नटिङ्घम फरेस्टमाथि आर्सनलको कठिन जित

काठमाडौं । इङ्लिस प्रिमियर लिगअन्तर्गत आर्सनलले नटिङ्घम फरेस्टलाई १–० गोलले पराजित गरेको छ । आइतबार राति भएको खेलमा नोनी मादुएकेले खेल सकिन १० मिनेट बाँकी छँदा गरेको गोल निर्णायक बनेको थियो । नटिङ्घमस्थित सिटी ग्राउन्डमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । आर्सनलले बलमा बढी नियन्त्रण राखे पनि पहिलो हाफमा गोल गर्न सकेन । घरेलु टोली फरेस्टले पनि केही अवसर सिर्जना गरे पनि त्यसलाई गोलमा परिणत गर्न सकेन । दोस्रो हाफमा आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले मादुएकेलाई मैदानमा उतारेका थिए। उनले खेलको ८०औँ मिनेटमा गोल गर्दै आर्सनललाई अग्रता दिलाए । उनको प्रहार फरेस्टका खेलाडी जाइर कुन्हालाई लागेर गोलमा परिणत भएको थियो । खेलको अन्तिम समयमा फरेस्टले बराबरी गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । आर्सनलले एक गोलको अग्रता जोगाउँदै महत्त्वपूर्ण तीन अङ्क हासिल गर्यो । यस जितसँगै आर्सनलले सात खेलबाट १८ अङ्क जोडेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । टोली अङ्कतालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीभन्दा तीन अङ्कले पछाडि छ । पराजित नटिङ्घम फरेस्ट भने रेलिगेसन क्षेत्रमा पुगेको छ । नटिङ्घमको ७ खेलमा ५ अंक रहेको छ । The post नटिङ्घम फरेस्टमाथि आर्सनलको कठिन जित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

बारामा सुतिरहेको अवस्थामा सर्पले टोक्दा १० वर्षीया बालिकाको मृत्यु
रौतहट । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ। घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएकी १० वर्षीया बालिकाको ज्यान गएको हो। मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५, नौतन टोलका मनोज साहकी छोरी सन्झना कुमारी रहेकी छन्। आइतबार राति करिब ११:५५ बजे सुतिरहेको अवस्थामा उनलाई अज्ञात विषालु सर्पले टोकेको प्रहरीले जनाएको छ। सर्पले टोकेपछि अस्वस्थ भएकी बालिकालाई तत्काल उपचारका ...

घरमै सुतिरहेकी बालिकालाई सर्पले टोक्यो, उपचारका क्रममा मृत्यु
रौतहट । बाराको परवानीपुरमा सर्पदंशबाट एक बालिकाको मृत्यु भएको छ। घरको कोठामा सुतिरहेकै अवस्थामा सर्पले टोकेपछि उपचारका लागि अस्पताल लगिएकी १० वर्षीया बालिकाको ज्यान गएको हो। मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका–५, नौतन... ...

उपल्लो मुस्ताङमा २५ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), कात्तिक २ गते । उपल्लो मुस्ताङको दुई गाउँपालिकामा २५ दिनदेखि इन्टरनेट सेवा प्रदायक संस्था टेकमाइण्ड नेटवर्कको इन्टरनेट सेवा अवरुद्ध भएको छ । गत... ...

सुमो दुर्घटना अपडेट : घाइते चारमध्ये एकको अवस्था गम्भीर, अन्यको सुधारोन्मुख, एक डिस्चार्ज
चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ। उक्त गाडी राति ११ बजे काठमाडौंबाट खोटाङतर्फ हिँडेको प्रहरीले जनाएको छ। ...


