नेपाल प्रिमियर लिग सिजन–३ को अफिसियल टेलिकम पार्टनर बन्यो नेपाल टेलिकम

आगामी २०८३ कार्तिक ९ गते देखि मंसिर ५ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा सञ्चालन हुने नेपाल प्रिमियर लिग सिजन–३ प्रतियोगितामा नेपाल टेलिकम अफिसियल टेलिकम पार्टनर रहने भएको छ। यस सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र नेपाल प्रिमियर लिग सिजन–३ को आयोजक नेपाल क्रिकेट संघ क्यानको तर्फबाट महाप्रबन्धक उत्सव ढुंगानाले हस्ताक्षर गरेको प्रवक्ता डा. कमल लामिछानेले जानकारी दिए। नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल टेलिकमको तर्फबाट प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्दै कम्पनीको ब्राण्ड इमेज बढाउन मात्र नभई नेपालमा क्रिकेट खेललाई संस्थागत रुपमा थप प्रवद्र्धन गर्नका लागि समेत यो सहकार्य उपयोगी हुने विश्वास व्यक्त गरे। यसले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वलाई समेत व्यवहारमा लागु गर्न र दुई संस्था बिचको सहकार्यलाई बलियो बनाउन भूमिका खेल्ने उनले बताए। नेपाल क्रिकेट संघका महाप्रबन्धक उत्सव ढुंगानाले नेपाल टेलिकम जस्तो प्रतिष्ठित ब्राण्डसँग जोडिएर सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसबाट नेपाली क्रिकेट खेललाई अझै अगाडि बढाउन योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले यो सहकार्यले भविष्यमा नेपालमा क्रिकेट खेललाई मात्र नभई खेलाडीको जीवनस्तरमा समेत परिवर्तन ल्याउन सहयोग पुग्ने अपेक्षा गरे। नेपाली खेलकुद क्षेत्रको संवद्र्धन एवम् प्रवद्र्धन गर्ने नेपाल सरकारको नीतिलाई यस सहकार्यले थप टेवा पुर्याउने विश्वास कम्पनीले लिएको छ। The post नेपाल प्रिमियर लिग सिजन–३ को अफिसियल टेलिकम पार्टनर बन्यो नेपाल टेलिकम appeared first on Technology Khabar.
Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर
Related News

डिप्रोक्स लघुवित्त बन्यो कार्ड जारी गर्ने पहिलो लघुवित्त संस्था; SCT सँग भयो ऐतिहासिक सम्झौता
१ कात्तिक, काठमाडौं। नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक (PSO) को अनुमति प्राप्त अग्रणी संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) र नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड बीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ। यस सम्झौता पश्चात्, डिप्रोक्स लघुवित्तका ग्राहक तथा सदस्यहरूले पनि अब […] The post डिप्रोक्स लघुवित्त ...

एनपीएलमा नेपाल टेलिकमको प्रायोजन: ब्रान्ड प्रवर्द्धन र क्रिकेट विकासको दोहोरो लक्ष्य
१ कात्तिक, काठमाडौं। नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक दूरसञ्चार साझेदारका रूपमा सम्झौता गरेको छ। कम्पनीको ब्रान्ड प्रवर्द्धनका साथै संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत Nepalese क्रिकेटको संस्थागत विकास र अन्तर्राष्ट्रिय पहिचान प्रवर्द्धन गर्ने उद्देश्यले यो सहकार्य गरिएको प्रमुख प्राविधिक अधिकृत डिल्ली अधिकारीले जानकारी दिनुभयो। नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजन गर्ने […] The post एनपीएलमा नेपाल ...

दशैंमा मासु, मदिरा र अनिद्राले निम्त्याउन सक्छ गम्भीर समस्या: आयुर्वेद चिकित्सक डा. सुवर्ण पौडेल
१ कात्तिक, काठमाडौं। दशैंको रमाइलोमा मासु तथा चिल्लो खानेकुराको अत्यधिक सेवन, मदिरापान र अनिद्राले पाचन प्रक्रिया बिगार्नुका साथै कब्जियत र पाइल्सजस्ता स्वास्थ्य समस्या निम्त्याउन सक्छ। आयुर्वेद चिकित्सक डा. सुवर्ण पौडेलका अनुसार चाडपर्वमा स्वास्थ्य सुरक्षित राख्न खानपानको मात्रा मिलाउने, पर्याप्त पानी पिउने, फाइबरयुक्त खानेकुरा खाने र नियमित दिनचर्या कायम राख्ने उपायहरूबारे विस्तृत विवरण। दशैंमा आफन्तसँगको भेटघाट, […] The post दशैंमा ...


