Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

निर्माण थालिएको १० वर्षमा पनि बनेन क्रिकेट मैदान

Share:WhatsAppFacebookX (Twitter)Telegram
निर्माण थालिएको १० वर्षमा पनि बनेन क्रिकेट मैदान
Photo / Coverage: केन्द्रबिन्दु

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरस्थित कवर्डहल परिसरमा विसं २०७२ मा क्रिकेट मैदान निर्माण सुरु भए पनि अझै पूरा हुन सकेको छैन । महेन्द्रनगरबाट राष्ट्रियस्तरमा चर्चित खेलाडी दीपेन्द्रसिंह ऐरीदेखि दर्जनभन्दा बढी खेलाडी उत्पादन भए पनि खेलाडीले अझै यहाँ खेल पूर्वाधार भने पाउन नसकेको कञ्चनपुर जिल्ला क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्रबहादुर चन्दले बताए । एक वर्षभित्र निर्माण पूरा गर्नुपर्ने क्रिकेट मैदान रकम अभावकै कारण एक दशकपार गर्दा पनि बन्न नसकेको उनले बताए । “निर्माण थालिए यता विभिन्न समयमा गरेर रु डेढ लाख बजेट आए पनि मैदानमा माटो भरानमै सकियो ।” अध्यक्ष चन्दले भने, “यो पटक भने राष्ट्रिय खेलकुद परिषद्ले रु तीन करोड बजेट विनियोजन गरेर ठेक्का आह्वानको प्रक्रियामा छ ।” दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, भीम सार्की, सन्दी पजोरा लगायतका खेलाडीहरुको गृहनगर महेन्द्रनगरमा खेल संरचना बन्ने आशामा वर्षौ कुर्नुपरेको छ । “तीन करोडको ठेक्का भएर काम थालेपछि अर्को वर्षदेखि नै हाम्रो खेलाडीले क्रिकेट मैदानमा खेल्न र प्रतियोगिता सञ्चालन गर्न सक्ने हुन्छ”, अध्यक्ष चन्दले भने, “क्रिकेट मैदानका लागि जिल्ला खेलकुद समितिको गुरुयोजनाअनुसार नै अघि बढेका छौँ ।” उनले निर्माणाधीन क्रिकेट मैदानको जमिनमा माटो भरानमै रकम खर्च भएको बताए । “बजेट आएको भए उहिल्यै मैदान बनिसक्थ्यो ।” चन्दले भने, “कञ्चनपुरसँगै सुदूरपश्चिममै क्रिकेटको गतिलो पूर्वाधार नरहेको अवस्था छ ।” पछिल्लो समय क्रिकेट प्रतिको आकर्षण बढिरहेका बेला सङ्घ र प्रदेश सरकारले त्यसमा लगानी गर्नुपर्ने जिल्ला खेलकुद समितिका अध्यक्ष ज्ञानेन्द्रबहादुर सिंहको भनाइ छ । “जारी एनपीएलमा कञ्चनपुरका मात्रै १३ जना खेलाडी विभिन्न टिमबाट खेल्दै छन्”, अध्यक्ष सिंहले भने, “हरेक राष्ट्रिय तथा क्रिकेट संस्करणमा हाम्रा खेलाडीको उपस्थितिले कञ्चनपुर क्रिकेटको प्रतिभावान् खेलाडी जन्माउने जिल्लाका रुपमा परिचित छ भन्ने देखाउँछ ।” उहाँले कञ्चनपुरमा क्रिकेटलगायत खेल पूर्वाधार निर्माणमा राज्यको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए । “प्रदेश सरकारको लगानीमा बहुउद्देश्यीय कर्वडहल पनि बन्दै छ ।” सिंहले भने, “बृहत छैटौँ राष्ट्रिय खेलकुद हुँदा यहाँ क्रिकेट पिचबाहेक क्रिकेट खेलका अरु संरचना बन्न सकेनन् ।”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पाेखराले गुमायाे साताैँ विकेट
Latest NewsJust now

पाेखराले गुमायाे साताैँ विकेट

काठमाडाैँ । नेपाल प्रिमियर लिग (एनपीएल) पाेखरा एभेन्जर्सले साताैँ विकेट गुमाएकाे छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबारकाे दोस्रो खेलमा लुम्बिनी लायन्ससँगकाे खेलमा पोखरा एभेन्जर्सले साताैँ विकेटकाे रूपमा मेहदी हसनलाई गुमाएकाे... ...

रातोपाटी
पत्रकार पक्राउमा प्रधानमन्त्रीलाई केही जानकारी थिएन: सरकारका प्रवक्ता
Latest NewsJust now

पत्रकार पक्राउमा प्रधानमन्त्रीलाई केही जानकारी थिएन: सरकारका प्रवक्ता

पत्रकार धरपकडका विषयमा प्रधानमन्त्री वालेन्द्र शाहलाई कुनै जानकारी नआएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्।  मंगलबार मन्त्रिपरिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पोखरेलले प्रष्ट पारेका हुन्। समाचार कक्षमै पुगेर प्रहरीले पत्रकारमाथि धरपकड गरेको विषयमा सरकारको धारणाबारे प्रश्न गरिएको थियो।  त्यसको उत्त... ...

नेपालखबर
लुम्बिनी विकास कोषको सदस्य सचिवमा पाण्डे नियुक्त
Latest NewsJust now

लुम्बिनी विकास कोषको सदस्य सचिवमा पाण्डे नियुक्त

काठमाडौं । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लुम्बिनी क्षेत्रको विकास, पूर्वाधार निर्माण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले इन्जिनियर पाण्डेलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको जानकारी दिएको छ । पाण्डे संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएका इन्जिनियर हुन् । उनले सहरी ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play