Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

नियुक्तिपत्र बुझे पनि कार्यालयमा हाजिर भएनन् प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार दानबहादुर कार्की

Share:WhatsAppFacebookX (Twitter)Telegram
नियुक्तिपत्र बुझे पनि कार्यालयमा हाजिर भएनन् प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार दानबहादुर कार्की
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री वालेन्द्र शाहका विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नियुक्तिपत्र बुझे पनि अहिलेसम्म कार्यालयमा हाजिर भएका छैनन् । मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन कार्कीलाई यही कात्तिक १८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी नियुक्त गरेको थियो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले कार्कीले सोही दिन नियुक्ति पत्र बुझेको जानकारी दिए । त्यसपछि तिहार र छठ पर्वको समेत लामो विदा परेका कारण उनी कार्यालय हाजिर भने भएका छैनन् । उनको कार्यकक्ष सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापना गरिएको छ । तर पूर्वप्रहरीमहानिरीक्षक कार्कीले भने आफूलाई महानिरीक्षक पदबाट हटाएको भन्दै सरकारको सो निर्णयका विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई गम्भीर घाइते
OthersJust now

रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

मुगुको रारा ताल घुम्न आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । काठमाडौंबाट रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको टोयोटा गाडी छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित रारा जाने सडकखण्डको जिमाकाँरा भिरबाट खसेर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार गाडीमा पाँच जना ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play