धनगढीका १६ खेल मैदानमा ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन हुने

धनगढी । धनगढी उपमहानगरपालिका र कैलाली जिल्ला फुटबल संघबीच सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा ग्रासरुट लेभल फुटबल विकास कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमाल र कैलाली जिल्ला फुटबल संघका अध्यक्ष अनिल मल्लले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो । सम्झौताअनुसार धनगढी उपमहानगरपालिकाका विभिन्न वडामा रहेका सामुदायिक विद्यालय तथा सार्वजनिक खेल मैदानमा फुटबलको आधारभूत विकासका लागि कार्यक्रम सञ्चालन गरिनेछ । कार्यक्रमअन्तर्गत वडा नम्बर १ को कभर्डहल खेल मैदान, वडा नम्बर २ को सूक्ष्म वर्गीकरण नजिकको खेल मैदान, वडा नम्बर ३ को प्रस्तावित नयाँ बसपार्कको खेल मैदान, वडा नम्बर ५ को यातायात नजिकको श्रीकृष्ण खेल मैदान, वडा नम्बर ६ को धनगढी पोलिटेक्निक खेल मैदान, वडा नम्बर ७ को पटेलामा रहेको खेल मैदान, वडा नम्बर ८ को धनगढी नमुना माध्यमिक विद्यालयको खेल मैदान, वडा नम्बर ११ को दक्षिणकाली आधारभूत विद्यालयको खेल मैदान, वडा नम्बर १२ को मनकामना युवा क्लबको खेल मैदान, वडा नम्बर १३ को जनता राष्ट्रिय माध्यमिक विद्यालय र नवज्योति आधारभूत विद्यालय नजिकका खेल मैदान, वडा नम्बर १४ को टाउन प्लानिङको खेल मैदान, वडा नम्बर १७ को पथरी पुल नजिकको खेल मैदान र डुमौलिया खेल मैदान, वडा नम्बर १८ को प्रस्तावित स्टेडियम खेल मैदान तथा वडा नम्बर १९ को फूलबारी माध्यमिक विद्यालयको खेल मैदानमा कार्यक्रम सञ्चालन गरिने सम्झौतापत्रमा उल्लेख छ । स्थानीय तहमा फुटबलको आधार बलियो बनाउने, विद्यालय तथा सार्वजनिक खेल मैदानलाई खेलकुद गतिविधिमा उपयोग गर्ने र बालबालिका तथा युवालाई फुटबल प्रशिक्षणको अवसर उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो । विगत दुई वर्षदेखि धनगढी उपमहानगरपालिकाले ग्रासरुट फुटबल कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

गगन थापालाई केही प्रश्न
नेपाली कांग्रेस नेपालको लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण शक्ति हो । यस पार्टीको नेतृत्वमा आउने व्यक्तिबाट संगठन सुधारको नारामात्र होइन, पार्टीलाई एकताबद्ध बनाउने, जनताको विश्वास जित्ने र देशलाई विकासको बाटोमा अघि बढाउने स्पष्ट दृष्टिकोण पनि अपेक्षा गरिन्छ । गगन थापा जी, तपाईंले विद्यार्थी राजनीतिमा प्रवेश गरेदेखि नै सुशासन, भ्रष्टाचार नियन्त्रण, राजनीतिक सुधार र देशको समृद्धिका विषयमा आवाज उठाउँदै आउनुभएको छ । विद्यार्थी ...

तिहारलक्षित सयपत्री फूल खेतीमा जमेका विष्ट
सुनसरी । तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले पाँच कट्ठामा सयपत्री फूलको व्यावसायिक खेती गरेका छन् । विगत पाँच वर्षदेखि तिहारलाई लक्षित गरेर फूलखेती गर्दै आएका विष्टले यस... ...

किन उठिरहन्छ विवाद ?
बेलाबेलामा अनेक खालका प्रश्नहरू सिर्जना हुने क्रममा केही दिनयता लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्तिको सन्दर्भमा अनेक प्रश्न उठाइएका छन् । आनी बौद्ध भिक्षुणी हुनुहुन्छ । यसका साथै उहाँको कलाकारिता सर्वव्यापी चर्चामा रहँदै आएकै हो । केही समय अगाडि निधन हुनुभएका दुर्गालाल श्रेष्ठले लेख्नुभएको गीत ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काडै संसार’ गाएर ख्याति आर्जन गर्नुभएकी आनी त्यस ...

मिठाई पसललाई उपभोग्य मिति र मूल्य खुलाउन निर्देशन
काभ्रेपलान्चोक । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय धुलिखेलले मिठाई बनाउन प्रयोग हुने कच्चा पदार्थ, प्रयोग गरिएको तेल वा घिउ, उपभोग्य मिति र मूल्य स्पष्ट देखिने गरी पसलमा राख्न... ...


