Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

युएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न ढकालको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
युएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न ढकालको आग्रह
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका विभिन्न सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन त्यहाँ पुगेका अध्यक्ष ढकालले बिहीबार दुबईमा युएईका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता गर्दै यस्तो आग्रह गरेका हुन् । भेटका क्रममा उनीहरूबीच नेपाल–युएई द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा रहेका लगानीका अवसरका विविध पक्षमा छलफल भएको थियो । भेटमा ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा डाटा सेन्टरका क्षेत्रमा उच्च सम्भावना रहेको उल्लेख गर्दै ती क्षेत्रमा लगानी भित्र्याउन आग्रह गरे । नेपालमा उपलब्ध पर्याप्त स्वच्छ ऊर्जा (जलविद्युत्) र यहाँको चिसो हावापानीका कारण सूचना प्रविधि तथा डाटा सेन्टर स्थापनाका लागि नेपाल अत्यन्त आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाइ थियो । यसका साथै केबलकार र स्की रिसोर्टजस्ता उच्चस्तरीय पर्यटन पूर्वाधारमा समेत लगानीको ठुलो अवसर रहेको जानकारी उनले गराए । नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुन लागेको सन्दर्भमा दुवै पक्षले खुसी व्यक्त गरेका थिए । आगामी वर्ष सन् २०२७ मा मनाइने कूटनीतिक सम्बन्धको स्वर्ण जयन्तीका अवसरमा विशेष समारोह आयोजना गर्ने मन्त्री अल जेउदीको सोचको ढकालले स्वागत गरे । स्वर्ण जयन्तीको अवसर पारेर दुई देशबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन सरकारी तथा निजी क्षेत्रबीच उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिनुपर्ने विषयमा समेत ढकालले जोड दिए । लगानीकर्तालाई नीतिगत र नियमनकारी स्पष्टतासहित विश्वास दिलाउन द्विपक्षीय लगानी सम्झौता (बीआइए) तथा दोहोरो कर मुक्ति सम्झौताजस्ता कानुनी आधारलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता ढकालले औँल्याए । ढकालले फ्लाई दुबईले युएईबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म सिधा उडान सुरु गरेकोमा प्रशंसा गर्दै भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सिधा उडान सञ्चालनका लागि पहल गरिदिन अनुरोध गरे । भैरहवामा सिधा उडान सुरु भएमा युएईलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग प्रत्यक्ष जोड्ने महत्त्वपूर्ण प्रवेशद्वार बन्ने उनको धारणा थियो । आगामी स्वर्ण जयन्ती वर्ष सन् २०२७ ले नेपाल र युएईबीच साझा समृद्धि र बलियो आर्थिक साझेदारीको नयाँ अध्याय सुरु गर्ने विश्वाससमेत उनले व्यक्त गरे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्वास्थ्य जोखिमले राष्ट्रिय सीमाको सम्मान गर्दैनन् : मन्त्री मेहता
Latest NewsJust now

स्वास्थ्य जोखिमले राष्ट्रिय सीमाको सम्मान गर्दैनन् : मन्त्री मेहता

काठमाडौं।स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रहरूबीच क्षेत्रीय स्वास्थ्य सहकार्यमा जोड दिएकी छन्। कोलम्बोमा हालै आयोजित बिम्स्टेकको पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा उनले स्वास्थ्य चुनौतीहरू राष्ट्रिय सीमामा सीमित नरहने भएकाले सदस्य राष्ट्रहरूबीच समन्वय, सूचना आदानप्रदान र प्राविधिक सहकार्यलाई प्रभावकारी बनाउनु पर्ने बताएको मन्त्री मेहताको निजी सचिवालयले जनाएको छ। “संक्रामक रोग, एन्टिमाइक्रोबियल प्रतिरोध, ...

नेपालन्युज
भिमफेदी दुर्घटनाका मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्ने सरकारको निर्णय
Latest NewsJust now

भिमफेदी दुर्घटनाका मृतक परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्ने सरकारको निर्णय

काठमाडौं । मकवानपुरको भिमफेदी गाउँपालिका–६,चिसापानीगढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा भएको यात्रुवाहक सवारी दुर्घटनाप्रति सरकारले दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ । छठ पर्व मनाउन घर जाने क्रममा भएको दुर्घटनामा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका छन् । काठमाडौं–सर्लाही रुटमा सञ्चालन भएको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको सवारीसाधन अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर ...

कर्पोरट खबर
कलि सम्वत् : पूर्वीय सनातन सभ्यताको अन्तर्राष्ट्रिय सम्वत्
Latest NewsJust now

कलि सम्वत् : पूर्वीय सनातन सभ्यताको अन्तर्राष्ट्रिय सम्वत्

हिन्दु वाङ्मयमा सत्य, त्रेता, द्वापर र कलियुग गरी चार युग तथा कल्प र मन्वन्तरको चक्रीय प्रणाली निरन्तर चलिरहने शास्त्रीय मान्यता छ। यसै मान्यताअनुसार ब्रह्माजीले मानव सृष्टि गरेपछि वसन्त ऋतुको चैत्र... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play