Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

नारायणगोपाल स्मृति विशेष सम्मान र पुरस्कार घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
नारायणगोपाल स्मृति विशेष सम्मान र पुरस्कार घोषणा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नारायणगोपाल संगीत कोषले वरिष्ठ नृत्यकार भैरवबहादुर थापालाई विशेष सम्मान प्रदान गर्ने भएको छ । सम्मानस्वरूप थापालाई ५५ हजार ५५५ रुपैयाँ प्रदान गरिने कोषले जनाएको छ । स्वरसम्राट नारायणगोपालको ३६औं स्मृति दिवसका अवसरमा यही मंसिर १९ गते आयोजना हुने स्रष्टा सम्मान, पुरस्कार वितरण तथा सांगीतिक कार्यक्रममा थापालाई नृत्य विधातर्फ विशेष सम्मान प्रदान गर्न लागिएको हो । नेपाली वाङ्मय र कलाका विभिन्न विधालाई समेट्दै सांगीतिक क्षेत्रको समग्र योगदानको कदर गर्ने उद्देश्यले यसवर्ष नृत्य विधाका मूर्धन्य कलाकार थापालाई सम्मान गर्न लागिएको कोषले जनाएको छ । कोषका अध्यक्ष दीपक केसीद्वारा जारी विज्ञप्तिमा नेपाली कला तथा संस्कृतिको क्षेत्रमा थापाले पुर्‍याएको योगदानको कदरस्वरूप सम्मान प्रदान गर्ने निर्णय गरिएको उल्लेख छ । यसैगरी, यस वर्षको नारायणगोपाल संगीत सम्मान गायनतर्फ गायक प्रकाश श्रेष्ठ, संगीततर्फ संगीतकार भुपेन्द्र रायमाझी र गीत रचनातर्फ गीतकार प्रमोद ढुंगानालाई प्रदान गरिने भएको छ । तीनै विधाका सम्मानको राशि जनही ५१ हजार रुपैयाँ रहेको कोषका अध्यक्ष केसीले जानकारी दिनुभएको छ । नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिनुहुन्छ । स्वरसम्राट नारायण गोपालको जन्म विक्रम संवत १९९६ साल असोज १८ मा बाबु आशा गोपाल र आमा रामदेवी गुरुवाचार्यको कोखबाट काठमाडौंको किलगालमा भएको थियो । बीसको दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गर्नुभएको थियो । ३० वर्ष लामो गायनयात्रामा उहाँले १३७ गीत गाएको संगीतका अध्येता प्रकाश सायमी बताउँनुहुन्छ । आधुनिक गीतका साथै उहाँले केही चलचित्रमा समेत गाउनुभएको छ । सांस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उहाँले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गर्नुभएको थियो । नारायणगोपालले ‘श्रद्धाको फूल चढाइदिनु’, ‘दुईटा फूल देउरालीमा’, ‘बुझ्नै सकिनौ तिमीले’, ‘चिनारी हाम्रो धेरै पुरानो’, ‘अल्झेछ क्यारे पछ्यौरी तिम्रो’, आजै र राति के देखेँ सपना’,‘पोखिएर घामको झुल्का’, ‘तिम्रो जस्तो मुटु मेरो पनि’, ‘पर्खी बसेँ आउला भनी’, ‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी मायाकी खानी’, ‘ए कान्छा ठट्टैमा यो बैस जान लाग्यो’, ‘सिरीमा सिरी नि कान्छा’ लगायत गीत आज पनि उत्तिकै लोकप्रिय छन् । नारायणगोपालको निधन २०४७ मंसिर १९ गते भएको थियो । गोरखा दक्षिण बाहु, चौथो, इन्द्रराज्यलक्ष्मी प्रज्ञा, छिन्नलता, जगदम्बाश्रीलागायत प्रतिष्ठित पुरस्कार पाउनुभएका उहाँलाई २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो प्रदान गरिएको थियो । दार्जिलिङकी पेमला लामासँग विवाह गर्नुभएका नारायणगोपाल निःसन्तान रहनुभयो । पेमलाको पनि निधन भइसकेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पर्यटक पर्खिरहेको डिल्पु कुण्ड
Latest NewsJust now

पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

रसुवा । हिमाली जिल्ला रसुवा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र जैविक विविधतामा धनी रहेको छ । यहाँको गोसाईंकुण्ड र पार्वतीकुण्डजस्ता गन्तव्य स्वदेश तथा विदेशमा परिचित रहे पनि कतिपय आकर्षक स्थल अझै... ...

रातोपाटी
कुमालको पहिचान : इतिहास, अस्तित्वसँगै अधिकार
Latest NewsJust now

कुमालको पहिचान : इतिहास, अस्तित्वसँगै अधिकार

नेपाल सयौं जातजाति, भाषा, संस्कृति र परम्पराले सुसज्जित सुन्दर बगैँचा हो । यस बगैँचामा प्रत्येक समुदायको आफ्नै रङ, सुगन्ध र विशिष्ट महत्त्व छ । कुनै फूलको महत्त्व त्यसको आकारले मात्र निर्धारण गर्दैन, त्यसको मौलिकता र समग्र बगैँचामा पुर्‍याएको योगदानले पनि निर्धारण गर्छ । नेपालको सामाजिक तथा सांस्कृतिक विविधताभित्र कुमाल समुदाय पनि एउटा विशिष्ट फूल हो तर यस समुदायको इतिहास, भाषा, ...

हिमालय टाइम्स
कान्ति ताल बेवारिसे, भत्कँदै संरचना
Latest NewsJust now

कान्ति ताल बेवारिसे, भत्कँदै संरचना

बाँके । पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब रु १० करोड खर्च गरेर निर्माण गरिएको नेपालगन्जको कान्ति ताल संरक्षण र व्यवस्थापनको अभावमा जीर्ण बन्दै गएको छ । उपमहानगरपालिकाले ठुलो लगानी... ...

रातोपाटी
पुरानाकै बाटोमा
Latest NewsJust now

पुरानाकै बाटोमा

सत्तारुढ दलका सांसदहरू यतिबेला विश्वका विभिन्न मुलुकको भ्रमणमा रहनुभएको छ । भ्रमणका उद्देश्य फरक-फरक होलान् र उहाँहरू फरक-फरक मुलुकको भ्रमण गरिरहनु भएको छ तर यसले नयाँहरू पनि पुरानै सरकार र दलहरूको पदचाप पछ्याउँदै अगाडि बढिरहनु भएको छ भन्ने पुष्टि गर्छ । सत्ता परिवर्तन भएर ३५ वर्षदेखिका निरन्तर पालोफेरोमा दोहोरिने तीन दलहरूभन्दा भिन्न लक्ष्य, उद्देश्य र मार्ग तयार गर्ने प्रतिबद्धताकासाथ आएको ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play