Friday, October 23, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नेकपाले मंसिर २५ सम्म राष्ट्रिय जागरण अभियान चलाउने

नेकपाले मंसिर २५ सम्म राष्ट्रिय जागरण अभियान चलाउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेकपाले मंसिर २५ सम्म राष्ट्रिय जागरण अभियान चलाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले शनिबारदेखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ । पार्टीले अभियानमार्फत संगठन विस्तार, सुदृढीकरण र सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने जनाएको हो । पार्टीको असोज २३ गते बसेको केन्द्रीय कार्यसंयोजन समितिको बैठकले अभियान सञ्चालनसम्बन्धी कार्यविधि पारित गरेको थियो । अभियानको उद्घाटन शनिबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौंमा पत्रकार सम्मेलन गरी गरिने जनाइएको छ । अभियानका क्रममा विभिन्न तहमा भेला तथा संगठनात्मक कार्यक्रम सञ्चालन गरिनेछ । पार्टीको सांगठनिक आधार बलियो बनाउने, कार्यकर्तालाई सक्रिय बनाउने र आगामी स्थानीय तथा प्रदेश निर्वाचनको तयारीलाई तीव्रता दिने विषयलाई अभियानले प्राथमिकता दिनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ
ताजा खबरJust now

लुकिछिपी पटाका ल्याउँदै गरेका अटो चालक पक्राउ

दाङ । अवैध रूपमा ल्याइँदै गरेका विभिन्न किसिमका पटाकासहित एक अटो चाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी निरीक्षक कुमार पौडेलका अनुसार पक्राउ पर्नेमा भारत उत्तर बलरामपुर घर भई हाल तुलसीपुर उपमहानगरपालिका–५ आलुमण्डि निवासी २५ वर्षीय अनुभव अग्रवाल छन् । अग्रवाललाई कोइलाबास नाका हुँदै रा १ ह ४८१७ नम्बरको अटोमार्फत ती सामान ल्याउँदै गरेका बखत प्रहरीले गढवा गाउँपालिका–८, ...

केन्द्रबिन्दु
एनडीटीभी वर्ल्ड समिटमा अर्थमन्त्री वाग्ले अन्तर्राष्ट्रिय अतिथि वक्ता
ताजा खबरJust now

एनडीटीभी वर्ल्ड समिटमा अर्थमन्त्री वाग्ले अन्तर्राष्ट्रिय अतिथि वक्ता

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्दै छन्। अन्तर्राष्ट्रिय अतिथि वक्ताका रूपमा बिहीबार नयाँदिल्ली पुगेका उनले समिटअन्तर्गत ‘निकटताबाट समृद्धि: भारत–नेपाल अवसर’ शीर्षकको विशेष सत्रमा अर्थमन्त्री वाग्लेले सम्बोधन गर्ने भएका हुन्।  यसअघि अर्थमन्त्री... ...

नेपालखबर
द्वन्द्वको साक्षी वसन्तपुर डाँडा, अहिले पर्यटकीय गन्तव्य
ताजा खबरJust now

द्वन्द्वको साक्षी वसन्तपुर डाँडा, अहिले पर्यटकीय गन्तव्य

बुटवल।सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच भीडन्तको घटनाबाट चिनिएको वसन्तपुर डाँडाको स्वरुप अहिले परिवर्तन भएको छ। पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुर डाँडामा केबुलकार सञ्चालनसँगै लगानी भित्रिने क्रम पनि बढेको छ। पछिल्लो चार वर्षदेखि वसन्तपुर डाँडामा लुम्बिनी केबुलकार सञ्चालनमा आएपछि सो डाँडा रमणीय पर्यटकीय आर्कषणको महत्वपूर्ण गन्तव्य बन्दै गएको छ। बुटवल बजारबाट करिव दुई घण्टाको पैदल यात्रामा त्यहाँ पुग्ने पर्यटकले ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play