Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

नास-आईटी एक्स्पो सफलतापूर्वक सम्पन्न स्वदेशी प्रविधि र अमेरिकी बजार विस्तारमा जोड

Share:WhatsAppFacebookX (Twitter)Telegram
नास-आईटी एक्स्पो सफलतापूर्वक सम्पन्न स्वदेशी प्रविधि र अमेरिकी बजार विस्तारमा जोड
Photo / Coverage: टक्सार

काठमाडौँ । नेपालको सूचना प्रविधि क्षेत्रको क्षमता, नवप्रवर्तन र व्यावसायिक सम्भावनालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजित‘नास–आइटी एक्स्पो’ उत्साहजनक सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको छ । आयोजक नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी)का अनुसार एक्स्पोमा ७ वटा विभिन्न प्रविधितथा सेवा क्षेत्रको प्रतिनिधित्व गर्ने ३१ वटा स्टलहरू राखिएका थिए । प्रदर्शनीको समग्र अवधिमा ४ हजारभन्दा बढी अवलोकनकर्ताले प्रत्यक्षभ्रमण गरी स्वदेशी प्रविधि सेवा, सफ्टवेयर समाधान र डिजिटल नवप्रवर्तनबारे जानकारी लिए । यसपटकको एक्स्पोमा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रह्यो नै, अझ विशेष रूपमा विद्यार्थीभन्दा पनि बैंकिङ क्षेत्र, कर्पोरेट निकाय रविभिन्न उद्योगका पेशाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको आयोजकले जनाएको छ । यसले प्रविधि प्रदर्शनीलाई प्रत्यक्ष व्यावसायिकसञ्जाल विस्तार र सहकार्यको प्रभावकारी थलोका रूपमा स्थापित गरेको छ । कार्यक्रममा सरकारी तथा राजनीतिक नेतृत्वको समेत चासो र उपस्थिति रहेको थियो। एक्स्पोमा सभामुख डीपी अर्याल, राजनीतिज्ञ सुमनाश्रेष्ठलगायत सरकारी तथा नीतिगत तहका विशिष्ट व्यक्तित्वहरूले अवलोकन गर्दै नेपालको सूचना प्रविधि उद्योगको विकास र प्रवद्र्धनमासकारात्मक ऊर्जा थपेका थिए । एक्स्पोअन्तर्गत आयोजित सारगर्भित प्यानल छलफलहरूमा विज्ञ सहजकर्ताहरूको संयोजनमा नेपालको सूचना प्रविधि क्षेत्रको वर्तमानअवस्था, डिजिटल रूपान्तरण र उद्योग–नीति सहकार्यका विषयमा सरोकारवालाबीच विमर्श गरिएको थियो । नेपाली प्रविधि कम्पनीलाई अमेरिकी बजारमा विस्तार गर्ने अवसर र स्वदेशमै प्रविधि उत्पादन तथा सेवाको प्रयोग बढाउने विषयमा प्यानलमाघनिभुत छलफल भएको थियो । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) ले ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शनिबार रआइतबार आयोजना गरेको एक्स्पोको दोस्रो दिन ‘सेलेक्ट यूएसए’ र ‘बिल्डिङ फ्रम विथ इन स्ट्रेन्ज्थेनिङ्ग नेपाल्स डिजिटल इकोनमी नेपाल्स टेक इकोसिस्टम’ शीर्षकमा प्यानल छलफल भएका थिए । दुवै छलफलमा नेपाली प्रविधि कम्पनीको अन्तर्राष्ट्रिय बजार प्रवेश, स्वदेशीउत्पादनको व्यावसायिक उपयोग र प्रविधि उद्यमबीच सहकार्यका सम्भावना उठाइएको थियो । अमेरिकी बजारमा नेपाली सूचना प्रविधि कम्पनीको विस्तार र सहकार्यका अवसरबारे आयोजित ‘सेलेक्ट यूएसए’ छलफलमा अमेरिकी दूतावासकीराजनीतिक तथा आर्थिक प्रमुख केट लिही, स्विफ्टफिन ग्लोबल कन्सल्टिङका प्रमुख कार्यकारी अधिकृत सितेश भट्टराई र यल्लो नेपालका प्रमुख कार्यकारी अधिकृत अनिश श्रेष्ठ सहभागी थिए । छलफलमा अमेरिकी बजारमा नेपाली कम्पनीको व्यावसायिक पहुँच, साझेदारी र बजार विस्तारका सम्भावनाबारे विचार आदानप्रदान गरिएको थियो । सो प्यानलमा अमिरराज थापाले मोडरेटरको भूमिका निभाएका थिए । त्यसपछि आयोजित ‘बिल्डिङ फ्रम विथ इन स्ट्रेन्ज्थेनिङ्ग नेपाल्स डिजिटल इकोनमी नेपाल्स टेक इकोसिस्टम’ छलफलमा नेपाली प्रविधिउद्यमीहरूले आफ्ना उत्पादन, नवप्रवर्तन र व्यावसायिक अनुभव प्रस्तुत गरे । एक्स्पो संयोजक प्रार्थना साखःले सहजकर्ताको भूमिका निभाएकोप्यानलमा आकाश टेकका संस्थापक तथा प्रबन्ध निर्देशक बृजेशप्रसाद गुप्ता, र्‍यापिडका प्रमुख कार्यकारी अधिकृत आशुतोष साह, एड्रेसग्राफनेपाल (कताहो) का संस्थापक तथा सल्लाहकार लक्ष्मणप्रसाद रिमाल र थर्ड फ्याक्टर एआईका प्रमुख व्यवसाय अधिकृत सोजन प्रजापति सहभागी थिए । गुप्ताले सन् २००८ देखि सुरु भएको उद्यमशीलता यात्राबाट विकसित एआई प्रणालीबारे जानकारी दिँदै पाठ र आवाजमा आधारित संवादलाईएकीकृत गर्ने प्रविधि निर्माण गरेको बताए । उक्त प्रणालीले फोन, ह्वाट्सएप, फेसबुक र टेलिग्रामलगायत माध्यमबाट हुने ग्राहक संवादलाईएउटै प्रणालीमा व्यवस्थापन गर्न, संवादकै आधारमा भेटघाटको समय तय गर्न तथा प्रस्ताव तयार गरी पठाउन सक्ने उनले बताए । नेपाली प्रविधिउत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा विस्तार गर्ने क्रममा आगामी जनवरी १५ मा भारतमा आकाशटेल सार्वजनिक गर्ने तयारी रहेको उनले जानकारीदि ए। र्‍यापिडका साहले बैंकिङ प्रणाली र व्यावसायिक लेखा सफ्टवेयरबीच प्रत्यक्ष एकीकरण सम्भव हुने प्रविधिबारे चर्चा गरे । युरोपको पीएसडी–२संरचना तथा आईएसओ २००२२ मापदण्डमा आधारित बैंकिङ सेवा प्रणालीमार्फत वास्तविक समयको खाताको मौज्दात, भुक्तानी तथा हिसाबमिलान स्वचालित रूपमा गर्न सकिने उनले बताए । यसले व्यवसायको वित्तीय कारोबारलाई सहज, पारदर्शी र कम मानवीय हस्तक्षेपमा आधारितबनाउन सक्ने उनको भनाइ थियो । एड्रेसग्राफ नेपालका रिमालले स्थानीय समस्या समाधानका लागि स्थानीय प्रविधिको विकास आवश्यक रहेको बताए । २८ वर्षको प्रविधिविकास यात्रामा सयभन्दा बढी उत्पादन निर्माण गरेको उल्लेख गर्दै उनले नेपालमै निर्मित विद्युतीय मतदान उपकरणले पेटेन्ट अधिकार प्राप्तगरेको जानकारी दिए । सात वर्षको अनुसन्धानपछि विकास गरिएको ‘कताहो’ डिजिटल ठेगाना प्रणालीले तीन सेकेन्डमै स्थानको विवरण साझेदारी गर्न सकिने सुविधा दिने उनले बताए । थर्ड फ्याक्टर एआईका प्रजापतिले डिजिटल कारोबार विस्तार भए पनि बैंक खाता खोल्ने, बीमा दाबी गर्ने र पहिचान प्रमाणीकरणजस्ता सेवामाअझै भौतिक उपस्थितिको आवश्यकता रहेको बताए । डिजिटल पहिचान प्रमाणीकरण प्रविधिले बैंकिङ, बीमा तथा अन्य डिजिटल सेवाको प्रक्रिया सहज बनाउन र सेवाग्राहीको भौतिक उपस्थितिमा निर्भरता घटाउन सक्ने उनले बताए । ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ भन्ने नारासहित आयोजना भएको दोस्रो संस्करणको एक्स्पोमा छ क्षेत्रका ३० भन्दा बढी प्रविधिकम्पनी सहभागी थिए । साइबर सुरक्षा तथा डिजिटल विश्वास, वित्तीय प्रविधि तथा बैंकिङ, व्यावसायिक सफ्टवेयर, कृत्रिम बुद्धिमत्ता तथास्वचालन, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि तथा जनशक्ति विकास क्षेत्रका कम्पनीले आफ्ना उत्पादन तथा सेवा प्रदर्शनगरेका थिए । यस वर्ष पहिलोपटक युरोपेली संघको सहयोगमा स्टार्टअप प्याभिलियन स्थापना गरिएको थियो । ब्ल्याकफायर एआई, साइबर अलर्ट नेपाल,मेडीनेप्स, बुकयोरकाउन्सेलिङ, गोर्खा साइबर फोर्स र मिरागोलगायत स्टार्टअपले आफ्ना नवीनतम सेवा तथा प्रविधि प्रस्तुत गरेका थिए ।एक्स्पोको उद्देश्य नेपाली प्रविधि कम्पनीलाई स्वदेशी खरिदकर्ता, सरकारी निकाय, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदारसँग जोड्नुका साथै नेपालमै प्रविधिमा आधारित रोजगारी र उद्यमशीलताको सम्भावना विस्तार गर्नु रहेको आयोजकले जनाएको छ । सन् २०२५ मा पहिलोपटक आयोजना गरिएको एक्स्पोमा दुई हजार पाँच सयभन्दा बढी अवलोकनकर्ता र ३० भन्दा बढी कम्पनी सहभागी भएकाथिए । दोस्रो संस्करणमा प्रदर्शनीसँगै स्टार्टअप प्याभिलियन, पिच सत्र रप्यानल छलफल थप गरिएको थियो । एक्स्पोमा आकाशटेल मुख्य प्रायोजक, अम्निल टेक्नोलोजिज, एकबाना, ग्लोबल आईएमई बैंक र थर्ड फ्याक्६र एआइ सहप्रायोजक, डिशहोम इन्टरनेट साझेदार तथा किङ्स कलेज, एआरसी र बिजक सहयोगी संस्थाका रूपमा सहभागी थिए । कार्यक्रममा विभिन्न मित्रराष्ट्रका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूले सक्रिय सहभागिता जनाउँदै शुभकामना सन्देश व्यक्तगरेका छन्। अन्तर्राष्ट्रिय सहकार्य र साझा संवादलाई जोड दिइएको उक्त कार्यक्रममा कूटनीतिक क्षेत्रको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा जापान, दक्षिण कोरिया, बेलायत र स्विट्जरल्याण्डलगायत विभिन्न देशका राजदूतहरूले भिडियो सन्देशमार्फत आफ्नो धारणा राख्दैकार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए । भिडियो सन्देशमार्फत उनीहरूले आपसी साझेदारी र निरन्तर सहकार्यकोमहत्त्वमाथि प्रकाश पारेका थिए । यसैगरी, अघिल्लो दिन सम्पन्न सत्रमा स्विट्जरल्याण्ड र बेलायतलगायत मित्रराष्ट्रका राजदूत तथा प्रतिनिधिहरूको प्रत्यक्ष उपस्थिति समेत रहेकोथियो। प्रत्यक्ष सहभागिता तथा भिडियो सन्देशले कार्यक्रमलाई थप प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरमा अर्थपूर्ण बनाएको आयोजकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
धनुषा प्रहरीको आलोचना भएपछि किसानसँग ठगी गर्ने राइस मिल सञ्चालक साह फेरि पक्राउ
Latest NewsJust now

धनुषा प्रहरीको आलोचना भएपछि किसानसँग ठगी गर्ने राइस मिल सञ्चालक साह फेरि पक्राउ

साहलाई पक्राउ गरेर भर्खरै जिल्ला प्रहरी कार्यालय, धनुषा ल्याइएको र आवश्यक प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय, सिरहा पठाउने तयारी भइरहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । ...

कान्तिपुर
रिजन ढकाललाई हेटौँडा उपमहानगरको एक लाखसहित सम्मान
Latest NewsJust now

रिजन ढकाललाई हेटौँडा उपमहानगरको एक लाखसहित सम्मान

मकवानपुर । हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका क्रिकेटर रिजन ढकाललाई हेटौँडा उपमहानगरपालिकाले नगदसहित सम्मान गरेको छ । चितवन राइनोजका दायाँ हाते तीव्र गतिका बलर... ...

रातोपाटी
कमला नदीको धार परिवर्तन सम्पन्न
Latest NewsJust now

कमला नदीको धार परिवर्तन सम्पन्न

सिराहा समाचारदाता सिराहा, मङ्सिर ७ गते । सिराहा–धनुषा जोड्ने र हुलाकी सडकमार्गमा पर्ने कमला नदीको पुल सञ्चालनमा ल्याउन पुलमुनिबाट पानी बग्ने किसिमले धार परिवर्तन गर्ने काम सकिएको छ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement