नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङबाट यात्रा गर्न आवश्यक पर्ने आरएफआईडी प्रविधिमा आधारित एन–ट्याग अब सानिमा बैंक लिमिटेड तथा देशभरि फैलिएका यसका शाखाहरूबाट सहजै लिन सकिने भएको छ। सडक बोर्ड नेपालद्वारा सञ्चालित यस सुरुङमार्गमा टोल भुक्तानीका लागि विद्युतीय टोल सङ्कलन प्रणाली लागू गरिएको छ। सवारी साधनको अगाडिको सिसामा टाँसिने एन–ट्याग स्टिकरलाई प्रवेश तथा निकास गेटमा जडान गरिएको यन्त्रले स्वतः पहिचान गर्ने र टोल रकम सम्बन्धित ट्यागबाट आफैं कट्टा भई गेट खुल्ने हुँदा यात्रुले लाइनमा पर्खनु नपर्ने, झन्झटरहित र छिटो यात्राको अनुभव पाउनेछन। सवारीधनीहरूले बैंकका जुनसुकै शाखामा गई एन–ट्याग लिन सक्नेछन। एन–ट्यागमा इसेवा, फोनपे हब तथा बैंकको मोबाइल बैंकिङ्ग सेवाबाट रिचार्ज गर्न सकिनेछ कम्पनीले बताएको छ। बैंकले यो सेवा काठमाडौं भित्र मात्र नभई देशभरका शाखा सञ्जाल मार्फत उपलब्ध गराएको छ, जसले गर्दा उपत्यका बाहिरका सवारीधनीहरूले समेत आफ्नै नजिकको शाखाबाट सहजै एन–ट्याग जडान गर्न सक्नेछन। ‘नागढुङ्गा सुरुङमार्गजस्तो राष्ट्रिय पूर्वाधारमा डिजिटल भुक्तानीको सहजीकरण गर्न पाउनु हामीलाई गौरवको विषय हो। आफ्नो फराकिलो शाखा सञ्जाल मार्फत सर्वसाधारणसम्म यो सेवा पुर्याउन सानिमा बैंक प्रतिबद्ध छ,’ सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले भने। The post नागढुङ्गा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन–ट्याग अब सानिमा बैंकबाट appeared first on Technology Khabar.
नागढुङ्गा सुरुङमार्ग प्रवेशका लागि आवश्यक एन–ट्याग अब सानिमा बैंकबाट

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






