Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

नेपाल-भारत सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राख्नुपर्छः बेहुरिया

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल-भारत सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राख्नुपर्छः बेहुरिया
Photo / Coverage: टक्सार

काठमाडाैँ । भारतको सेन्टर फर पिस स्टडिजका प्रमुख डा. अशोककुमार बेहुरियाले नेपाल र भारतबीचको सम्बन्धलाई बदलिँदो भूराजनीतिक परिस्थितिबाट अलग राखेर साझा हितका आधारमा अगाडि बढाउनुपर्ने बताएका छन् । नेपाल–भारत सम्बन्धका बदलिँदो आयामहरूबारे आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । यसका लागि दुवै देशले आफूलाई भूराजनीतिक उतारचढावबाट टाढा राख्नु पर्ने बताए । अमेरिका र चीनबीच राजनीतिक तथा रणनीतिक प्रतिष्पर्धा रहेपनि आर्थिक सम्बन्ध र व्यापारिक सहकार्य कायम रहेको उदाहरण दिँदै उनले भूराजनीतिक प्रतिष्पर्धाले आर्थिक सहकार्य रोक्न नसक्ने बताए । उनकाअनुसार अमेरिका र चीनबिच करिव ६०० अर्ब अमेरिकी डलरको व्यापार भइरहेको छ । भूराजनीतिले उनीहरूलाई एकअर्काबाट टाढा लैजान खोजे पनि अर्थतन्त्रले फेरि नजिक ल्याइरहेको उनले बताए । नेपाल भारतको सम्बन्ध जनस्तरको रहेको उल्लेख गर्दै यसलाई प्रभावित पार्न नहुने उनको भनाइ छ । नेपाललाई भारतले क्षेत्रीय सम्पर्क र सहकार्यको पुलका रूपमा विकास गर्न चाहेको उनले बताए । चीन काठमाडौँसम्म बढ्दो पहुँचप्रति भारतको आफ्नै चासो र चिन्ता रहेको पनि उनको भनाइ छ । यद्यपि यस्ता भूराजनीतिक चासोका कारण नेपाल–भारत सम्बन्धलाई सीमित गर्न नहुनेमा उनले जोड दिए । दुवै देशका नागरिकले राज्यकेन्द्रित दृष्टिकोणभन्दा माथि उठेर साझा क्षेत्रीय हित, आर्थिक सहकार्य र आपसी विश्वासलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । उनले दक्षिण एशियाका देशबिच राजनीतिक स्वार्थभन्दा माथि नागरिकबीचको विश्वास, संवाद र सहकार्य रहेको उल्लेख गरे । क्षेत्रीय सम्बन्धलाई नागरिक समाजको तहबाट थप बलियो बनाउनुपर्नेमा उनले जोड दिए । दक्षिण एशियाली मुलुकहरूले राज्यकेन्द्रित सोच र राष्ट्रवादी भाष्यबाट माथि उठेर नागरिकस्तरमा आपसी सम्बन्ध तथा सहकार्य विस्तार गर्नुपर्ने उनको भनाइ छ । सरकारले उठाउने राजनीतिक तथा ऐतिहासिक मुद्दाहरूलाई नागरिकले अत्यधिक महत्व दिने प्रवृत्ति त्याग्नुपर्नेमा उनले जोड दिए । पुराना विवादलाई पुनः उठाएर छिमेकी मुलुकविरुद्ध जनमत निर्माण गर्ने प्रवृत्ति क्षेत्रीय सहकार्यका लागि बाधक रहेको उनको भनाइ छ । भारत, नेपाल, पाकिस्तान, श्रीलंका र माल्दिभ्सलगायतका मुलुकमा सत्तारूढ राजनीतिक शक्तिहरूले समय–समयमा पुराना विवादलाई बाहिर ल्याएर जनमत प्रभावित पार्ने गरेको उनले बताए । यस्तो प्रवृत्तिले क्षेत्रीय सम्बन्धमा अविश्वास र दूरी बढाउने उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हात्तीको आक्रमणबाट चौधरीको मृत्यु
Latest NewsJust now

हात्तीको आक्रमणबाट चौधरीको मृत्यु

चौधरी जङ्गल नजिक पुगेपछि हात्ती कराएपछि हात्ती जस्तै आवाज निकालेर कराएका चौधरीलाई हात्तीले लखेटेर आक्रमण गरेको स्थानीयको भनाइ छ । ...

हाम्राकुरा
नवदुर्गा देवगणको जात्रा तालिका सार्वजनिक
Latest NewsJust now

नवदुर्गा देवगणको जात्रा तालिका सार्वजनिक

भक्तपुर।यस वर्षको नवदुर्गा देवगणको वार्षिक जात्रा तालिका सार्वजनिक गरिएको छ। तालिकाअनुसार आगामी मंसिर १० गते बिहीबार भक्तपुर नगरपालिका–५ स्थित तलेजु मन्दिरमा ख प्याखँ प्रदर्शन गरी यस वर्षको जात्रा सुरु हुनेछ। जात्रा तथा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणमान बनमालाले मंसिरदेखि चैतसम्म भक्तपुरसहित काठमाडौं र काभ्रेका विभिन्न स्थानमा जात्रा सञ्चालन हुने जानकारी दिए। पुस ९ गते मध्यपुरथिमिको दिगुटोलमा देवगणको आगमन हुनेछ भने पुस १० ...

नेपालन्युज
सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारसँग भेट
Latest NewsJust now

सभामुख अर्यालद्वारा भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारसँग भेट

सर्लाही, कात्तिक ३० गते । सभामुख डोलप्रसाद अर्याल (डीपी) ले सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुर पुगेर भीमफेदी दुर्घटनामा ज्यान गुमाएकाका परिवारसँग भेट गर्नुभएको छ ।ग... ...

गोरखापत्र
सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट चौधरीको मृत्यु
Latest NewsJust now

सप्तरीमा जङ्गली हात्तीको आक्रमणबाट चौधरीको मृत्यु

सप्तरी । जङ्गली हात्तीको आक्रमणबाट ७० वर्षीय गोपी चौधरीको मृत्यु भएको छ । सप्तरीको सुरूङ्गा नगरपालिका–४ का चौधरी बाख्रा खोज्न गोठतर्फ गइरहेको बेला हात्तीले आक्रमण गरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता हेमराज घिमिरेले जानकारी दिए । उनले हात्तीको आक्रमणबाट घाइते भएका चौधरीको प्रादेशिक अस्पताल लाहानमा उपचारको क्रममा मृत्युु भएको जानकारी दिए । चौधरी जङ्गल नजिक पुगेपछि हात्ती कराएपछि ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play