Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नास–आईटी एक्स्पो सफलतापूर्वक सम्पन्न, स्वदेशी प्रविधि र अमेरिकी बजार विस्तारमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
नास–आईटी एक्स्पो सफलतापूर्वक सम्पन्न, स्वदेशी प्रविधि र अमेरिकी बजार विस्तारमा जोड
Photo / Coverage: केन्द्रबिन्दु

ललितपुर । नेपालको सूचना प्रविधि क्षेत्रको क्षमता, नवप्रवर्तन र व्यावसायिक सम्भावनालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित ‘नास–आइटी एक्स्पो’ उत्साहजनक सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको छ । आयोजक नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी)का अनुसार एक्स्पोमा ७ वटा विभिन्न प्रविधि तथा सेवा क्षेत्रको प्रतिनिधित्व गर्ने ३१ वटा स्टलहरू राखिएका थिए । प्रदर्शनीको समग्र अवधिमा ४ हजारभन्दा बढी अवलोकनकर्ताले प्रत्यक्ष भ्रमण गरी स्वदेशी प्रविधि सेवा, सफ्टवेयर समाधान र डिजिटल नवप्रवर्तनबारे जानकारी लिए । यसपटकको एक्स्पोमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता त रह्यो नै, अझ विशेष रूपमा विद्यार्थीभन्दा पनि बैंकिङ क्षेत्र, कर्पोरेट निकाय र विभिन्न उद्योगका पेशाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको आयोजकले जनाएको छ । यसले प्रविधि प्रदर्शनीलाई प्रत्यक्ष व्यावसायिक सञ्जाल विस्तार र सहकार्यको प्रभावकारी थलोका रूपमा स्थापित गरेको छ । कार्यक्रममा सरकारी तथा राजनीतिक नेतृत्वको समेत चासो र उपस्थिति रहेको थियो। एक्स्पोमा सभामुख डीपी अर्याल, राजनीतिज्ञ सुमना श्रेष्ठलगायत सरकारी तथा नीतिगत तहका विशिष्ट व्यक्तित्वहरूले अवलोकन गर्दै नेपालको सूचना प्रविधि उद्योगको विकास र प्रवद्र्धनमा सकारात्मक ऊर्जा थपेका थिए । एक्स्पोअन्तर्गत आयोजित सारगर्भित प्यानल छलफलहरूमा विज्ञ सहजकर्ताहरूको संयोजनमा नेपालको सूचना प्रविधि क्षेत्रको वर्तमान अवस्था, डिजिटल रूपान्तरण र उद्योग–नीति सहकार्यका विषयमा सरोकारवालाबीच विमर्श गरिएको थियो । नेपाली प्रविधि कम्पनीलाई अमेरिकी बजारमा विस्तार गर्ने अवसर र स्वदेशमै प्रविधि उत्पादन तथा सेवाको प्रयोग बढाउने विषयमा प्यानलमा घनिभुत छलफल भएको थियो । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) ले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिबार र आइतबार आयोजना गरेको एक्स्पोको दोस्रो दिन ‘सेलेक्ट यूएसए’ र ‘बिल्डिङ फ्रम विथ इन स्ट्रेन्ज्थेनिङ्ग नेपाल्स डिजिटल इकोनमी नेपाल्स टेक इकोसिस्टम’ शीर्षकमा प्यानल छलफल भएका थिए । दुवै छलफलमा नेपाली प्रविधि कम्पनीको अन्तर्राष्ट्रिय बजार प्रवेश, स्वदेशी उत्पादनको व्यावसायिक उपयोग र प्रविधि उद्यमबीच सहकार्यका सम्भावना उठाइएको थियो । अमेरिकी बजारमा नेपाली सूचना प्रविधि कम्पनीको विस्तार र सहकार्यका अवसरबारे आयोजित ‘सेलेक्ट यूएसए’ छलफलमा अमेरिकी दूतावासकी राजनीतिक तथा आर्थिक प्रमुख केट लिही, स्विफ्टफिन ग्लोबल कन्सल्टिङका प्रमुख कार्यकारी अधिकृत सितेश भट्टराई र यल्लो नेपालका प्रमुख कार्यकारी अधिकृत अनिश श्रेष्ठ सहभागी थिए । छलफलमा अमेरिकी बजारमा नेपाली कम्पनीको व्यावसायिक पहुँच, साझेदारी र बजार विस्तारका सम्भावनाबारे विचार आदानप्रदान गरिएको थियो । सो प्यानलमा अमिरराज थापाले मोडरेटरको भूमिका निभाएका थिए । त्यसपछि आयोजित ‘बिल्डिङ फ्रम विथ इन स्ट्रेन्ज्थेनिङ्ग नेपाल्स डिजिटल इकोनमी नेपाल्स टेक इकोसिस्टम’ छलफलमा नेपाली प्रविधि उद्यमीहरूले आफ्ना उत्पादन, नवप्रवर्तन र व्यावसायिक अनुभव प्रस्तुत गरे । एक्स्पो संयोजक प्रार्थना साखःले सहजकर्ताको भूमिका निभाएको प्यानलमा आकाश टेकका संस्थापक तथा प्रबन्ध निर्देशक बृजेशप्रसाद गुप्ता, र्‍यापिडका प्रमुख कार्यकारी अधिकृत आशुतोष साह, एड्रेसग्राफ नेपाल (कताहो) का संस्थापक तथा सल्लाहकार लक्ष्मणप्रसाद रिमाल र थर्ड फ्याक्टर एआईका प्रमुख व्यवसाय अधिकृत सोजन प्रजापति सहभागी थिए । गुप्ताले सन् २००८ देखि सुरु भएको उद्यमशीलता यात्राबाट विकसित एआई प्रणालीबारे जानकारी दिँदै पाठ र आवाजमा आधारित संवादलाई एकीकृत गर्ने प्रविधि निर्माण गरेको बताए । उक्त प्रणालीले फोन, ह्वाट्सएप, फेसबुक र टेलिग्रामलगायत माध्यमबाट हुने ग्राहक संवादलाई एउटै प्रणालीमा व्यवस्थापन गर्न, संवादकै आधारमा भेटघाटको समय तय गर्न तथा प्रस्ताव तयार गरी पठाउन सक्ने उनले बताए । नेपाली प्रविधि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने क्रममा आगामी जनवरी १५ मा भारतमा आकाशटेल सार्वजनिक गर्ने तयारी रहेको उनले जानकारी दिए। र्‍यापिडका साहले बैंकिङ प्रणाली र व्यावसायिक लेखा सफ्टवेयरबीच प्रत्यक्ष एकीकरण सम्भव हुने प्रविधिबारे चर्चा गरे । युरोपको पीएसडी–२ संरचना तथा आईएसओ २००२२ मापदण्डमा आधारित बैंकिङ सेवा प्रणालीमार्फत वास्तविक समयको खाताको मौज्दात, भुक्तानी तथा हिसाब मिलान स्वचालित रूपमा गर्न सकिने उनले बताए । यसले व्यवसायको वित्तीय कारोबारलाई सहज, पारदर्शी र कम मानवीय हस्तक्षेपमा आधारित बनाउन सक्ने उनको भनाइ थियो । एड्रेसग्राफ नेपालका रिमालले स्थानीय समस्या समाधानका लागि स्थानीय प्रविधिको विकास आवश्यक रहेको बताए । २८ वर्षको प्रविधि विकास यात्रामा सयभन्दा बढी उत्पादन निर्माण गरेको उल्लेख गर्दै उनले नेपालमै निर्मित विद्युतीय मतदान उपकरणले पेटेन्ट अधिकार प्राप्त गरेको जानकारी दिए । सात वर्षको अनुसन्धानपछि विकास गरिएको ‘कताहो’ डिजिटल ठेगाना प्रणालीले तीन सेकेन्डमै स्थानको विवरण साझेदारी गर्न सकिने सुविधा दिने उनले बताए । थर्ड फ्याक्टर एआईका प्रजापतिले डिजिटल कारोबार विस्तार भए पनि बैंक खाता खोल्ने, बीमा दाबी गर्ने र पहिचान प्रमाणीकरणजस्ता सेवामा अझै भौतिक उपस्थितिको आवश्यकता रहेको बताए । डिजिटल पहिचान प्रमाणीकरण प्रविधिले बैंकिङ, बीमा तथा अन्य डिजिटल सेवाको प्रक्रिया सहज बनाउन र सेवाग्राहीको भौतिक उपस्थितिमा निर्भरता घटाउन सक्ने उनले बताए । ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित आयोजना भएको दोस्रो संस्करणको एक्स्पोमा छ क्षेत्रका ३० भन्दा बढी प्रविधि कम्पनी सहभागी थिए । साइबर सुरक्षा तथा डिजिटल विश्वास, वित्तीय प्रविधि तथा बैंकिङ, व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता तथा स्वचालन, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास क्षेत्रका कम्पनीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शन गरेका थिए । यस वर्ष पहिलोपटक युरोपेली संघको सहयोगमा स्टार्टअप प्याभिलियन स्थापना गरिएको थियो । ब्ल्याकफायर एआई, साइबर अलर्ट नेपाल, मेडीनेप्स, बुकयोरकाउन्सेलिङ, गोर्खा साइबर फोर्स र मिरागोलगायत स्टार्टअपले आफ्ना नवीनतम सेवा तथा प्रविधि प्रस्तुत गरेका थिए । एक्स्पोको उद्देश्य नेपाली प्रविधि कम्पनीलाई स्वदेशी खरिदकर्ता, सरकारी निकाय, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदारसँग जोड्नुका साथै नेपालमै प्रविधिमा आधारित रोजगारी र उद्यमशीलताको सम्भावना विस्तार गर्नु रहेको आयोजकले जनाएको छ । सन् २०२५ मा पहिलोपटक आयोजना गरिएको एक्स्पोमा दुई हजार पाँच सयभन्दा बढी अवलोकनकर्ता र ३० भन्दा बढी कम्पनी सहभागी भएका थिए । दोस्रो संस्करणमा प्रदर्शनीसँगै स्टार्टअप प्याभिलियन, पिच सत्र र प्यानल छलफल थप गरिएको थियो । एक्स्पोमा आकाशटेल मुख्य प्रायोजक, अम्निल टेक्नोलोजिज, एकबाना, ग्लोबल आईएमई बैंक र थर्ड फ्याक्६र एआइ सहप्रायोजक, डिशहोम इन्टरनेट साझेदार तथा किङ्स कलेज, एआरसी र बिजक सहयोगी संस्थाका रूपमा सहभागी थिए । कार्यक्रममा विभिन्न मित्रराष्ट्रका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाउँदै शुभकामना सन्देश व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय सहकार्य र साझा संवादलाई जोड दिइएको उक्त कार्यक्रममा कूटनीतिक क्षेत्रको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा जापान, दक्षिण कोरिया, बेलायत र स्विट्जरल्याण्डलगायत विभिन्न देशका राजदूतहरूले भिडियो सन्देशमार्फत आफ्नो धारणा राख्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । भिडियो सन्देशमार्फत उनीहरूले आपसी साझेदारी र निरन्तर सहकार्यको महत्त्वमाथि प्रकाश पारेका थिए । यसैगरी, अघिल्लो दिन सम्पन्न सत्रमा स्विट्जरल्याण्ड र बेलायतलगायत मित्रराष्ट्रका राजदूत तथा प्रतिनिधिहरूको प्रत्यक्ष उपस्थिति समेत रहेको थियो। प्रत्यक्ष सहभागिता तथा भिडियो सन्देशले कार्यक्रमलाई थप प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरमा अर्थपूर्ण बनाएको आयोजकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
तस्बिरमा प्रधानमन्त्री वालेन्द्र शाहको २८ घण्टा भारत भ्रमण
Latest NewsJust now

तस्बिरमा प्रधानमन्त्री वालेन्द्र शाहको २८ घण्टा भारत भ्रमण

गोरखापत्र अनलाइनकाठमाडौं, मंसिर ७ गते । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुई दिने राजकीय भ्रमणमा २८ घण्टासम्म नयाँ दिल्लीमा रही महत्वपूर्ण सम्झौता गरी स्वदेश फर्किनुभएको छ । भारत... ...

गोरखापत्र
बी-३४५ हवाई मार्ग दुईतर्फी गर्ने सहमति: बन्ला सिमराको विकल्प ?
Latest NewsJust now

बी-३४५ हवाई मार्ग दुईतर्फी गर्ने सहमति: बन्ला सिमराको विकल्प ?

काठमाडौं– नेपाल र भारतबीच काठमाडौं-भैरहवा-लखनउ जोड्ने बी-३४५ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्ने सहमति भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा भएको यो सहमतिलाई नेपालको नागरिक उड्डयन क्षेत्र, विशेषगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भविष्यसँग जोडेर हेरिएको छ। दुई देशका प्रधानमन्त्रीबीच भएको वार्तापछि जारी संयुक्त वक्तव्यको बुँदा नम्बर ८ मा बी-३४५ हवाई मार्गलाई दुवैतर्फ सञ्चालन गर्ने विषय समेटिएको छ। यसअघि नेपालबाट ...

विश्वखबर
एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० प्रदान
Latest NewsJust now

एनपीएल सिजन ३ का उत्कृष्ट तीन खेलाडीलाई बजाज पल्सर एन१६० प्रदान

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को समापनसँगै बजाज पल्सरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई पल्सर एन१६० मोटरसाइकल प्रदान गरेको छ। एनपीएल सिजन ३ को सह-प्रायोजक तथा आधिकारिक दुईपाङ्ग्रे सवारी साधन साझेदार बजाज पल्सरले सर्वाधिक विकेट लिने रिजन ढकाल, सर्वाधिक रन बनाउने लोकेश बम र इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट राहुल यादवलाई मोटरसाइकल प्रदान गरी सम्मान ...

केन्द्रबिन्दु
प्रस्तावित काठमाडौं-रक्सौल रेलमार्गको ‘फिल्ड लोकेशन सर्भे’ ले पायो पूर्णता
Latest NewsJust now

प्रस्तावित काठमाडौं-रक्सौल रेलमार्गको ‘फिल्ड लोकेशन सर्भे’ ले पायो पूर्णता

प्रस्तावित काठमाडौं-रक्सौल रेलमार्गको ‘फिल्ड लोकेशन सर्भे (स्थलगत सर्वेक्षण)’ ले पूर्णता पाएको छ।  प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुवै देशले प्रस्तावित रेलमार्गको ‘फिल्ड लोकेशन सर्भे’ लाई अन्तिम रुप दिएका हुन्। भ्रमणको क्रममा जारी गरिएको संयुक्त दृष्टिपत्र भनिएको छ, ‘दुई प्रधानमन्त्रीले प्रस्तावित रक्सौल-काठमाडौं विद्युतीय ब्... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement