Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

नाफामा फर्किए फाइनान्स कम्पनी, अझै ५ अर्बभन्दा बढी सञ्चित नोक्सानी

Share:WhatsAppFacebookX (Twitter)Telegram
नाफामा फर्किए फाइनान्स कम्पनी, अझै ५ अर्बभन्दा बढी सञ्चित नोक्सानी
Photo / Coverage: आर्थिक न्यूज

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमाफाइनान्स कम्पनीहरु समग्रमा नाफामा फर्किएका छन् । कम्पनीहरुले पहिलो तीन महिनामा ३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरु ३१ करोड २३ लाख रुपैयाँ खुद नोक्सानीमा थिए ।

नाफामा फर्किए पनि फाइनान्स कम्पनीहरुको सञ्चित नोक्सानी भने उच्च छ । पहिलो त्रैमाससम्ममा १४ कम्पनीको रिटेन्ड अर्निङ समग्रमा ५ अर्ब ११ करोड ४५ लाख रुपैयाँले ऋणात्मक छ । ४ कम्पनीको मात्रै रिटेन्ड अर्निङ धनात्मक छ भने बाँकी १० कम्पनीको सञ्चित नोक्सानी छ ।

पोखरा फाइनान्सको रिटेन्ड अर्निङ १ अर्ब ८६ करोड ९ लाख रुपैयाँले ऋणात्मक छ । त्यस्तै, जानकी फाइनान्सको १ अर्ब १७ करोड ८२ लाख रुपैयाँले ऋणात्मक छ । रिलायन्स फाइनान्सको २८ करोड ९६ लाख, गुडविल फाइनान्सको ३८ करोड ३५ लाख, बेस्ट फाइनान्सको ४४ करोड १६ लाख र गोर्खाज फाइनान्सको ४१ करोड ४४ लाख रुपैयाँ रिटेन्ड अर्निङ ऋणात्मक छ ।

अर्कोतर्फ, मञ्जुश्री फाइनान्सको रिटेन्ड अर्निङ ३८ करोड ६५ लाख, गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको १२ लाख ९२ हजार, श्री इन्भेष्टमेन्ट फाइनान्सको ४ करोड ६१ लाख र मल्टिपर्पस फाइनान्सको ३ करोड ५९ लाख रुपैयाँ धनात्मक छ ।फाइनान्स कम्पनीहरुको जगेडा कोषमा भने समग्रमा ९ अर्ब १९ करोड रुपैयाँ छ ।

गोर्खाज र बेस्ट घाटाबाट नाफामा

पहिलो त्रैमासमा सबैभन्दा धेरै नाफा कमाउने कम्पनीमा आईसीएफसी फाइनान्स रहेको छ । कम्पनीले ६ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा यसको नाफा २ करोड २४ लाख रुपैयाँ थियो । यससँगै आईसीएफसीको नाफा २१०.७९ प्रतिशत बढेको छ ।

गोर्खाज फाइनान्सले ६ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्ष ४ करोड २४ लाख रुपैयाँ घाटामा रहेको कम्पनी यस वर्ष नाफामा फर्किएको हो । गुडविल फाइनान्सले ६ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको नाफा गत वर्षको तुलनामा ६८.९२ प्रतिशत बढेको हो ।

त्यस्तै, बेस्ट फाइनान्स पनि गत वर्ष ५ करोड ४७ लाख रुपैयाँ घाटामा रहेकोमा यस वर्ष २ करोड १४ लाख रुपैयाँ नाफामा फर्किएको छ । श्री इन्भेष्टमेन्ट फाइनान्सको नाफा ४७०.७२ प्रतिशत बढेर १ करोड ९६ लाख रुपैयाँ पुगेको छ । सेन्ट्रल फाइनान्सले २ करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा १३.५४ प्रतिशत बढी हो ।

मञ्जुश्री फाइनान्सको नाफा भने ४८.५७ प्रतिशत घटेर २ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ । मल्टिपर्पस फाइनान्सको नाफा ७५.९३ प्रतिशत घटेर ३२ लाख ६५ हजार रुपैयाँमा झरेको छ ।

गुहेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको घाटा उल्लेख्य घटेको छ । गत वर्ष ३ करोड ७ लाख रुपैयाँ घाटामा रहेको कम्पनीको यस वर्षको घाटा ३५ लाख ७५ हजार रुपैयाँमा सीमित भएको छ । जानकी फाइनान्स पनि गत वर्ष १८ लाख ४५ हजार रुपैयाँ नाफामा रहेकोमा यस वर्ष ८५ लाख ८५ हजार रुपैयाँ घाटामा गएको छ ।

नेपाल फाइनान्सको घाटा गत वर्ष ५ करोड ९५ लाख रुपैयाँ रहेकोमा यस वर्ष २ करोड ९९ लाख रुपैयाँमा झरेको छ । प्रोग्रेसिभ फाइनान्सको घाटा भने ३ करोड ९० लाखबाट बढेर ४ करोड ३१ लाख रुपैयाँ पुगेको छ । पोखरा फाइनान्सको घाटा ६ करोड ४५ लाखबाट घटेर ४ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ । रिलायन्स फाइनान्सको घाटा पनि १६ करोड ४८ लाखबाट घटेर १२ करोड २ लाख रुपैयाँमा झरेको छ ।

खुद ब्याज आम्दानी २३ प्रतिशत बढ्यो

फाइनान्स कम्पनीहरुको खुद ब्याज आम्दानीमा पनि सुधार देखिएको छ । १४ कम्पनीको खुद ब्याज आम्दानी २३.२१ प्रतिशत बढेर १ अर्ब १४ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो आम्दानी ९२ करोड ८८ लाख रुपैयाँ थियो ।

खुद ब्याज आम्दानी सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सको २३ करोड ३ लाख रुपैयाँ छ । आईसीएफसी फाइनान्सको १८ करोड ६३ लाख, रिलायन्स फाइनान्सको १० करोड ६५ लाख र गोर्खाज फाइनान्सको ९ करोड ७४ लाख रुपैयाँ खुद ब्याज आम्दानी छ ।

वृद्धिदरका आधारमा जानकी फाइनान्स अगाडि छ । कम्पनीको खुद ब्याज आम्दानी २५१.०३ प्रतिशत बढेर ६ करोड ११ लाख रुपैयाँ पुगेको छ । रिलायन्स फाइनान्सको ६२.९६ प्रतिशत, सेन्ट्रल फाइनान्सको ४६.८५ प्रतिशत र बेस्ट फाइनान्सको ४५.५६ प्रतिशत बढेको छ । श्री इन्भेष्टमेन्ट फाइनान्सको भने खुद ब्याज आम्दानी २०.४९ प्रतिशत घटेको छ ।

ब्याज आम्दानी बढे पनि ठूलो रकम कर्जा नोक्सानी व्यवस्थापन (इम्पेयरमेन्ट चार्ज) का लागि छुट्याउनुपर्दा कम्पनीहरुको नाफामा दबाब परेको देखिन्छ । यद्दपि, केही कम्पनीको इम्पेयरमेन्ट चार्ज गत वर्षको तुलनामा घटेको र केहीले रिभर्स गरेकाले समग्र नाफामा सुधार आएको हो ।

गोर्खाजको प्रतिसेयर आम्दानी सबैभन्दा उच्च

पहिलो त्रैमासमा गोर्खाज फाइनान्सको प्रतिसेयर आम्दानी (ईपीएस) सबैभन्दा धेरै ३१ रुपैयाँ ९ पैसा छ । गुडविल फाइनान्सको २६ रुपैयाँ ७० पैसा र आईसीएफसी फाइनान्सको २३ रुपैयाँ ५९ पैसा छ । बेस्ट फाइनान्सको ईपीएस ९ रुपैयाँ ६३ पैसा, सेन्ट्रल फाइनान्सको ८ रुपैयाँ ८३ पैसा र श्री इन्भेष्टमेन्ट फाइनान्सको ७ रुपैयाँ ८६ पैसा छ ।

१४ कम्पनीको औसत ईपीएस २ रुपैयाँ ९२ पैसा छ । आठ कम्पनीको ईपीएस धनात्मक भए पनि गुहेश्वरी, पोखरा, नेपाल, जानकी, प्रोग्रेसिभ र रिलायन्स फाइनान्सको ईपीएस ऋणात्मक छ । रिलायन्स फाइनान्सको ईपीएस सबैभन्दा कम ऋणात्मक ४२ रुपैयाँ ९० पैसा छ । प्रतिसेयर नेटवर्थका आधारमा गुडविल फाइनान्स अगाडि छ ।

कम्पनीको नेटवर्थ २१७ रुपैयाँ ३६ पैसा छ । मञ्जुश्री फाइनान्सको १९३ रुपैयाँ ५८ पैसा, आईसीएफसीको १८४ रुपैयाँ ६ पैसा र गोर्खाजको १७४ रुपैयाँ ११ पैसा छ । जानकी फाइनान्सको नेटवर्थ भने ८ रुपैयाँ २२ पैसा ऋणात्मक छ ।

जानकी फाइनान्सको निष्क्रिय कर्जा ६३ प्रतिशत

कम्पनीहरुको खराब कर्जा (एनपीएल) मा पनि ठूलो अन्तर देखिएको छ । जानकी फाइनान्सको निष्क्रिय कर्जा अनुपात सबैभन्दा उच्च ६२.९२ प्रतिशत छ । पोखरा फाइनान्सको १९.४२ प्रतिशत र नेपाल फाइनान्सको १३.७४ प्रतिशत छ । गोर्खाज फाइनान्सको १३.४५ प्रतिशत, बेस्ट फाइनान्सको ९.७३ प्रतिशत र रिलायन्स फाइनान्सको ९.६७ प्रतिशत छ ।

आईसीएफसी फाइनान्सको निष्क्रिय कर्जा अनुपात सबैभन्दा कम १.९५ प्रतिशत छ । श्री इन्भेष्टमेन्ट फाइनान्सको ३.१८ प्रतिशत, मल्टिपर्पस फाइनान्सको ३.६२ प्रतिशत र मञ्जुश्री फाइनान्सको ४.३७ प्रतिशत छ । १४ कम्पनीको औसत निष्क्रिय कर्जा अनुपात १२.०९ प्रतिशत रहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आर्थिक न्यूज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सेयर बजारका सबै सूचक झरे, नेप्से २६५७ अंकमा
Economy & BusinessJust now

सेयर बजारका सबै सूचक झरे, नेप्से २६५७ अंकमा

काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ३२.६५ अंक घटेको छ । कारोबार सुरु भएपछि आज दिनभर बजार रातो अंकमा रह्यो । आजको कारोबारपछि बजार परिसूचक नेप्से २६५७ अंकमा कायम भएको छ । यसअघिको कारोबार दिन नेप्से ५ अंक मात्रै घटेको थियो । बजार परिसूचक नेप्सेसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन […] ...

लोकपथ
न्यायपालिकाबारे भ्रामक समाचार नफैलाउन सर्वोच्चको आग्रह
Economy & BusinessJust now

न्यायपालिकाबारे भ्रामक समाचार नफैलाउन सर्वोच्चको आग्रह

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अदालतले तथ्यमा आधारित, निष्पक्ष र स्वतन्त्र ढंगबाट समाचार सम्प्रेषण गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । सोमबार जारी प्रेस विज्ञप्तिमार्फत सर्वोच्च अदालतले संविधान र कानुनको सर्वोच्चता तथा कानुनको श… ...

आर्थिक न्यूज
साताको पहिलो दिनमै सेयर बजारमा पहिरो, नेप्से ३२ अंकले घट्यो
Economy & BusinessJust now

साताको पहिलो दिनमै सेयर बजारमा पहिरो, नेप्से ३२ अंकले घट्यो

काठमाडौं– साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। गत साता २ प्रतिशतभन्दा बढीले बढेको बजार यो साताको पहिलो कारोबार दिनमै १ प्रतिशतभन्दा बढीले ओरालो लागेको हो। ...

आजको अर्थ
न्यायपालिकाबारे समाचार लेख्दा भ्रम नफैलाउन सर्वोच्चको चेतावनी
Economy & BusinessJust now

न्यायपालिकाबारे समाचार लेख्दा भ्रम नफैलाउन सर्वोच्चको चेतावनी

सर्वोच्च अदालतले प्रधानन्यायाधीश तथा न्यायाधीशहरूको नाम जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अदालतले तथ्यमा आधारित, ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play