Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

नेकपाका संयोजक दाहालद्वारा नेपाल संवत्को शुभकामना

Share:WhatsAppFacebookX (Twitter)Telegram
नेकपाका संयोजक दाहालद्वारा नेपाल संवत्को शुभकामना
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । नेपाल संवत् ११४७ प्रारम्भ भएको अवसरमा आज शुभकामना दिँदै उनले नेपाल संवत् नेपालको मौलिक इतिहास, सभ्यता, संस्कृति र राष्ट्रिय पहिचानसँग जोडिएको बताएका छन् । पूर्वप्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वमा रहेको पहिलो गणतन्त्रात्मक सरकारले २०६५ सालमा नेपाल संवत्लाई ‘राष्ट्रिय संवत्’का रूपमा मान्यता दिने ऐतिहासिक घोषणा गरेको स्मरण गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाको विशिष्ट योगदानको स्मरण गर्दै संयोजक दाहालले यस संवत्ले राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी सहिष्णुता र समृद्धिको भावना अझ सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन् । साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत् शुरू गराएको इतिहास छ । लिच्छविकालीन राजा राघवदेवको शासनकालमा सुरु भएको नेपाल संवत् नेपालकै मौलिक संवत् हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना
Latest NewsJust now

अध्यक्ष ओलीद्वारा नेपाल संवत्, म्हः पूजा र हल तिहारको शुभकामना

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् ११४७ आरम्भ भएको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्। अध्यक्ष ओलीले मौलिक परम्परा, प्रकृतिप्रेम... ...

रातोपाटी
नेपाल संवतकाे राष्ट्रिय पहिचान
Latest NewsJust now

नेपाल संवतकाे राष्ट्रिय पहिचान

नेपाल संवत् ११४७ सुरु भएको छ। काठमाडौंको वसन्तपुरदेखि ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल र देशका विभिन्न स्थानमा नयाँ वर्षको स्वागत गरिएको छ। नेवार समुदायले परम्परागत बाजागाजा, सांस्कृतिक झाँकी, र्‍याली र शुभकामना आदानप्रदानमार्फत न्हूदँ भिन्तुना मनाइरहेको छ। घरघरमा म्हः पूजा हुँदैछ। पुरानो वर्षलाई बिदा गरेर नयाँ वर्षमा प्रवेश गर्ने यो दिन नेवार समुदायका लागि केवल पात्रो फेरिने अवसर होइन, आफ्नो इतिहास, संस्कृति, ...

नेपालन्युज
महाभियोगको दबाब सामना गरिरहेका हेग्सेथको ट्रम्पद्वारा बचाउ
Latest NewsJust now

महाभियोगको दबाब सामना गरिरहेका हेग्सेथको ट्रम्पद्वारा बचाउ

वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीलाई लिएर महाभियोगको दबाब सामना गरिरहेका युद्धमन्त्री पीट हेग्सेथको बचाउ गरेका छन्। उनले हेग्सेथले दुई युद्ध जितेको दाबी गर्दै महाभियोगको पहल गर्ने रिपब्लिकन... ...

रातोपाटी
११४७ वर्षदेखि निरन्तर प्रचलनमा रहेको राष्ट्रिय संवत्ले पाठ्यक्रमदेखि नोटसम्म स्थान पाउनुपर्ने माग
Latest NewsJust now

११४७ वर्षदेखि निरन्तर प्रचलनमा रहेको राष्ट्रिय संवत्ले पाठ्यक्रमदेखि नोटसम्म स्थान पाउनुपर्ने माग

• नेपाल संवतको संरक्षण र विकासमा राज्यले पर्याप्त ध्यान नदिएको भन्दै शंखधर साख्वाः प्रतिष्ठानले विशेष नीति बनाउनुपर्ने माग गरेको छ। • नेपाल संवतलाई सम्पूर्ण नेपालीको साझा सम्पत्ति मान्दै यसको ऐतिहासिक र सामाजिक महत्वको बारेमा नयाँ पुस्तालाई जानकारी गराउन विद्यालय र विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। • नेपाल संवतको प्रयोग विस्तार गर्न र यसको महत्वलाई पुनः स्थापित गर्न विभिन्न ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play