Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

नागढुंगा सुरुङबाट पाँच दिनमा ५१ लाख बढी राजस्व संकलन, दैनिक ८ हजार सवारीको आवतजावत

Share:WhatsAppFacebookX (Twitter)Telegram
नागढुंगा सुरुङबाट पाँच दिनमा ५१ लाख बढी राजस्व संकलन, दैनिक ८ हजार सवारीको आवतजावत
Photo / Coverage: पर्दाफास

नागढुंगा सुरुङमार्ग सञ्चालमा आएदेखि हालसम्म ५१ लाख ८७ हजार रुपैयाँ संकलन भएको छ । सुरुङमार्ग कात्तिक १५ गते आइतबारदेखि सञ्चालनमा आएको थियो । नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार सुरुङमार्ग सञ्चालनमा आएयता दैनिक ८ हजारको हाराहारीमा सवारी साधन यो सुरुङमार्गबाट आवजावत गरेका छन् । आयोजनाका उपआयोजना निर्देशक तथा सूचना अधिकारी सञ्जय पन्थीका अनुसार पाँच दिनमा सवारीसाधनको चाप बढ्दै गएको छ । नेपाल न्यूज बैंकसँग कुरा गर्दै पन्थीले भने, ‘पहिलो दिन आइतबार करिब सात हजार ५०० सवारीसाधनले सुरुङमार्ग प्रयोग गरेका थिए । त्यसयता दैनिक सवारीसाधनको संख्या बढेर आठ हजारको हाराहारीमा पुगेको छ ।’ उनका अनुसार सुरुङमार्ग सञ्चालमा आएको पहिलो दिन करिब ११ लाख ७० हजार रुपैयाँ, दोस्रो दिन १२ लाख ७१ हजार, तेस्रो दिन १३ लाख १५ हजार, चौथो दिन १४ लाख ३१ हजार रकम संकलन भएको छ । उनले भने, ‘दोस्रो दिन १२ लाख ७१ हजार, तेस्रो दिन १३ लाख १५ हजार, चौथो दिन १४ लाख ३१ हजार रकम संकलन भएको छ । आजको पाँचै दिनको राति १२ बजे मात्रै आउँछ ।’ पाँचौँ दिनको पूर्ण विवरण भने संकलन प्रक्रिया पूरा भएपछि मात्रै प्राप्त हुने उनले बताए । उनका अनुसार पाँचौँ दिनको विवरण राति १२ बजेपछि मात्रै अद्यावधिक हुने भएकाले तत्काल यकिन तथ्यांक उपलब्ध हुन सकेको छैन । टोल दस्तुर संकलन सुरु भएपछि केही सवारीचालकबाट भने समस्या देखिएको आयोजनाले जनाएको छ । विशेषगरी भारतीय नम्बर प्लेटका केही सवारीसाधनले तत्काल शुल्क तिर्न रकम नभएको बताउने र पछि शुल्क तिर्ने गरी अन्यत्र जान खोज्दा केही समय अवरोध हुने गरेको पन्थीले बताए । त्यस्ता घटनाका कारण कहिलेकाहीँ सवारीसाधनको लाम लाग्ने र जाम हुने समस्या देखिएको उनको भनाइ छ । उनले भने, ‘केही भारतीय नम्बर प्लेटका सवारीसाधनले शुल्क तिर्न पैसा नभएको बताउने गरेका छन् । उनीहरू टोलबाट डाइभर्ट हुन खोज्दा र पछि रकमको व्यवस्था गरेर शुल्क तिर्दा समय लाग्ने गरेको छ । त्यसले गर्दा केही समय जामको समस्या पनि हुने गरेको छ । नत्र अहिले अधिकांशले सहज रूपमा शुल्क तिरिरहनुभएको छ । अहिले त सबैलाई शुल्कबारे जानकारी भइसकेको छ । धेरैजसो चालकले शुल्क तिर्ने रकम पहिले नै तयारी अवस्थामा राखेर दिनुहुन्छ । यसो गर्दा शुल्क संकलनको काम छिटो हुन्छ र जामको समस्या पनि कम हुँदै गएको छ ।’ यद्यपि अधिकांश सवारीचालकले शुल्क तिर्न आवश्यक रकम पहिले नै तयारी अवस्थामा राख्ने गरेकाले दस्तुर संकलन सहज हुँदै गएको उनले बताए । पछिल्ला दिनमा सुरुङमार्ग प्रवेश गर्ने स्थानमा सवारीसाधनको लाम लाग्ने समस्या पनि घट्दै गएको आयोजनाको भनाइ छ । पन्थीका अनुसार पाँचौँ दिन बिहान अघिल्ला दिनको तुलनामा सवारीसाधनको लाम निकै कम देखिएको थियो । सवारीसाधनको चाप व्यवस्थापन र शुल्क संकलनलाई सहज बनाउन विद्युतीय टोल भुक्तानी प्रणालीको प्रयोग बढाउने तयारी गरिएको छ । यसका लागि एनट्याग वितरण सुरु भइसकेको पन्थीले जानकारी दिए । उनका अनुसार कुमारी बैंकले सातवटै प्रदेशमा एनट्याग पठाइसकेको छ । ई–सेवाका आधिकारिक विक्रेतामार्फत पनि एनट्याग उपलब्ध हुने व्यवस्था मिलाइएको छ । उनले भने, ‘जामको मुख्य समस्या समाधान गर्न कुमारी बैंकले एनट्याग कार्ड वितरण सुरु गरिसकेको छ । बैंकले सातवटै प्रदेशमा एनट्याग पठाइसकेको छ । त्यस्तै, ई–सेवाका आधिकारिक विक्रेताहरूसँग पनि सम्झौता गरी उनीहरूमार्फत एनट्याग उपलब्ध गराउने व्यवस्था गरिएको छ । अब दैनिक रूपमा सवारीसाधन चलाउने चालकले एनट्याग लिएर प्रयोग गर्नुभयो भने जामको समस्या पूर्ण रूपमा हट्छ ।’ दैनिक रूपमा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले एनट्याग प्रयोग गरेमा शुल्क संकलनमा लाग्ने समय घट्ने र सवारीसाधनको लाम तथा जामको समस्या कम हुने आयोजनाको अपेक्षा छ । पन्थीले नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने सवारीचालकलाई एनट्याग लिन आग्रह गर्दै यसको प्रयोगबाट टोल दस्तुर भुक्तानी छिटो र सहज हुने बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल लाइफको रेटिङ ‘डबल ए’ मा स्तरोन्नति, वित्तीय दायित्व पूरा गर्ने क्षमता अझ बलियो
OthersJust now

नेपाल लाइफको रेटिङ ‘डबल ए’ मा स्तरोन्नति, वित्तीय दायित्व पूरा गर्ने क्षमता अझ बलियो

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इक्रा नेपालले प्रदान गरेको इश्युअर रेटिङ ‘डबल ए माइनस’ बाट स्तरोन्नति भई ‘डबल ए’ कायम भएको छ । इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था, सोल्भेन्सी प्रोफाइल, लगानी संरचना तथा प्रतिफल, बजार उपस्थिति, सञ्चालन क्षमता र व्यवस्थापकीय सबलताको मूल्याङ्कन गर्दै रेटिङ बढाएको हो । इक्राका अनुसार ‘डबल ए’ रेटिङ प्राप्त संस्थामा वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च ...

पर्दाफास
एनपीएल : विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको दोस्रो जित
OthersJust now

एनपीएल : विराटनगरलाई ९ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको दोस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजले विराटनगर किङ्समाथि ९ विकेटको सानदार जित निकालेको छ । कीर्तिपुरस्थित टियु मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर १८.३ ओभरमा ८३ रनमै अलआउट भयो । रुपेश सिंहले सर्वाधिक २६ र एन्जेलो म्याथ्युजले २२ रन जोडे पनि अन्य ब्याटर चल्न सकेनन्। आन्द्रे रसेल ३ र लोकेश बम ६ रनमा आउट भए भने तीन ब्याटरले खातासमेत ...

पर्दाफास
इजरायलमा नेतन्याहुलाई नयाँ सरकार बनाउन सकस
OthersJust now

इजरायलमा नेतन्याहुलाई नयाँ सरकार बनाउन सकस

गत साता सम्पन्न आम निर्वाचनमा अरब नेतृत्वका दलहरूले संसद्का १२० सिटमध्ये १९ सिट जितेका थिए । यसले आगामी सरकार गठनमा उनीहरूको प्रभाव महत्त्वपूर्ण हुने देखिएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play