नियोफिन हायर पर्चेज र क्यानबीच सहकार्य

काठमाडौं । नियोफिन हायर पर्चेज प्रालि, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र टिसिएम स्पोर्ट्स मार्केटिङ प्रालिबीच त्रिपक्षीय सम्झौता भएको छ । सम्झौताअनुसार नियोफिन हायर पर्चेज प्रालि आगामी तीन वर्षका लागि नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत सञ्चालन हुने ट्वेन्टी-२० क्रिकेट प्रतियोगिताको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बनेको छ । प्रत्येक सिजनको प्रतियोगिता अवधिभर सबैभन्दा बढी रन बनाउने ब्याटरलाई दुई लाख रुपैयाँ नगद पुरस्कार राशिसहित नियोफिन लोगो अंकित क्याप प्रदान गरिनेछ । नेपाल प्रिमियर लिगको तेस्रो सिजनको टी-२० क्रिकेट प्रतियोगिता २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला कीर्तिपुरमा आयोजना हुँदैछ । नियोफिन हायर पर्चेज प्रालिका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रप्रसाद तिम्सिनाले नेपालमा क्रिकेट सबै उमेर समूहबीचमा अत्यन्त लोकप्रिय खेलकुदका रूपमा स्थापित भइसकेको बताउनुभयो । उहाँले नेपाल प्रिमियर लिगजस्तो प्रतिष्ठित प्रतियोगितासँग साझेदारी गर्न पाउँदा गौरवान्वित रहेको भन्दै सबैभन्दा बढी रन बनाउने ब्याटरलाई प्रदान गरिने नियोफिन क्याप उत्कृष्टता, निरन्तरता र लगनशीलताको प्रतीक हुने बताउनुभयो । नियोफिन हायर पर्चेज प्रालि नेपाल राष्ट्र बैंकबाट इजाजत पत्रप्राप्त हायर पर्चेज कारोबार गर्ने गैरबैंकिङ वित्तीय संस्था हो, जुन केडिया अर्गनाइजेसनअन्तर्गत सञ्चालित छ । विगतमा बतास हायर पर्चेज प्रालिका नामबाट सञ्चालित कम्पनीले नयाँ ब्राण्ड पहिचानसहित नियोफिनका रूपमा सेवा विस्तार गरेको हो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

जलविज्ञान र मौसम विभाग क्रियाशील
काठमाडौँ, कात्तिक ९ गते । एकीकृत रूपमा सञ्चालनमा रहेको जल तथा मौसम विज्ञान विभाग अहिले टुक्रिएर दुई छुट्टै निकायका रूपमा अगाडि बढ्ने भएका छन् । सरकारले नेपाल–भारत–चीन समावेश त्रिदे... ...

एनपीएलको तेस्रो संस्करण आजदेखि सुरु, उद्घाटन खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिडने
• नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आज त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ। • उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्नेछन्। • प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले गर्नेछन् र तयारी लगभग पूरा भएको छ। ...

बालोन डी’ओर २०२६ : सबैभन्दा कम उमेरमा उपाधि जित्ने लक्ष्यमा लामिन यमाल
काठमाडौँ । स्पेन तथा बार्सिलोनाका युवा फुटबल स्टार लामिन यमालले फुटबलको प्रतिष्ठित व्यक्तिगत पुरस्कार बालोन डी’ओर २०२६ जित्दै सबैभन्दा कम उमेरमा उपाधि हासिल गर्ने कीर्तिमान बनाउने लक्ष्य राखेका छन् ।... ...

कस्तो छ सोमबारको दिन तपाईको ?
२०८३ कात्तिक ९ गते सोमबारको राशिफल मेषतपाईको दिन शुभ रहने छ । काममा सफल बन्नु हुने छ । मिष्ठान्न भोजन मिल्ने छ । दाम्पत्य जिवन सुखद हुने छ । वृषस्वास्थ्यमा समस्या आउन सक्छ । अनावश्यक यात्रा तथा व्यर्थको कामको लागी धन खर्च हुन सक्छ । मिथुनव्यापार–व्यवसायमा सफलता मिल्ने छ । धनलाभ होला । सन्तान र स्त्रीबाट सहयोग मिल्न सक्छ । कर्कटदिन शुभ रहने छ ...


