Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

नेपाल-भारत सांस्कृतिक सम्बन्ध पुनःपरिभाषित गर्नुपर्नेमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल-भारत सांस्कृतिक सम्बन्ध पुनःपरिभाषित गर्नुपर्नेमा जोड
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई नयाँ पुस्ताको सोच र आकाङ्क्षाअनुसार पुनःपरिभाषित गर्नुपर्नेमा जोड दिइएको छ। नेपाल–भारत नीति विमर्शअन्तर्गत आइतबार आयोजित एसियाली सांस्कृतिक सम्पदासम्बन्धी प्रस्तुतिमा दुवै देशका संस्कृतिसम्बद्ध निकाय तथा सरोकारवालाले यस्तो धारणा राखेका हुन्। इन्डिया फाउन्डेसनकी रमी नीरञ्जन देसाईंले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्ध पुनःपरिभाषित गर्न आवश्यक रहेको बताइन्। नयाँ पुस्ताको सोच र आकाङ्क्षाले दुवै देशका युवालाई प्रभावित पारिरहेको सन्दर्भमा नीतिहरूमा पनि आवश्यक परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो। नेपालका शोधकर्ता अशोक राई प्यासीले पुस्तान्तरणसँगै संस्कृतिको पनि हस्तान्तरण हुने भएकाले युवालाई आफ्नै संस्कृतिबारे जानकार बनाउनुपर्ने बताए। युवालाई सिर्जनशील र दक्ष बनाउन नेपाल तथा भारतले मिलेर काम गर्न सक्ने उनको भनाइ थियो। भारतको केन्द्रीय संस्कृत विश्वविद्यालयका प्राध्यापक श्रीनिवास बरखेडीले नेपाल र भारतबाट सुरु भई अहिले पनि अभ्यास तथा साधनामा रहेको संस्कृतिले समग्र एसियालाई प्रकाशित गरिरहेको बताए। यसको विशुद्धता कायम राख्नुपर्नेमा उनले जोड दिए। भारतकी प्राध्यापक माधुरी सुखिजाले नेपाल र भारतबीच सांस्कृतिक, शैक्षिक तथा खेलकुद सम्बन्धलाई संस्थागत गर्नुपर्ने बताइन्। उनले संयुक्त शैक्षिक कार्यक्रम बनाएर अघि बढ्नुपर्नेमा जोड दिइन्। काठमाडौँ विश्वविद्यालयका लागि भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आइसिसीआर) प्रमुखसमेत रहेकी सुखिजाले शिक्षा र खेलकुद क्षेत्रमा भइरहेको सहकार्यले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको बताइन्। प्रविधिको तीव्र विकाससँगै नयाँ पुस्ताबीचको सम्बन्ध सुदृढ गर्न नयाँ नीति आवश्यक रहेको उनको भनाइ थियो। “परिवर्तित अवस्थामा विरासतले मात्र पुग्दैन, नयाँ नीतिहरू बनाएर सम्बन्धलाई सुदृढ गर्नुपर्छ”, उनले भनिन्। भारतको मौलाना अबुल कलाम आजाद इन्स्टिच्युट अफ एसियन स्टडिजका निर्देशक प्राध्यापक सरुपप्रसाद घोषले दुवै देशले युवाको रोजगारी र दक्षता अभिवृद्धिमा ध्यान दिनुपर्ने बताए। भारतको वर्तमान सरकारले दक्षता अभिवृद्धिलाई प्राथमिकता दिएको भए पनि प्रतिभा पलायन र बसाइँसराइको चुनौती बढिरहेको उनले बताए। सामाजिक क्षेत्रमा देखिएका समस्याले युवा पुस्तामा पारेको नकारात्मक असर कम गर्न नीतिगत पहल आवश्यक रहेको उनको भनाइ थियो। भारतको विद्यान गङ्गा बेसिन फाउन्डेसन अफ रिसर्च एन्ड सस्टेनेबल पोलिसीका निर्देशक आनन्दकुमार श्रीवास्तवले नेपाल र भारतमा ४० प्रतिशतभन्दा बढी युवा जनसङ्ख्या रहेकाले त्यसबाट अधिकतम लाभ लिनुपर्ने बताए। युवामा देखिएको प्रतिभा पलायनको चुनौती दुवै देशको साझा समस्या भएकाले मिलेर सामना गर्नुपर्ने उनको भनाइ थियो। नेपालमा स्थिर सरकार रहेकाले भारतसँग मिलेर काम गर्ने सहज वातावरण बनेको उनले बताए। दुवै देशबीच सहकार्यका सम्भावना रहेको र भारत त्यसका लागि तयार रहेको उनको भनाइ थियो। नेपालको जैविक उत्पादनले भारतीय बजारमा पहुँच पाउन सक्ने उल्लेख गर्दै उनले युवालाई त्यस दिशामा प्रोत्साहित गर्न सुझाव दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हङकङको चिमसा चोईमा कारले दियो पैदलयात्रीलाई ठक्कर, एकको मृत्यु तीन जना घाइते
Latest NewsJust now

हङकङको चिमसा चोईमा कारले दियो पैदलयात्रीलाई ठक्कर, एकको मृत्यु तीन जना घाइते

हङकङको व्यस्त किनमेल क्षेत्र चिमसा चोईमा कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार दिउँसो करिब २:३० बजे प्राट एभिन्युमा गुडिरहेको एउटा कारले पहिले सडकबत्तीको पोल र अर्को सवारीसाधनलाई ठक्कर दिएको थियो। त्यसपछि अनियन्त्रित बनेको कार सडकपेटीमा चढ्दा पैदलयात्रीहरूलाई ठक्कर दिएको हो। दुर्घटनामा दुई पुरुष र द... ...

नेपालखबर
एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित
Latest NewsJust now

एसिया कप राइजिङ स्टार्स : युएईविरुद्ध नेपालको सानदार जित

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले कतारमा जारी एसिया कप राइजिङ स्टार्स एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । पहिलो जित दर्ता गर्ने क्रममा नेपालले आज युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्ध ६ विकेटको जित निकालेको हो । नेपालले पहिलो खेलमा भारत ‘ए’ विरुद्ध ३०६ रनको पराजय व्यहोरेको थियो । आज भने नेपालले उत्कृष्ट […] ...

लोकपथ
नेपाल र भारतबिचको सांस्कृतिक सम्बन्ध पुन: परिभाषित गर्न माग
Latest NewsJust now

नेपाल र भारतबिचको सांस्कृतिक सम्बन्ध पुन: परिभाषित गर्न माग

काठमाडौँ । नेपाल र भारतबिचको सांस्कृतिक सम्बन्धका बारेमा पुन:परिभाषा गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल–भारत नीति विमर्शअन्तर्गत आइतबार भएको एसियन सांस्कृतिक सम्पदा विषयक प्रस्तुतिका क्रममा दुवै देशका संस्कृतिसम्बद्ध निकाय एवं... ...

रातोपाटी
चंखेली गाउँपालिका अध्यक्ष शाहीविरुद्ध जाहेरी दर्ता
Latest NewsJust now

चंखेली गाउँपालिका अध्यक्ष शाहीविरुद्ध जाहेरी दर्ता

राजन रावत हुम्ला, मङ्सिर ६ गते । चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीसहित दुई जनाविरुद्ध जाहेरी दर्ता भएको छ । चंखेली गाउँपालिका–४ पिप्लाङ घर भइ हाल सोही गाउँपालिका कार्यालयक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement