Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

नेपाल एसबिआई बैंकको लाभांश घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेपाल एसबिआई बैंकको लाभांश घोषणा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल एसबिआई बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरेको छ। बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ११ अर्ब ३३ करोड ५१ लाख २४ हजार ३९०.७२ रुपैयाँको कुल ८.२५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ३.४० प्रतिशत बोनस शेयर र ४.८५ प्रतिशत नगद लाभांश (करसहित) छन्। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी ३३ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ। The post नेपाल एसबिआई बैंकको लाभांश घोषणा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न ढकालको आग्रह
Latest NewsJust now

युएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन त्यहाँ पुगेका अध्यक्ष ढकालले बिहीबार दुबईमा युएईका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता गर्दै यस्तो ...

केन्द्रबिन्दु
कारको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते
Latest NewsJust now

कारको ठक्करबाट एक जनाको मृत्यु, दुई जना घाइते

चितवन । भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले पैदलयात्रीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज बिहान ०९:०० बजेको समयमा फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको... ...

रातोपाटी
इरानसँगको वार्ता टोलीबाट उपराष्ट्रपति जेडी भान्सलाई हटाइदिए ट्रम्पले
Latest NewsJust now

इरानसँगको वार्ता टोलीबाट उपराष्ट्रपति जेडी भान्सलाई हटाइदिए ट्रम्पले

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट अलग गरेका छन्। ट्रम्पले भान्सलाई अब अमेरिकाका डेमोक्रेटिक पार्टी शासित राज्य र सहरहरूमा भ्रष्टाचार तथा अपराधको अनुसन्धानमा ध्यान दिन निर्देशन दिएका छन्। ट्रम्पले बिहीबार सामाजिक सञ्जालमार्फत भान्सले अब घरेलु मामिलामा ध्यान केन्द्रित गर्ने बताएका हुन्। उनले अमेरिकालाई इरानसँग अब कुनै सम्झौता आवश्यक नरहेकोसमेत बताएका […] ...

काठमाण्डुपाटी
यौन अपराधमा दोषी ठहरिएपछि रसेल ब्रान्डको फेसबुक र इन्स्टाग्राम अकाउन्ट मेटाले हटायो
Latest NewsJust now

यौन अपराधमा दोषी ठहरिएपछि रसेल ब्रान्डको फेसबुक र इन्स्टाग्राम अकाउन्ट मेटाले हटायो

लण्डन । प्रविधि कम्पनी मेटाका विभिन्न प्लेटफर्ममा रहेका रसेल ब्रान्डका सामाजिक सञ्जाल अकाउन्टहरू बन्द गरिएका छन् । ५१ वर्षीय पूर्वमनोरञ्जनकर्मी ब्रान्डलाई यही हप्ताको सुरुमा बलात्कारको एक र यौन दुर्व्यवहारका तीन अभियोगमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play