छ, दूरसञ्चार सेवामा समस्या आएको कारण। • करिब ७ हजार उडान ढिलाइ वा रद्द भएका छन्, र अमेरिकी यातायात मन्त्रीले समस्या समाधानका लागि प्राविधिक टोली काम गरिरहेको जानकारी दिएका छन्। • सुरक्षा खतरा नभएको र यात्रुहरू सुरक्षित रहेको अमेरिकी गृह सुरक्षा सचिवले बताएका छन्। ...

नेपालबहस
अर्को साता चीनमा ट्रम्प, पुटिन र सी चिनफिङबिच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने
Latest NewsJust now

अर्को साता चीनमा ट्रम्प, पुटिन र सी चिनफिङबिच ऐतिहासिक त्रिपक्षीय भेटवार्ता हुने

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङबिच अर्को साता चीनमा ऐतिहासिक संयुक्त भेटवार्ता हुने भएको छ । ह्वाइट हाउसका अनुसार चीनको दक्षिणी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play