Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न
Photo / Coverage: पर्दाफास

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व आज सम्पन्न भएको छ । गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातपूर्वदेखि निराहार व्रत गरेका बर्तालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । महोत्तरीसहितका तराई मधेशमा सूर्योदय हुनासाथ बर्तालुले सूर्यदेवलाई अर्घ्य अर्पण गरेका हुन् । यसअघि बर्तालुले निराहार व्रतकै बीच आइतबार साँझ षष्ठी तिथिका दिन अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिएका थिए । अहिले सूर्य उपासनाको पर्व सम्पन्न भएसँगै बर्तालु छठी घाटबाट घर फर्केका छन् । यसअघि चौथीका दिन पवित्र स्नान गरी चोखोनीतो खाएर व्रत संकल्प गरेर ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालुले पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म चार दिन यो पर्व विभिन्न विधि साथ मनाइन्छ । अस्ताउँदा सूर्यदेवलाई पहिलो अर्घ्य दिइने षष्ठी तिथिको साँझको विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ । यसैगरी, सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गरिने दिनलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने गरिएको छ । पर्व सम्पन्न गरेर घर फर्केपछि बर्तालुले दीनदु:खी र आशामुखीहरुलाई अन्न, वस्त्र दान गरी प्रसाद ग्रहण गर्छन् । यससँगै पर्वका प्रसाद खाने ख्वाउने क्रम सुरु हुन्छ । यस पर्वमा ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार तथा केरा र अन्य फलफूल एवं माटोका भाँडामा जमाइएको दही सूर्यदेवलाई चढाइएका बस्तु प्रसाद हुन्छन् । मिथिलामा छठको प्रसाद खाने ख्वाउने क्रम महिना दिनसम्म चलिरहन्छ । खासगरी छोरीचेली, फुपू, मित र अन्य इष्टमित्रकहाँ छठको प्रसादको ‘भार’ (सोली) नै पठाउने मैथिल चलन छ । छठ व्रतको प्रभावले सुखसन्तोष प्राप्त हुने र रोग व्याध नलाग्ने जनविश्वास छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कस्तो छ आजको मौसम पूर्वानुमान ?
OthersJust now

कस्तो छ आजको मौसम पूर्वानुमान ?

हाल नेपालमा पश्चिमी न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल कोशी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका साथै कर्णाली प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा हुस्सुरकुहिरो लागेको छ । बाँकी भूभागमा मौसम मुख्यतयता सफा रहेको छ । दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ ...

पर्दाफास
अमेरिकामा हवाई सेवा अझै अस्तव्यस्त, आइतबार मात्रै १० हजार बढी उडान प्रभावित
OthersJust now

अमेरिकामा हवाई सेवा अझै अस्तव्यस्त, आइतबार मात्रै १० हजार बढी उडान प्रभावित

अमेरिकी यातायातमन्त्री सिन डफीले सोमबारसम्म हवाई सेवा सामान्य अवस्थामा फर्किने अपेक्षा गरेका छन् । तर विमान र चालक दल (क्रु) निर्धारित स्थानमा नरहेकाले सेवा नियमित हुन केही समय लाग्ने उनको भनाइ छ । ...

अनलाइन खबर
डेढ महिनापछि बेनी बजारमा खानेपानी आपूर्ति सुरु
OthersJust now

डेढ महिनापछि बेनी बजारमा खानेपानी आपूर्ति सुरु

३० कात्तिक, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारमा डाँडाखर्कको मुहानबाट डेढ महिनापछि खानेपानी आपूर्ति हुन थालेको छ । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ रिठाखर्क र डाँडाखर्कको मुहानबाट बेनी बजारमा अस्थायी पाइप लाइन बनाएर खानेपानी आपूर्ति गर्न थालेको हो । चौध किलोमिटर लामो मुख्य पाइप लाइन मर्मत गरेर यही कात्तिक २७ गतेदेखि पानी आपूर्ति… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play