दुईदिने राजकीय भ्रमणका लागि प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आइतबार नयाँदिल्ली पुगेका छन् । नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री शाहलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका हुन् । उनको स्वागतमा सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री शाहले आइतबार साँझ भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । नयाँदिल्लीस्थित प्रधानमन्त्री शाह बस्ने ताज होटलमा दुईपक्षीय भेटवार्ता हुने बताइएको छ । प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उ...
नयाँदिल्लीमा भारतीय राज्यमन्त्रीद्वारा प्रधानमन्त्री शाहको स्वागत

Read Complete Original Article
Published originally on फरकधार






