Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आए पनि व्यवस्थित हुन नसकिरहेको गुनासो, व्यवस्थित गर्न के गरिँदै छ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
नागढुङ्गा सुरुङमार्ग सञ्चालनमा आए पनि व्यवस्थित हुन नसकिरहेको गुनासो, व्यवस्थित गर्न के गरिँदै छ?
Photo / Coverage: बीबीसी नेपाली

नागढुङ्गा सिस्नेखोला सुरुङमार्गमा टोल रकम भुक्तानीलाई थप सहज र छिटो बनाउन आरएफआईडी (रेडियो-फ्रिक्वेन्सी आइडेन्टिफिकेसन)मा आधारित ट्यागमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था गर्न लागिएको उक्त आयोजनाका आयोजना प्रमुखले बताएका छन्।सुरुङमार्ग सञ्चालनमा आएर टोल दस्तुर सङ्कलन गर्न थालिए पनि त्यहाँबाट आवतजावत गर्ने सवारीसाधनमा खासगरी व्यस्त समयमा अस्तव्यस्तता देखिएको भन्दै सामाजिक सञ्जालहरूमा मानिसहरूले गुनासो गरिरहेका बेला आयोजना प्रमुखले यस्तो बताएका हुन्।ओभरलोड र सुस्त गतिमा गुड्ने सवारीसाधनका कारण अन्य सवारीसाधनले तोकिएको गतिमा यात्रा गर्न नसकेका कारण पनि समस्या देखिएको अधिकारीहरूले बताएका छन्।साउनको दोस्रो साता औपचारिक उद्घाटन भएर सञ्चालनमा आएको उक्त सुरुङमार्गमा टोल दस्तुर तिरेर यात्रा गर्न पाउने नियम गत कात्तिक १५ गतेबाट सुरु गरिएको हो। नागढुङ्गा सुरुङमार्ग यसरी सञ्चालनमा आउँदै छनागढुङ्गा सुरुङ परियोजनामा ढिलाइ हुँदा कति नोक्सान भइरहेको छ समस्या बढ्दै गए अहिले आपत्कालीन अवस्थाका लागि बनाइएको सानो सुरुङलाई बिस्तार गर्नुपर्ने हुन सक्ने सुरुङ विज्ञ श्रीराम न्यौपाने बताउँछन्।दैनिक करिब ४२ सय देखि ९०० सम्म सङ्ख्यामा सवारीसाधनहरू आवतजावत भएको र दैनिक साढे तीन लाखदेखि करिब १५ लाख रुपैयाँसम्म शुल्क उठेको बताइएको छ। शनिवारसम्म करिब १४ दिनमा १ करोड ५१ लाख रुपैयाँ जम्मा भएको आयोजनाले जनाएको हो।अहिले देखिएका समस्या कस्ता छन्? अहिले सुरुङ मार्गमा गुड्ने सवारी साधनमा देखिएका समस्या समाधानका लागि ओभरलोड जाँच तथा सवारीसाधनको अवस्था परीक्षण गर्ने तयारी भइरहेको आयोजना प्रमुख सौजन्य नेपालले बताएका छन्।साथै सवारीसाधनबाट अत्यधिक प्रदूषण हुने समस्या पनि देखिएकाले सुरुङ मार्ग बाहिर धुवाँ परीक्षण गर्ने व्यवस्था मिलाउने तयारी भइरहेको उनले बताए।"गाडी बिग्रिएमा १० मिनेटभित्रै टोइङ मिसिनले तानेर बाहिर निकाल्ने व्यवस्था छ, उपकरण र अपरेटरहरू २४ सै घण्टा तम्तयार छन्," आयोजना प्रमुख नेपालले भने।"टोल रकम भुक्तानीलाई थप सहज र छिटो बनाउन आरएफआईडी (रेडियो-फ्रिक्वेन्सी आइडेन्टिफिकेशन)मा आधारित ट्यागमार्फत् भुक्तानी गर्न सकिने व्यवस्था मंसिरभित्रै सुरु गर्ने तयारी छ।"त्यसका लागि विभिन्न ८ वटा ब्याङ्कमार्फत् ट्याग प्राप्त गर्न सकिने तथा र विभिन्न डिजिटल वालेटबाट सिधै रकम रिचार्ज गर्न मिल्ने व्यवस्था गरिएको उनले बताए।"अहिले म्यानुअल टोल सङ्कलन गर्दा प्रति सवारीसाधन करिब १५-२५ सेकेन्ड लागिरहेकोमा आरएफआईडी प्रणाली सञ्चालनमा आएपछि करिब ५-६ सेकेन्डमा झर्ने अपेक्षा गरिएको अधिकारीहरूले बताएका हुन्," उनले भने।"नेपालमै पहिलो पटक यस प्रकारको प्रणाली सुरु गर्न लागिएको हो। हालको म्यानुअल टोल सङ्कलन प्रणालीलाई समेत सकेसम्म पारदर्शी र व्यवस्थित बनाउने प्रयास गरिएको छ।" 'इन्धन बचतका लागि' नागढुङ्गा सुरुङमार्ग अस्थायी सञ्चालनमा ल्याउने उपाय कति व्यावहारिकनागढुङ्गा सुरुङ परियोजनामा ढिलाइ हुँदा कति नोक्सान भइरहेको छ टोल दस्तुरबाट उठेको रकमको व्यवस्थापन कसरी गरिन्छ?करिब २७ सय मिटर लामो उक्त सुरुङ भएर राजधानी प्रवेश गर्ने प्रत्येक कार र भ्यानले ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने सरकारले निर्णय गरेको थियो।त्यस्तै काठमाण्डू आउँदा प्रत्येक मिनिबस र मिनिट्रकलाई ११५ रुपैयाँ र फर्कँदा ८० रुपैयाँ तोकिएको छ।बस तथा ट्रकले भने काठमाण्डू छिर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ दस्तुर तिर्नुपर्ने छ।भारी उपकरणका सवारीसाधनको हकमा अलि महँगो दस्तुर तोकिएको छ। त्यस्ता सवारीसाधनले काठमाण्डू आउँदा ६०० रुपैयाँ र फर्कँदा २५० रुपैयाँ दस्तुर तिर्नुपर्ने हुन्छ।टोल दस्तुरमार्फत् उठेको रकम सडक बोर्ड नेपालको खातामा जम्मा हुन्छ र त्यो रकम सडक मर्मत सम्भारमा प्रयोग हुने अधिकारीहरूले बताएका छन्।सुरुङ मार्गको सञ्चालन र व्यवस्थापनको लागि युसिन रोड एन्ड ब्रिज डेभलपमेन्ट र नेपाली कम्पनी एआरटी कन्स्ट्रक्सन (युसिन-एआरटी जेभी) जोइन्ट भेन्चर्सलाई जिम्मा दिइएको थियो।उसले सुरक्षा व्यवस्थापन, टोल सङ्कलन, ट्राफिक र अनुगमन, मर्मतलगायत सबै काम गर्छ।यो सुरुङमार्ग निर्माणका लागि करिब ३० अर्ब रुपैयाँ खर्च हुने देखिएको र उक्त खर्च रकम उठाउन उनको अनुमानमा करिब २० वर्ष लाग्ने सुरुङ विज्ञ श्रीराम न्यौपाने बताउँछन्।"इन्धनको लागत खर्चदेखि लिएर सबै अप्रत्यक्ष खर्च हिसाब गर्दा २० वर्षमा साँवा ब्याज उठ्छ," न्यौपानेले भने।नेपालजस्तो अर्थतन्त्र भएको देशमा १५ देखि २० वर्षभित्र साँवाब्याज नउठ्ने हो भने त्यो आर्थिक पक्षबाट बनाउन उपयुक्त नहुने उनी ठान्छन्।बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एआई सामग्रीलाई बौद्धिक चोरी ठहर गर्ने अभ्यासविरुद्ध सर्वोच्चमा रिट
Latest NewsJust now

एआई सामग्रीलाई बौद्धिक चोरी ठहर गर्ने अभ्यासविरुद्ध सर्वोच्चमा रिट

एआई प्रयोग गरेर तयार पारिएका शैक्षिक सामग्रीलाई सीधै प्लेजरिज्म अर्थात् बौद्धिक चोरी ठहर गर्ने अभ्यासविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । ...

कान्तिपुर
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ४२६ जनालाई कारबाही
Latest NewsJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ४२६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४२६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४१, सिसिटिभिमार्फत ४५, रातोबत्तीमा ५७ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १०८, हर्न निषेधमा १२, अवस्था ठिक नभएको ८ जना र अन्यमा १५१ जना चालकलाई कारबाही ...

अनलाइनपाना
यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर
Latest NewsJust now

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

• नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको नयाँ विनिमयदर आजका लागि निर्धारण गरेको छ, जसमा अमेरिकी डलरको खरिददर १५०.४९ र बिक्रीदर १५१.०९ रुपैयाँ रहेको छ। • अन्य मुद्राहरूको खरिद र बिक्रीदर पनि तोकिएको छ, जस्तै युरो, पाउन्ड, स्वीस फ्र्याङ्क र भारतीय रुपैयाँ। • राष्ट्र बैंकले विनिमयदरलाई आवश्यकतानुसार संशोधन गर्न सक्ने जानकारी दिएको छ, र वाणिज्य बैंकले तोक्ने विनिमयदर फरक हुनसक्नेछ। ...

नेपालबहस
दाँतको दुखाइमा किन प्रभावकारी हुन्छ ल्वाङ?
Latest NewsJust now

दाँतको दुखाइमा किन प्रभावकारी हुन्छ ल्वाङ?

काठामाडौँ । दाँत दुख्दा कतिपय अवस्थामा खानपिन गर्न समेत मुस्किल पर्छ। राति अचानक दाँतको दुखाइ सुरु भयो भने निद्रा नै हराउँछ। यस्तो बेला मानिसहरू तत्काल राहत पाउन घरमै उपलब्ध कुनै न कुनै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play