Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई गम्भीर घाइते

Share:WhatsAppFacebookX (Twitter)Telegram
रारा जाने क्रममा मुगुमा गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु, दुई गम्भीर घाइते
Photo / Coverage: पर्दाफास

मुगुको रारा ताल घुम्न आउँदै गरेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । काठमाडौंबाट रारा आउँदै गरेको बागमती प्रदेशको बा १७ च १८६४ नम्बरको टोयोटा गाडी छायाँनाथ रारा नगरपालिका–७, टोप्लास्थित रारा जाने सडकखण्डको जिमाकाँरा भिरबाट खसेर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाका अनुसार गाडीमा पाँच जना सवार थिए । तीमध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक पुरुष र एक महिला गम्भीर घाइते भएका छन् । घाइते दुवै जनालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ठिनी पठाइएको प्रहरी नायब उपरीक्षक थपलियाले जानकारी दिए । दुर्घटनामा मृत्यु हुने तथा घाइते हुनेहरूको पहिचान खुल्न सकेको छैन । दुर्घटनाको कारण र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नियुक्तिपत्र बुझे पनि कार्यालयमा हाजिर भएनन् प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार दानबहादुर कार्की
OthersJust now

नियुक्तिपत्र बुझे पनि कार्यालयमा हाजिर भएनन् प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार दानबहादुर कार्की

प्रधानमन्त्री वालेन्द्र शाहका विशेष सुरक्षा सल्लाहकारमा नियुक्त भएका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले नियुक्तिपत्र बुझे पनि अहिलेसम्म कार्यालयमा हाजिर भएका छैनन् । मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि प्रधानमन्त्रीलाई सुरक्षा सम्बन्धी आवश्यक सल्लाह, सुझाव र परामर्श दिन कार्कीलाई यही कात्तिक १८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी नियुक्त गरेको थियो । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play