धरपकड रोक्न र पक्राउ परेका पत्रकार तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन,पूर्वजानकारी नभएको स्पष्टोक्ति

काठमाडौँ । आज प्रहरीले पत्रकारमाथि गरेको धरपकडबारे कुनै पूर्व जानकारी नभएको भन्दै प्रधानमन्त्रीको सचिवालयले स्पष्ट पारेको छ । प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस विज्ञ दीपा दाहालले पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीले निर्देशन दिइसकेको जानकारी गराएकी छन् । पक्राउको घटनामा प्रधानमन्त्री तथा सचिवालय र प्रधानमन्त्रीको कार्यालयको कुनै पनि संलग्नता नरहेको दाहालले स्पष्ट पारेकी छन् । साथै, उक्त घटनाबारे प्रधानमन्त्रीलाई पूर्वजानकारीसमेत प्राप्त नभएको उनले स्पष्टिकरण दिएकी छन् । घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रधानमन्त्रीले सम्बन्धित निकायलाई नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न र कुनै पनि सञ्चारगृह वा समाचार कक्षमा प्रवेश गरी धरपकडजस्ता गतिविधि नगर्न स्पष्ट निर्देशन दिएको प्रेस विज्ञ दाहालको भनाई छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्की बर्खास्त गर्ने र न्यायाधीस घुस लेनदेनमा मुछिएको विषयमा प्रहरीले आज तीन पत्रकारलाई पक्राउ गरेको थियो भने विभिन्न मिडिया हाउसमा प्रहरी परिचालन गरेको थियो । यो पनि पढ्नुहोस प्रहरीद्वारा नेपाल प्रेसका पत्रकार सुवेदी र माेटिभेट न्युजका बराल पक्राउ यो पनि पढ्नुहोस मिडियामाथि प्रहरीको धरपकड : कार्यालयहरूमा प्रहरी परिचालन,तीन पत्रकार पक्राउ यो पनि पढ्नुहोस सादा पोसाकका प्रहरीद्वारा पत्रकार नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
Read Complete Original Article
Published originally on टक्सार
Related News

पक्राउ परेका सबै पत्रकार रिहा भए, सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ : सञ्चारमन्त्री
काठमाण्डु– सरकारले पक्राउ परेका सबै पत्रकार रिहा भएको जनाएको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत सबै पत्रकार रिहा भएको जानकारी दिएका हुन्। मन्त्री तिमिल्सिनाले प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै जिम्मेवार पत्रकारिता र प्रेस स्वतन्त्रता लोकतन्त्रका आधारस्तम्भ भएको बताएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पक्राउ परेका सबै पत्रकारहरू […] ...

काठमाडौँ फिल्म फेस्टिभल सुरु, तस्बिरहरू
काठमाडौँ। महानगरपालिकाको आयोजनामा तीनदिने ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ सुरु भएको छ । कात्तिक १५ गते आइतबारसम्म सञ्चालन हुने महोत्सवमा स्वदेशी तथा विदेशी फिल्मकर्मी, कलाकार, निर्देशक र विज्ञहरूको सहभागिता रहनेछ। काठमाडौंको मौलिक... ...

समाचार कक्षमा प्रहरी किन?
आज (१३ कात्तिक) दिउँसो सादा पोसाकका प्रहरी नयाँ बानेश्वरस्थित नेपाल प्रेसको कार्यालय पुगे। सुरक्षागार्डलाई साथी भेट्न आएको बताएर भित्र पसेका उनीहरूले काम गरिरहेका पत्रकार विश्वमणि सुवेदीलाई आफूसँग जान भने। त्यहाँका पत्रकारहरूका अनुसार प्रहरीले पक्राउ पुर्जी देखाएका थिएनन्। सुवेदी आफैँ मोटरसाइकलमा जान तयार हुँदा पनि उनलाई प्रहरीको गाडीमा राखेर लगियो। पछि उनी साइबर ब्युरोमा पुर्याइएको खुल्यो। पत्रकारसँग कुनै विषयमा सोधपुछ गर्नुपर्ने ...

सल्यानमा जिप दुर्घटना, ८ जना गम्भीर घाइते
सल्यानको शारदा नगरपालिका–१ श्रीनगरबाट टाकुरातर्फ जाँदै गरेको लु १ ज २३६८ नम्बरको जिप सिद्धकुमाख गाउँपालिका–२ रातामाटे खोला नजिक भित्री सडक खण्डमा दुर्घटना भएको हो । ...


